• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

२५८ औं सिन्धुलीगढी विजय उत्सव मनाईयो 

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक २५, २०८२
in Featured, Nation, News, Province 3, Society
0

Share via:

40 Shares
  • Facebook 40
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । विश्वमै अंग्रेजहरुलाई पहिलो पटक हराएको इतिहास बोकेको सिन्धुलीगढीमा सोमबार २५८ औं सिन्धुलीगढी विजय उत्सव मनाईएको छ ।

कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा सिन्धुलीगढी विजय उत्सव मनाईएको हो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले ठूलो गढीमा झण्डोतोलन गरी विजय उत्सवलाई औपचारिकता दिएका छन ।

विजय उत्सवमा नेपाली सेनाले झण्डा सलामी अर्पण गरेको छ । ब्रिटिस साम्राज्यबाट नेपाल बचाउने युद्धका रुपमा लिइएको सिन्धुलीगढीमा हरेक वर्ष कार्तिक २४ गते विजय उत्सव मनाईंदै आएको छ । नेपाल पत्रकार महासंघ सिन्धुलीले २०६७ साल कार्तिक २४ गतेबाट विजय उत्सव मनाउन औपचारिक सुरुवात गरेको थियो ।

नेपाली सेना, तत्कालिन राजनीतिक दलहरु, तत्कालिन जिल्ला विकास समिति सिन्धुलीसँगको सहकार्यमा मिति तय गरि विजय उत्सव मनाउन सुरु गरेको हो । पछिल्लो समय कमलामाई नगरपालिका सिन्धुलीले विजय उत्सव मनाउँदै आएको छ । नेपाल पत्रकार महासंघको अगुवाईमा सुरु भएको विजय उत्सव यस पटक अग्रज पत्रकारहरु, राजनीतिक दल र सिन्धुलीगढीको पुनःनिर्माणमा योगदान दिएका सामाजिक, राजनीतिक व्यक्तिहरुको उपेक्षाका बाबजुद सम्पन्न भएको छ ।

नगरपालिकाले पत्रकार महासंघका नेतृत्वहरु, सिन्धुलीगढीका पुनःनिर्माणकर्ता पूर्व मेयर खड्ग खत्री, राजनीतिक दलका नेताहरु, विगतका वर्षहरुमा सहकार्य गरिरहेका सामाजिक संघ संस्थाहरु विना यो पटकको विजय उत्सव मनाएको छ ।

यस्तो छ सिन्धुलीगढीको इतिहास
सिन्धुलीगढीको युद्धको इतिहासलाई अंग्रेजहरुको पहिलो ब्रेकका रुपमा लिइन्छ । वि.सं. १८२४ सालमा इष्ट इण्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको २४ सय अंग्रेज फौजलाई राजा पृथ्वीनारायण शाह निर्देशित वंशु गुरुङको नेतृत्वको नेपाली फौजले सिन्धुलीगढीबाट हराएको र १६ सय अंग्रेजले ज्यान गुमाएको इतिहास बोकेको किल्लाका रुपमा लिइन्छ । उक्त लडाईमा ४, ५ सय हतियार र तोपहरु बरामद गरेको भन्ने इतिहास छ । यो लडाइँमा स्थानीय जनताले सिस्नु, अल्लो, अरिङ्गालको गोला, बारुलाको गोला, कमिलाको गोला आदिको प्रयोगले अंग्रेजका फौजमाथि आक्रमण गर्न सघाएका थिए । त्यो युद्धमा करिब ५ सय जनाले ज्यान गुमाएको नेपाली सेनाको इतिहासमा उल्लेख गरिएको छ ।

