सिन्धुली । हरिहरपुरगढी गाउँपालिका वडा नं. २ मा आइतबार बाढीले बगाएर ल्याएको एक पुरुषको शव फेला परेको छ ।
करिब ३५, ४० वर्षको पुरुषको शव बागमती नदीको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले बताएका छन । उनका अनुसार शरीरमा लुगा नभएको र हिलोमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।
मृतक व्यक्तिको पहिचान खुल्न नसकेको सुवेदीले बताएका छन । शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याईएको उनले जानकारी दिएका छन ।




















