• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

त्यसैले बढ्दैछ राजनीतिक दलप्रति वितृष्णा

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर १७, २०८२
in Featured, Opinion, Province 3
0

Share via:

77 Shares
  • Facebook 77
  • Twitter
  • LinkedIn
  • More

नीति, थिति र विकासका बहस भन्दा पनि नेताहरूबीचको आरोप प्रत्यारोप र व्यक्तिगत स्वार्थ प्राथमिकतामा देखिएका कारण पनि पछिल्लो समय राजनीतिप्रति जनताले विश्वास गर्न सकेका छैनन् । राजनीतिक दलहरु भित्र देखिएका गुटगत प्रवृतिले जनतामा मात्र हैन पार्टीहरुका दह्रा खम्बा बनेका कार्यकर्ताहरुमा समेत निराशा ल्याएको छ ।

नेपालमा पछिल्लो समय राजनीतिमा सुधारका लागि निक्कै बहस भएका छन् । बहस सामाजिक सञ्जाल, चोक चौतारा वा भेटघाटमा मात्र हैन मिडियाहरुमा पनि राजनीतिक दलहरु सुधारको बहस चुलिँदै गएको छ । जुनसुकै कुराको पनि सुधारका लागि बहस आवश्यक छ । यो बहस जेनजी आन्दोलन अघिदेखि नै सुरु भएको हो । जेनजी आन्दोलन यहि बहसको अत्यधिक चरम रुपमा बाहिर आयो । जसले देशलाई खरानी बनायो । खरानीको थुप्रो, धुलो र धुवाँका बीच पनि राजनीतिमा पुस्तान्तरण र सुधारको बहस चर्को रुपमा छ ।

यो आन्दोलनले पुराना लोकतन्त्र, गणतन्त्र स्थापनाका लागि लामो योगदान दिएका राजनीतिक दलदेखि नयाँ दलहरुमा धु्रविकरण, एकता, सहकार्य, विभाजन सबै खालका क्रिया प्रतिक्रिया चलिरहेका छन् । तर राजनीतिमा भएका विकृति हट्नुको सट्टा झनै तिव्र रुपमा बढेको देखिन्छ ।

राजनीतिक सुधारका लागि पहिले नागरिक सचेतना आवश्यक छ । लोकतन्त्र, राजनीतिक संयन्त्र, कानुन, संविधानभित्र रहेर बहस आवश्यक छ तर त्यसो पनि भईरहेको छैन । राम्रो सकारात्मक र देश बनाउने अभियानमा नत नागरिक छन् नत नयाँ पुस्ता छ, नत कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र छ, न राजनीतिक दल नै छन् । यसले नागरिकमा थप निराशा आउनु स्वभाविक छ र अझै निराशा चुलिने देखिन्छ । पछिल्लो पुस्तामा सबैलाई नेता बन्ने होडबाजी छ । पुरानो पुस्ता नेतृत्व हस्तान्तरण गर्ने पक्षमा देखिदैन । सुशासनको मुद्दा बोकेर आन्दोलनमा होमिएको पुस्ताले सत्ताको उलटपुलट हुन्छ भन्ने आँकलन गरेको थिएन । नेतृत्व तयार गरेको थिएन त्यसैले यतिबेला देश झनै बर्वादीतिर धकेलीरहेको छ । अझ जेनजी पुस्ताले आफुलाई एकतावद्ध बनाउन नसकेपछि आलोचना खेपिरहेको छ ।

यति हुँदा हुँदै पनि फेरी यो देशमा सुधार र स्थायीत्व ल्याउने राजनीतिक दलहरु नै हुन् । दलिय व्यवस्था र लोकतन्त्रको रक्षा गर्नका लागि फेरी कानुनी राज्य स्थापित गर्नुको विकल्प पनि छैन । जसको नेतृत्व राजनीतिक दलले नै गर्ने हुन् । जेनजीका माग सम्बोधन गर्न पनि संविधानकै रक्षा आवश्यक छ, लोकतन्त्रकै खाँचो छ । प्रतिनिधिसभा बिना नत संविधान संशोधन हुन्छ नत जेनजीले उठाएका सबालहरु नै सम्बोधन हुन्छन् । जेनजीहरुले उठाएको साझा माग भनेको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हो जुन संविधान संशोधन बिना सम्भव छैन ।
जेनजी आन्दोलन उठ्नु र नागरिकमा राजनीतिप्रति वितृष्णा आउनुमा धेरै कारणहरु छन् । ति कारणहरुको पहिचान गरेर समस्या समाधानमा लाग्नुपर्ने जिम्मेवारी राजनीतिक दलको काँधमा आएको छ, आजको यो आवश्यकता पुरा गर्न दलहरुको साझा एजेण्डा बन्न आवश्यक छ । अहिले बहस चल्नुपर्ने विषयहरुमध्येको केहि विषयहरु जेनजी आन्दोलनसँग पनि सम्बन्धित छन् । जेनजी आन्दोलनका अवाञ्छित र राष्ट्रविरुद्धका गतिविधिमा सहमत हुन सकिँदैन । राष्ट्रिय झण्डा ओढेर राष्ट्रका धरोहर, व्यक्तिगत सम्पत्ति, सार्वजनिक सम्पत्ति जलाउने, व्यक्ति वा राजनीतिक नेतृत्वलाई आक्रमण गर्ने शैली र नेतृत्व विहिन गतिविधिहरुमा सहमति जनाउन सकिदैन तथापी यो आन्दोलनले केहि बहस गर्न बाध्य भने बनाएको छ ।

