सिन्धुली । नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको सामुदायिक आँखा उपचार केन्द्र, सिन्धुलीले ७७ जना मोतियाविन्दुका विरामीको शल्यक्रिया गरेको छ ।
शनिबार शल्यक्रिया गरि आईतबार उनीहरुलाई डिस्चार्ज गरिएको छ । शुक्रबारदेखि सञ्चालन भएको शिविरमा ३ सय बढी विरामीहरुको आँखा जाँच गरिएको थियो ।
रुइत फाउन्डेसनको सहयोग तथा जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक सहयोगमा विरामीहरुको शल्यक्रिया तथा आँखा जाँच गरिएको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताएका छन् ।
सामुदायिक आँखा अस्पताल, सिन्धुलीले विगत लामो समयदेखि निःशुल्क वा सहुलियत सेवा मार्फत आँखाको उपचार र मोतिबिन्दु अपे्रशन सेवा प्रदान गर्दै आएको छ । अब प्रत्येक महिनाको अन्तिम शनिबार आँखा शिविर राखिने पनि श्रेष्ठले जानकारी दिएका छन् ।






















