सिन्धुली । नेकपा एमालेको सिन्धुली जिल्ला नेशनल भोलेन्टिएर फोर्सको कमाण्डर दिपेन्द्र फुयाँल बनेका छन् । आईतबार सिन्धुलीमाढीमा सम्पन्न भेलाले फुयाँलको कमाण्डमा ३७ सदस्यीय नेशनल भोलेन्टिएर फोर्स सिन्धुली घोषणा गरिएको हो ।
जसको सह कमान्डर प्रकाश रायमाझी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सौरभ सिंह लामा, विश्व राई, विनोद दियाली, रञ्जित दियाली, विनोद शाशंकर, जोशन श्रेष्ठ, निर्मल थापा, रोशन थापा, टेक बहादुर भुजेल, गगन थापा, सन्तोष लुंगेली, हरिराम बसेल, कर्मठ पहाडी, चित्र पुलामी मगर, दिपक काफ्ले, भिम बहादुर हायु, अम्बर कार्की, दिपक खत्री, विवश गौतम, हिरालाल मगर, अस्विनी शर्मा तिमल्सिना, रोजन चौधरी रहेका छन् ।
यस्तै सुरज अधिकारी, धन बहादुर तामाङ, भोज बहादुर श्रेष्ठ, सिम धामी, कल्पना खड्का, रामु रावत, सन्त मोक्तान, अशोक वल, निरज तामाङ, रेशम लामा, सोमबहादुर बम्जन लगाएत सदस्य रहेका छन् ।
नेशनल भोलेन्टिएर फोर्स सिन्धुलीका संयोजक चित्र बहादुर बुढाथोकीको अध्यक्षता एवम् नेशनल भोलेन्टिएर फोर्सका केन्द्रीय प्रमुख पुष्प श्रेष्ठको प्रमुख आतिथ्यतामा नेशनल भोलेन्टिएर फोर्स सिन्धुली घोषणा गरिएको हो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निरु दर्लामी, नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवम् सिन्धुली क्षेत्र नं. २ का उमेदवार मनोजजंग थापा, पूर्व केन्द्रीय सदस्य उमा कोईराला, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ लगाएतका जिल्ला नेताहरुको उपस्थितिमा नेशनल भोलेन्टियर फोर्स घोषणा गरिएको हो ।





















