सिन्धुली । नेकपा एमालेले जिल्ला इन्चार्जहरुको जिम्मेवारी तोकेको छ । एमालेको सचिवालयको काठमान्डौमा सम्पन्न बैठकले प्रदेश र जिल्लाका इन्चार्जहरु तोकेको हो । बैठकले सिन्धुली जिल्लाको इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप कटुवाललाई दिएको छ ।
एमालेले वागमती प्रदेशका उपत्यकाका ३ जिल्ला बाहेक १० वटा जिल्लामा इन्चार्ज तोकेको हो । बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव महेश बस्नेतले पाएका छन् ।
बैठकले रामेछापको इन्चार्जमा माधव ढुंगेल, काभ्रेपलाञ्चोकको इन्चार्जमा अशोक व्याञ्जु, सिन्धुपाल्चोकको इन्चार्जमा सुवास कर्माचार्य, धादिङको इन्चार्जमा भूमि त्रिपाठी, दोलखाको इन्चार्जमा पार्वत गुरुङ, नुवाकोटको इन्चार्जमा केशव पाण्डे, रसुवाको इन्चार्जमा प्रेम तामाङ, मकवानपुरको इन्चार्जमा रामेश्वर राना, चितवनको इन्चार्जमा देवी ज्ञवालीलाई जिम्मेवारी तोकेको छ ।





















