सिन्धुली । जेनजी युनाईटेड मुभमेन्टले सिन्धुलीमाढीमा शान्ति पदयात्रा 
शहीदको रगत खेर नजाओस, रगतले रंगिएको देश विभाजनले होईन एकताले उज्यालो होस्, हामी अपराधि हैनौं हामी त देशको आशा हौं लगाएतका नारा सहितको प्लेकार्ड सहित उनीहरुले पदयात्रा गरेका हुन् ।
खुलामञ्चबाट सुरु भएको पदयात्रा शान्ति नगरचोक, ट्राफिक चोक, २ नं. बजार, गैह्रीबजार, १ नम्बर बजार, स्टलबजार, बसपार्क हुँदै खुलामञ्चमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा जेनजी युवाहरुले शहीद, घाईतेहरुका सपना पुरा गर्न जेनजीहरुको एकता आवश्यक रहेको बताए । उनीहरुले जेनजी युवाहरुलाई एकतावद्ध हुन आग्रह गरेका छन् । उनीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।
पहिलो काम जेनजीहरुलाई एकतावद्ध गर्नु भएको बताउँदै जेनजी एकताका लागि वार्ता तथा सम्वाद भईरहेको समेत जनाएका थिए ।
जेनजी युनाईट्ड मुभमेन्टले यो पदयात्रालाई एकताको अभियान भनेको छ । कार्तिक ३० गते सिन्धुलीमाढीबाट यो यात्रामा निस्केका उनीहरुले राष्ट्रिय एकताको अध्याय लेख्ने गरि अभियान सञ्चालन गरेको जनाएका छन् ।
अभियानको पहिलोे चरणको कार्यक्रम कार्तिक ३० गते सिन्धुलीमाढी, मंसिर १ गते ओखलढुंगा, मंसिर २ गते खोटाङको दिक्तेल बजार, मंसिर ३ गते भोजपुर, मंसिर ४ गते संखुवासभाको खाँदबारी, मंसिर ५ गते तेह्रथुमको म्याग्लुङ बजार, मंसिर ६ गते धनकुटा, मंसिर ७ गते सुनसरी धरान, मंसिर ९ काभ्रेको बनेपा, मंसिर ११ गते पोखरा, मंसिर १३ गते सिन्धुपाल्चोकमा गरिने गरि तय गरिएको जेनजी युनाईट्ड मुभमेन्टले जनाएको छ ।





