विश्वमा साम्राज्य फैलाउँदै हिडेका अंग्रेज शासकको युद्धमा पहिलो पटक सिन्धुलीगढी युद्धले नै व्रेक लगाएको थियो । नेपालीहरुले बारुला विच्काएर र ढुङ्गा खसालेर युद्धको अनौठो सीपको प्रयोग गरेका थिए । अरिंगाल र बारुलाले टोकेर र गढीको दक्षिणतिरको भीरबाट लडेर धेरै अंग्रेज सैनिकले ज्यान गुमाएको इतिहासका ज्ञाता सागरकुमार ढकालले आफ्नो पुस्तक ‘नेपालको इतिहासमा सिन्धुलीगढी’ मा उल्लेख गरेका छन् ।

युद्ध कौशलमा पूर्ण मानिएको अंग्रेज फौजले गोलाबारी र बन्धुकका साथ सिन्धुलीगढीमाथि आक्रमण गरेको थियो । अंग्रेज फौजमाथि वीर गोर्खाली सैनिकले बडो चातुर्य र बहादुरीका साथ लडेर बैरीको फौजलाई तहनहस पारे र हतियार समेत बरामद गरे । नेपालको विकट भौगोलिक क्षेत्रमा पाइने जैविक विविधतासँग परिचत नभएका अंग्रेज फौजलाई गोर्खालीसँगको यो युद्ध ज्यादै महँगो सावित भएको पाइन्छ । यो लडाइँमा गोर्खाली सेनालाई सिस्नु, अल्लो, अरिंगालको गोला, बारुलाको गोला, कमिलाको गोला आदिको प्रयोग गर्न स्थानीय जनताले सघाएको देखिन्छ ।

प्रशासनीक केन्द्र थियो सिन्धुलीगढी
वि.सं. २०१९÷२० सालसम्म सिन्धुलीगढी पूर्व दुई नम्बर क्षेत्रको प्रशासकीय केन्द्रको रुपमा परिचित थियो भने पूर्वी तराईका जिल्लादेखि काठमाडौं जाने सवैले यो पैदल बाटो प्रयोग गर्ने गर्दथे । यो स्थान पूर्वी २ नं. क्षेत्रको कर संकलन गर्ने नाका पनि रहेको पाइन्छ । वि.सं. २०१९ सालसम्म सबै सरकारी कार्यालय यसै ठाउँमा थिए ।

वि.सं.२०२२ सालमा सिन्धुलीगढी दरवारमा सेनाको व्यारेक र प्रहरी चौकी, कारागार मात्र बाँकी रहेर सबै कार्यालयहरु सिन्धुलीमाढीमा सारियो । वि.सं. २०२९ सालमा कारागार पनि सिन्धुलीमाढीमा सारियो । वि.सं. २०५२ सालसम्म प्रहरी चौकी गढी परिसरमा भए पनि तत्कालिन माओवादीको सशस्त्र युद्ध सुरु भएसँगै त्यो पनि सर्यो । गढीका पुरातात्विक शिलालेखहरु चोरी भइसकेका छन् । गढी दरबार पूर्ण रुपमा क्षतविक्षतको अवस्थामा छ ।

हराएको विजय मिति
सिन्धुलीगढी विजयको मितिमा अहिले पनि इतिहासकारहरुको मत बाझिएको छ । कसैले पनि कुन दिन सिन्धुलीगढी विजय भएको थियो एकीन मिति दिन सकेका छैनन् । इतिहासको यो मिति खोज्न निकै प्रयास भएका छन् । नेपाल रहनुको इतिहासको उत्सव मनाउनुपर्ने त्यो मिति कहिले थियो खोजीकै विषय छ ।

मिति नै फेला नपरेपछि इतिहासकार सागर कुमार ढकालले आफ्नो पुस्तक ‘नेपालको इतिहासमा सिन्धुलीगढी’ मा नै १८२४ आश्विन महिनामा युद्ध भएको र त्यो युद्ध ३ दिन चलेको उल्लेख गरेका छन् । उनले मितिमा हालसम्म आँकलन मात्र भएको तर एकीन नभएको उल्लेख गरेका छन् ।

