सिन्धुली । अटोले ठक्कर दिंदा एक जना पैदलयात्री महिला गम्भिर घाईते भएकी छिन । कमलामाई नगरपालिका वडा नं. ६ धुराबजारमा शनिबार साँझ अटोले ठक्कर दिंदा कमलामाई नगरपालिका ४ बस्ने ४५ वर्षको भोजमाया श्रेष्ठ घाईते भएकी हुन ।
मदन भण्डारी राजमार्ग अन्तर्गत मरिणबाट सिन्धुलीबजारतर्फ आउँदै गरेको बा.प्र.०७–००१ ह००३७ नम्बरको अटोले श्रेष्ठलाई ठक्कर दिएको हो ।
घाइते श्रेष्ठको दाहिने गालामा चोट र दाहिने कानबाट रगत बगिरहेको प्रहरीले जनाएको छ । घाईते श्रेष्ठलाई सिन्धुली अस्पतालमा उपचार गरिएको थियो । उपचार पश्चात उनलाई थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।





