भ्रष्टाचार र दण्डहीनता

पछिल्लो समय सबै दलका नेताहरुमा निरन्तर भ्रष्टाचारको आरोप लागेको छ । केहि ठाउँमा भ्रष्टाचार पनि भएका छन् । आरोप लागेकाहरुलाई छानविन गरि दोषी र निर्दोष नछुट्टाईदा नागरिकमा सबै नेताहरु भ्रष्टाचारी नै हुन भन्ने दरिलो छाप परेको छ । यसले राजनीतिमा ठूलो वितृष्णा छाएको छ । नेता भन्ने वित्तिकै भ्रष्ट देख्ने नागरिक नजर स्थापित भएको छ । ठूला घोटालामा नाम जोडिने तर दोषका आधारमा कारवाहि हुन नसक्नुले राजनीतिक दल र सबै नेताहरु भ्रष्ट हुन भन्ने अवस्था सृजना भएको छ । यो समस्या जेनजी आन्दोलनको बलमा बनेको सरकारमा पनि लागु भईसकेको छ । तर वास्तविकता खोज्न नागरिकहरुले सकेको अवस्था छैन । विशेष गरि यो अवस्था सृजना हुनुमा राजनीतिक दलहरु नै सामाजिक सञ्जालमा खेल्ने दोहोरी र आरोप प्रत्यारोप नै जिम्मेवार छन् । यो सँगै कानुनी व्यवस्थाहरुको कार्यान्वयन र न्याय सम्पादनमा भएका समस्याहरुले पनि राजनीतिक दलहरुलाई नै आलोचित बनाएका छन् । दलका कारण नै कानुन कार्यान्वन हुन नसकेको आम जनताको बुझाई छ । जसले गल्ती गरे पनि दल र नेताले गरे भन्ने प्रवृतिका कारण पनि समस्या सृजना भएका छन् ।

सरकारमा स्थिरता नहुनु

संसदीय व्यवस्थामा कुनै दलले बहुमत प्राप्त गर्न नसक्दा बारम्बार सरकार बदलिने, गठबन्धन हुने, फुट्ने चक्रको विकास भयो । सरकार सञ्चालनमा स्थिरता देखिएन । यसले राजनीतिप्रति वितृष्णा जन्मायो । चुनावी प्रक्रियामा पनि कहिले कोसँग मिल्ने, कहिले कोसँग मिल्ने र फुट्ने प्रक्रियाले जनतामा निराशा ल्याएको छ । हरेक नागरिकले आफ्नो राजनीतिक आस्था बोकेका हुन्छन् सोहि आस्था अनुसार भोट हाल्न नपाउनु र भोटका लागि जुनसुकै हर्कत गरिरहने प्रवृतिले पनि जनताले राजनीतिलाई नकारात्मक रूपले हेर्न थालेका छन् ।

नेताहरूको आपसी कलह

नीति, थिति र विकासका बहस भन्दा पनि नेताहरूबीचको आरोप प्रत्यारोप र व्यक्तिगत स्वार्थ प्राथमिकतामा देखिएका कारण पनि पछिल्लो समय राजनीतिप्रति जनताले विश्वास गर्न सकेका छैनन् । राजनीतिक दलहरु भित्र देखिएका गुटगत प्रवृतिले जनतामा मात्र हैन पार्टीहरुका दह्रा खम्बा बनेका कार्यकर्ताहरुमा समेत निराशा ल्याएको छ । आपसी एकता नहुने र दलका आन्तरिक गोप्त कुराहरु अर्को दलसम्म पुग्ने, एक दलका कार्यकर्तालाई अर्को दलको नेताहरुको नकरात्मक टिप्पणी गर्न सिकाउने र गर्ने गरिरहँदा नागरिकले राजनीतिक दललाई अस्वीकार गर्न थालेका छन् ।

