सिन्धुली । विपी राजमार्गमा दुईवटा मोटरसाईकल ठोक्किएर दुर्घटना भएको छ । बुधबार कमलामाई नगरपालिका वडा नं .२ पिपलभञ्ज्याङमा मोटरसाईकल दुर्घटना भएको हो ।
खुर्कोटबाट सिन्धुलीतर्फ आउँदै गरेकोे बा.प्र.०२–०६० प ६३०३ नम्बरको पल्सर मोटरसाईकल र सिन्धुलीबाट खुर्कोटतर्फ जाँदै गरेको प्र.०३–०२–०१२ प ६३६० नम्बरको पल्सर ठोक्किँदा बा.प्र.०२–०६० प ६३०३ नम्बरको पल्सर मोटरसाईकल चालक सुनकोशी गाउापालिका वडा नं. ७ का ४२ वर्षिय लोक बहादुर कार्की, सोहि मोटरसाईकलमा सवार ३८ वर्षिय राम बहादुर कार्की घाईते भएका छन् ।
यस्तै दुर्घटनामा परि बा.प्र.०२–०६० प ६३०३ नम्बरको मोटरसाइृकल चालक सर्लाहीको मलंगवा नगरपालिका ६ खुटैना का २२ वर्षिय अर्मान अलाम मिक्रानी र सोहि मोटरसाईकलमा सवार महोत्तरी सोनमा गाउँपालिका २ का २१ वर्षिय समिर राज यादव घाईते भएका छन् ।
घाईते चारै जनाको सिन्धुली अस्पतालमा उपचार भईरहेको र सबैजना खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीले बताएका छन् । उनका अनुसार घाईते मध्येका समिर र अर्मान थप उपचारका लागि काठमान्डौ गएका छन् ।




















