सिन्धुली । नेकपा एमालेको एघारौं महाधिवेशन जारी छ । मंसिर २७ गतेदेखि जारी महाधिवेशनमा सोमबार मनोनयन दर्ता भएको छ । महाधिवेशनमा सिन्धुलीबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा ७ जनाको उमेदवारी परेको छ । आयोगको सदस्यमा २ जनाको उमेदवारी परेको छ ।
जिल्लाबाट खुल्ला सदस्यतर्फ प्रदीप कटुवाल, सुवास देवकोटा र गणेश कुमार पहाडीको उमेदवारी परेको छ । आदिवासी जनजाती खुल्ला सदस्यमा विषमलाल अधिकारी दनुवार, आदिवासी जनजाती युवातर्फ दिपक कुमार माझीको उमेदवारी परेको छ भने बागमती प्रदेशतर्फ महिलामा निरु कुमारी दर्लामी र बागमती प्रदेशतर्फ युवामा लाल बहादुर बुढाथोकीको उमेदवारी परेको छ ।
यस्तै अनुशासन आयोगको सदस्यमा रणकुमारी बलम्पाकी मगर र लेखा आयोगको सदस्यमा तारानिधि पोखरेलको उमेदवारी परेको छ ।
सिन्धुलीबाट केपी ओलीको प्यानलमा प्रदीप कटुवाल, सुवास देवकोटा, विषमलाल अधिकारी दनुवार, निरुकुमारी दर्लामी र रणकुमारी बलम्पाकी मगरको उमेदवारी रहेको छ ।
यस्तै गणेश कुमार पहाडी र तारानिधि पोखरेलको उमेदवारी इश्वर पोखरेल टिमबाट परेको छ । युवाहरुको प्रतिनिधित्व गर्दै उमेदवार बनेका लाल बहादुर बुढाथोकी र दिपककुमार माझी दुवै टिममा परेका छैनन् । उनीहरु प्यानल रहित उमेदवार रहेका छन् ।
जिल्लाका पूर्व केन्द्रीय सदस्यहरु उमा कोइराला, कमलजंग राई, मनोजजंग थापाले यस पटक केन्द्रीय कमिटीमा आफ्नो उमेदवारी दिएका छैनन् ।





