जनताको अपेक्षा पुरा नहुनु

समय गतिशिल छ । प्रविधिले विश्वसँग आफुलाई प्रतिस्पर्धा गराउनुपर्ने हरेक नागरिकको बाध्यता छ । तर राजनीतिक दल र जनप्रतिनिधिहरु निर्वाचनमा दिएका वाचा पुरा गर्न तयार छैनन् । जनताका आवश्यकताहरु रोजगार, शिक्षा, स्वास्थ्य र विकास जस्ता कुराहरु समय अनुसार प्रयाप्त छैनन् । भलै विकासै नभएको अवस्था भने हैन । जनताका आवश्यकता पुरा गर्न विकासोन्मुख देशले सकेको छैन । यसका आर्थिक, प्राविधिक र नीतिगत समस्याहरु होलान् तर जनतामा निराशाको ठूलो खाडल यसले बनाएको देखिन्छ । यसमा जिम्मेवार आम मिडिया पनि छ । देशमा केहि भएन, भ्रष्टाचार मात्र भयो भनेर प्रचार प्रसार गर्ने र सकारात्मक कुरालाई प्रचारमा ल्याउन नसक्दा देशमा अत्यधिक निराशा बढेको हो ।

युवाहरूलाई बुझाउन नसक्नु

नयाँ पुस्ता र पुरानो पुस्ताका बीचमा भएको खालीपन अहिलेको अर्को समस्या हो । स्कुल पढ्न बालबालिकालाई पठाउने, सरकार कसरी चल्छ ? विकास कसरी हुन्छ ? राज्यका संरचनाले कसरी काम गर्छन् ? जस्ता विषयमा हामीले युवा पुस्तालाई सिकाएकै छैनौं । नत स्कुल नत घरमा संस्कार, संस्कृति, राजनीतिक व्यवस्था, प्रशासनीक व्यवस्था, भौगोलिक राजनीति, कुटनीतिगत अवस्थाका बारेमा सिकाईयो नत व्यवहारिक ज्ञानमा उनीहरुलाई लगाउन सकियो । जसका कारण उनीहरुमा खालीपन (ग्याप) देखिएको छ । यो ग्याप पुरा गर्न सकिएन भने ठूलो दुर्घटना हुन सक्ने खतरा छ । युवाहरूको आवाज, क्षमता र आवश्यकता राजनीतिक नेतृत्वले पर्याप्त रूपमा नबुझ्नु समस्या त छदैंछ हामी अभिभावकले बालबालिकालाई दिईने शिक्षा, संस्कार पनि उत्तिकै महत्वपूर्ण छ । हाम्रा शैक्षिक संस्थाहरुले पनि यस्ता विषयमा ध्यान दिन आवश्यक छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नकारात्मक प्रचार प्रसार

पछिल्लो समयको सबैभन्दा ठूलो समस्या सोसल मिडियामा नकारात्मक कुराहरु बढी फैलिनु हो । गालीगलौज, अश्लिल शब्दहरुको प्रयोगका कारण हरेक मानिसमा यसको छाप परिरहेको छ । सामाजिक सञ्जाललाई भरपर्दो सूचना मानिदिने जमातका कारण पनि राजनीतिक, सामाजिक व्यक्तिहरुको छवी धुमिलिएको छ । सूचनालाई सहि प्रयोग गर्न नसक्दा र सहि सूचना हेर्न नपाउँदा नकारात्मकताको विकास भएको देखिन्छ । सामाजिक सञ्जालमा गरिने गाली गलौज, अपमान, हिंसा जस्ता कुराहरुले दलहरुलाई नै असर गरिरहेको छ ।

धेरैलाई लाग्न सक्छ सबै राजनीतिसँग किन जोडियो ? यो गम्भिर प्रश्न पनि हो । सबै व्यवस्था र अवस्थालाई नेतृत्व प्रदान गर्ने भनेकै राजनीति नै हो । जब राजनीति र राजनीति गर्ने व्यक्तिहरु सफा, स्वच्छ बन्दै जान्छन् समाज सुन्दर बन्दै जान्छ । त्यसैले राजनीतिमा सकारात्मक कुरा फैलाउन सबै क्षेत्र, विचार, उमेर, लिंग, जात, धर्म, स्वभाव, क्षमता लगाएतलाई समेटेर अगाडि बढ्न जरुरी छ । सकारात्मकतालाई प्राथमिकता दिनु आवश्यक छ । गाली गलौज र अनर्गल प्रचारलाई छोडेर अब दलहरुले आफ्ना नीति, कार्यक्रम, उद्देश्य, विचारहरु लिएर जनतामाझ जाने बेला हो । एकले अर्कालाई हिलो छ्याप्न नछोडे देशको भविष्य नै अन्धकार हुन सक्छ । पुरानो पुस्तासँगै नयाँ पुस्तालाई जोड्दै अगाडि बढ्ने बेला हो । हिजो भएका कमीकमजोरी सुधारेर अगाडि बढ्न सके लोकतन्त्र, संविधान र देशको रक्षा हुनेछ । राष्ट्रिय मुद्दामा राजनीतिक दलहरु एकतावद्ध हुनुको विकल्प छैन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा मनाईयो अन्तराष्ट्रिय अपांगता दिवस

Next Post

प्रहरीले तीन हेक्टर जमिनमा लगाएको गाँजा फाँड्यो

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied