• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

तेह्रौं दिनमा उठ्यो शुशिलाको शव, गरियो दाह संस्कार

बिमला पाण्डे by बिमला पाण्डे
पुस १८, २०८२
in Featured, Life, News, Province 3, Society
0

Share via:

35 Shares
  • Facebook 35
  • Twitter
  • LinkedIn
  • More

मानवअधिकार आयोगको सहजीकरणपछि उठ्यो शुशिलाको शव

सिन्धुली । पुस ६ गते आफ्नै घरका परिवारका सदस्यले पेट्रोल छर्केर आगो लगाई हत्या गरिएकी कमलामाई नगरपालिका वडा नं. ४ धुराफाँटकी शुशिला बम्जनको शव तेह्रौं दिनमा शुक्रबार उठेको छ । सासु मायाँरानी बम्जन, नन्द मिना लामा र ससुरा दुर्गामान बम्जनले उनको जिउँदै आगो लगाई हत्या गरेका थिए ।

तेह्रौं दिनमा उनको शव माइती र घर परिवारले संयुक्त रुपमा बुझेका हुन् । शव बुझेपछि परिवारले हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ द्वारखोलामा तामाङ संस्कार अनुसार शुशिलाको अन्त्येष्टि गरेका छन् ।

माईती परिवारको तर्फबाट मृतकका दाजु भिम बहादुर घिसिङ, भाउजु निर्मला स्याङतान, भाई प्रेम बहादुर घिसिङ र मृतकका देवर वृख बहादुर बम्जनले शव बुझेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताएका छन् ।

मृतकका ७ वर्षका तीन जना छोराछोरीको पठन पाठन र भरणपोषणका विषयमा माईती पक्ष र घर पक्षबीच सहमति भएपछि शुशिलाको शव उठेको हो । शुशिलाका ७ वर्षका दुई छोरा र १ छोरी रहेका छन् । नावालकहरुको पठनपाठन र संरक्षणका सवालमा माइती र घर पक्षबीच सहमति जुटेपछि शव बुझाईएको एसपी सुवेदीले बताएका छन् ।

शव बुझ्नु अघि जिल्ला प्रशासनमा भएको छलफलमा मृतक शुशिलाका छोराछोरीले अध्ययन गर्ने विद्यालय न्यु स्टार बोर्डिङ स्कुलको होस्टलमा पूर्ण आवासिय रुपमा राख्ने र १५ महिनाको भरणपोषण र पठनपाठनको रकम मृतकका देवर वृख बहादुर बम्जनले खर्च बेहोर्ने सहमति भएको छ ।

यस्तै माईती पक्षले बालबालिकालाई जुनसुकै समयमा भेट्न पाउने, रेखदेख गर्न दिने गरि सहमति जुटेको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदी, कमलामाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकाल सहितको सहभागिता तथा वडाअध्यक्ष ढकालको रोहवरमा घर र माईती पक्षबीच सहमति भएको हो ।

शुक्रबार भएको सहमतिमा नावालकहरुको नाममा सहमति भएको मितिले ६ महिना भित्र नावालक बच्चाहरुको संयुक्त रुपमा बैंक खाता खोली उनीहरुको बाबु सुर्य बहादुर बम्जनको अंशबाट कट्टा हुने गरि ४० लाख बैंक दाखिला गरिदिने सहमति भएको छ । बाँकी रहेको सम्पत्तिमा सुर्य बहादुर बम्जनको तर्फबाट अंशमा नावालकहरुको हक अधिकार यथावत रहने सहमति भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

माईती पक्षबाट मृतकका भाई प्रेम बहादुर घिसिङ र घर पक्षबाट देवर वृख बहादुर बम्जनले सहमतिमा हस्ताक्षर गरेका छन् । रोहवरमा दाजु भिम बहादुर स्याङतान, भाउजु निर्मला स्याङतान, स्थानीय पदम बहादुर अस्थानी मगर, कनपा ५ का उषा स्याङतान, कनपा ६ का रामकाजी वाईवा रहेका छन् ।

प्रशासनले तेह्रौ दिनसम्म शव बुझाउन नसकेपछि राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशको टोलीले शव बुझाउन र सहमति जुटाउन सहजीकरण गरेको थियो । आयोगको सहजीकरणपछि परिवारले शव बुझ्न सहमत भएका थिए ।

सहमति जुट्नु अघि आयोगको टोलीले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदी, मृतकका माईती र घरतर्फका परिवार, कमलामाई नगरपालिका वडा नं. ४ का अध्यक्ष महेन्द्रप्रसाद ढकाल, मानवअधिकारकर्मीहरु, पत्रकारहरुलाई समेत भेट गरेको थियो भने घटनास्थलको अध्ययन समेत गरेको थियो । आयोगका मानव अधिकार अधिकृत कृष्ण मिश्र सहितको टोली सिन्धुलीमा आएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिटिजन्स बैँकद्वारा बहिरा विद्यार्थीलाई स्टेशनरी वितरण, निःशुल्क खाता खोलिदिने प्रतिवद्धता

Next Post

सुरु भयो मेयर उपमेयर कप प्रतियोगिता

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied