सिन्धुली । विपी राजमार्गको ढुंग्रेवासमा ट्रक र मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालक घाईते भएका छन् ।
विहिबार कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेबासमा चियाबारीबाट ढुंग्रेबासको ग्यारेजसम्म आएको बा.४ख९५७७ नम्बरको ट्रक र सिन्धुलीमाढीतर्फबाट जाँदै गरेको ज३प७४९० नम्बरको मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालक सुनकोशी गाउँपालिका वडा नं. ७ का ४० वर्षिय जित बहादुर स्याङ्वा घाईते भएका छन् ।
घाईते स्याङ्वाको सिन्धुली अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमान्डौ पठाईएको छ । उनको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनापछि ट्रक चालक खाँडादेवी गाउँपालिका वडा नं. ४ का तेज बहादुर खत्री र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




















