सिन्धुली । मदनभण्डारी राजमार्ग अन्तर्र्गत सिन्धुली हेटौडा सडक खण्डको रतनपुरमा मोटरसाईकल दुर्घटना भएको छ ।
आईतबार राती हरिहरपुरगढी गाउँपालिका वडा नं. २ मा सिन्धुलीबाट हेटौडातर्फ जाँदै गर्दा बा४४प९८१७ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा थाहा नगरपालिका ९ का शुसान्त चित्रकार गम्भिर घाईते भएका हुन् ।
दुर्घटनामा परि मोटरसाईकल चालक थाहा नगरपालिका ९ को सुसान्त चित्रकार गम्भिर घाईते भएका छन् । घाईतेलाई थप उपचारका हेटौडा लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।




