नेपालीले सिन्धुलीगढीको महत्व र भावना नबुझी, पुर्खाको इतिहास थाहा नपाई नेपालको माया नै नहुने हुन्छ । केहि बर्षअघि इतिहासकार दिनेशराज पन्तले प्रकाशमा ल्याएको टेकबहादुर कामीको संग्रह र किनलकको डायरीको तथ्यलाई आधार मान्ने हो भने असोज २४ वा कार्तिकको पहिलो हप्ताबीचको समय अंग्रेजलाई हराएको मिति मान्न सकिन्छ । यहि मितिलाई आधार मानेर नेपाल पत्रकार महासंघ सिन्धुलीले गौरवमय दिन कार्तिक २४ लाई तोकेर विजय उत्सव मनाउन सुरु ग¥यो । सबै नेपाली र जिल्लाले पनि वेवास्ता गरेको गढीको महिमा पनि नेपाल पत्रकार महासंघले कार्तिक २४ मा विजय दिवस मनाउन थालेपछि सुरु भएको हो ।

नेपाल पत्रकार महासंघको ऐतिहासिक काम
सिन्धुलीगढी र यसको ऐतिहासिक महत्व लोप हुदै जान थालेपछि नेपाल पत्रकार महासंघ सिन्धुलीले सिन्धुलीगढीको इतिहास सम्झाउन ऐतिहासिक काम ग¥यो । २०६७ साल कार्तिक २४ गते महासंघको आयोजनामा सिन्धुलीगढी विजय उत्सवको आयोजना गरि नेपाली सेनाको सहकार्यमा झण्डोत्तलन गर्न सुरु गरियो । यसपछि सिन्धुलीगढीले केहि चर्चा कमाउन सुरु ग¥यो । जसका कारण गढीको इतिहासको खोजी हुन थाल्यो ।

महासंघ र स्थानीय पत्रकारहरुले प्रचारप्रसारमा सिन्धुलीगढीको इतिहास उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको छ । वि.सं. २०६८ देखि जिल्ला विकास समिति र नेपाली सेनाले महासंघसँग सहकार्य थालनी ग¥यो । देश संघियतामा गएर स्थानीय तह निर्माणसँगै कमलामाई नगरपालिकामा परेको सिन्धुलीगढीमा जनप्रतिनिधि आएपछि विजय दिवसलाई निरन्तरता दिन कमलामाई नगरपालिकाले नै थालेको छ । पत्रकार महासंघले हरेक वर्ष विजय दिवसलाई महत्वका साथ सफल पार्न हातेमालो गरिरहेको छ, तथापी महासंघसँग उचित समन्वयमा भने कमी आईरहेको छ ।

सिन्धुलीगढीमा ऐतिहासिक र धार्मिक पर्यटनको सम्भावना
सिन्धुलीगढी ऐतिहासिक, राष्ट्रियता र राष्ट्र रहनुको गौरव पनि हो । जुन क्षेत्रलाई ऐतिहासिकसँगै धार्मिक पर्यटनसँग पनि जोड्न सकिन्छ । गोरखालीकी इष्ट देवी भगवति मनकामनाको बहिनीका रुपमा भद्रकाली देवीलाई लिने गरिन्छ । यस मन्दिरको स्थापना शाह वंशीय राजा पृथ्वीनारायण शाह आफैले गरेको पाइन्छ । उनले युद्धमा विजय प्राप्त होस भनि भद्रकाली मन्दिरको स्थापना गरेको इतिहास छ ।

भद्रकालीको दर्शन गरेमा मनले इच्छा गरेको कुरा पुरा हुने विश्वास छ । यस मन्दिरमा केहि वर्ष यता नेपाली सेनाको टुकडीले विजया दशमीको फुलपातीमा सलामी दिने गरेको छ । अतः सिन्धुलीगढीसँग भद्रकाली मन्दिरको अटुट सम्बन्ध देखिन्छ । कमलामाई नपा २ को भद्रकाली मन्दिर र सिन्धुलीगढी क्षेत्रमा रहेको सिद्धवावा (सिद्धगढी÷सिद्धस्थान) मन्दिरका कारण पनि यो क्षेत्रमा धार्मिक पर्यटन समेत बढाउन सकिन्छ । पछिल्लो समय भद्रकाली मन्दिरको नेपाली सेनाको वर्द बहादुर गण, भवानी वक्स गणले पुनःनिर्माण गरिरहेको छ भने सिद्धवावा मन्दिरको पुनःनिर्माण भईसकेको छ ।

पुनःनिर्माणपछि उत्कृष्ट गन्तव्य बन्यो सिन्धुलीगढी
वि.सं. २०७४ स्थानीय तहको निर्वाचनमा कमलामाई नगरपालिकाका तत्कालिन मेयर खड्ग खत्रीको मुख्य चुनावी एजेण्डा सिन्धुलीगढी संरक्षण रह्यो । जुन एजेण्डा अनुसार मेयर खत्रीले गढी संरक्षण र पुनःनिर्माणको काम अगाडि बढाए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुलीगढी विकासमा गुरुयोजना निर्माण तथा पुनःनिर्माण, सुरक्षा प्रवन्धका लागि नगर प्रहरीको व्यवस्था, सोलाभञ्ज्याङदेखि सिन्धुलीगढीसम्मको सडक कालोपत्रे लगाएतका काम तत्कालिन मेयर खत्रीकै पालामा सम्पन्न भए । यस्तै सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको शालिक निर्माण, सिन्धुलीगढी घुमेर हेर्दा गीतका गायक कृष्णविक्रम थापाको शालिक निर्माण, नेपाली सेनाको सहकार्यमा युद्ध संग्रहालयको निर्माण खत्रीकै पालामा भए । स्तम्भ निर्माण, रानीदरबारको निर्माण पनि उनकै पालामा भएको छ । रानीदरबार निर्माणमा बागमती प्रदेशसभा सदस्य विनोद कुमार खड्काको योगदान छ । किल्लाहरुको संरक्षण पुनःनिर्माण पनि खत्रीको कार्यकालमा भयो । त्यसै बखत सिन्धुलीगढीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न टिकट सिस्टम समेत सुरु भयो । सिन्धुलीगढीका जंगलहरुमा युद्ध र इतिहासको झल्को दिने खालका होर्डिङबोर्ड तथा तस्वीरहरु राखियो

एकातिर पुनःनिर्माणका काममा सिन्धुलीबासीको सहयोग मिल्यो भने अर्कोतर्फ सडक सञ्जालहरु जोडिदैं जाँदा र प्रचारप्रसार तिव्र हुँदा सिन्धुलीगढी नगई नहुने ऐतिहासिक ठाउँका रुपमा परिचित हुँदै गयो । विपी राजमार्ग बनेपछि पछिल्लो समय सिन्धुलीगढी सबैका लागि सहज गन्तव्य बनेको छ । जापान सरकारले बनाएको उक्त सडकको नागवेलीसँगै पर्ने उक्त स्थल मध्य तथा पूर्वी तराई, मध्य÷पूवी पहाड र काठमान्डौसँग जोडिएपछि पर्यटकहरु बढ्न थालेका छन् । यस्तै सिन्धुलीलाई मदनभण्डारी राजमार्ग र मध्यपहाडी राजमार्गले जोडेपछि पर्यटकलाई आवागमनका लागि सहज भएको छ । सिन्धुलीगढीलाई नेपाल सरकारले एक सय एक नेपालका पर्यटकीय गन्तव्यमा पार्नुले पर्यटकीय सम्भावनाको ढोका खुलाएको छ । यो सँगै महाभारतकै रेन्जमा उत्पादन हुने जुनार र यसको पकेट क्षेत्रसँग गढीलाई विकास गर्न सकेमा अझ प्रभावकारी हुने देखिन्छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अटोले ठक्कर दिँदा पैदल यात्री गम्भिर घाइते

Next Post

पन्ध्र लाख नगद सहित चार जना पक्राउ

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied