• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

कमलामाई नगरपालिकाको बजेट एक अर्व उनन्तिस करोड

बिमला पाण्डे by बिमला पाण्डे
असार १०, २०८२
in Business, Featured, News, Province 3
0

Share via:

21 Shares
  • Facebook 21
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्व २९ करोड, ५९ लाख ४० हजार १६० रुपैंया बराबरको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि गत वर्ष नगरपालिकाले १ अर्व ४५ करोड८९ लाख ५५ हजारको बजेट ल्याएको थियो । मंगलबार नगरपालिकाले १६ औं अधिवेशनको प्रथम बैठकमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको हो ।

बजेट प्रस्तुत गर्दै कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले नगरपालिकाले दिने सेवालाई सहज, सरल र चुस्तदुरुस्त बनाउने खालका योजना ल्याईएको बताएकी छिन । उनले नगरपालिकाले नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार विकास, लैंगिक समानता र सामाजिक समावेशीकरण, दिगो विकास, वातावरणीय संरक्षणलाई लक्षित गरि बजेट विनियोजन गरिएको उल्लेख गरिएको छ ।

यस्तै उद्यमशिलता विकास, गरिवी निवारण, प्रविधिमैत्री सेवा लगाएतका क्षेत्रमा बजेट विनियोजन गरिएको उपप्रमुख देवकोटाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । बजेटमा आन्तरिक श्रोत १५ करोड १ लाख ४० हजार, वित्तिय हस्तान्तर संघियतर्फ ७५ करोड ४९ लाख, वित्तिय हस्तान्तरण प्रदेशतर्फ ८ करोड २० लाख २२ हजार प्राप्त हुने अनुमान गरिएको छ । यस्तै संघिय सरकार राजस्व बाँडफाँडबाट १५ करोड २ लाख ७४ हजार ५८३ अनुमान गरिएको छ । यस्तै प्रदेश सरकार राजस्व बाँडफाँड ८ करोड ३४ लाख ६३ हजार ५७७ रुपैंया अनुमान गरिएको छ ।

यसैगरि विज्ञापन कर ५ लाख ४० हजार, वन रोयल्टी १ करोड २५ लाख, ढुंगा गिटी बालुवा २ करोड, मालपोत रजिष्ट्रेशन बाँडफाँडबाट ४ करोड, मेला महोत्सव, मनोरञ्जन करबाट १ लाख, नगद लागत सहभागितामा हुने आम्दानी २० लाख अनुमान गरिएको बजेटमा उल्लेख गरिएको छ ।

नगरपालिकाले नगरस्तरीय महत्वका योजनाहरुलाई ९ करोड नौ लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकाको सञ्चालन तथा प्रशासनीक खर्च २७ करोड ७२ लाख, प्रदेश समपुरक कार्यक्रमको लागि २ करोड ४० लाख, प्रकोप व्यवस्थापन कोषका लागि ५० लाख, कर्मचारी कल्याण कोषका लागि २० लाख, पूँजीगत अनुसन्धान तथा परामर्शका लागि ३० लाख बजेट विनियोजन भएको छ ।

यस्तै नगरपालिकाले वडाको विकासात्मक कामका लागि प्रत्येक वडामा ९० लाखका दरले बजेट विनियोजन गरेको छ । नगरपालिकाका शाखा, उपशाखा र ईकाईहरुका लागि ७ करोड ६० लाख बजेट विनियोजन भएको छ ।

सभामा नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगरपालिकाले प्रदेशको ज्ञान कमलामाईमा योगदानको नारालाई आत्मसात गर्दै कृषि, रोजगार र व्यवसायमा विदेशबाट फर्केका युवाहरुलाई प्राथमिकतामा राखेको छ ।

नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय गुरुयोजना निर्माण गरि काम अगाडि बढाउने नीति लिएको छ । यस्तै कृषि, पशुपालन, उद्योग विकास, रोजगार, सेवा प्रवाहमा सुशासन र संस्थागत विकास, महिला सशक्तिकरण, सार्वजनिक सम्पत्ति व्यवस्थापन, मेलमिलाप तथा न्याय निरुपण, सामाजिक सुरक्षा व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पोषण लगाएतका विषयहरु नीति तथा कार्यक्रममा प्राथमिकतामा परेका छन ।

लैंगिक समानता र सामाजिक समावेशीकरणमा महिला, बालबालिका, अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखिएको छ । यस्तै खेलकुद क्षेत्रमा खेल र खेलाडीको पहिचान स्थापित गर्ने गरि सबै वडामा पुग्ने गरि खेलकुद विकासमा काम गरिने नीति नगरपालिकाको रहेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नगरपालिकाले सिन्धुलीगढीको विकासमा उल्लेख्य नीति तथा कार्यक्रम बनाएको छ । सेल्फीडाँडालाई ढुंग्रेभञ्ज्याङ पर्यटकीय स्थल नामाकरण गरि रक क्लाईम्बिङ सञ्चालन अगाढि बढाईने, सिन्धुलीगढीमा हिलस्टेशन बनाउने, सिन्धुलीगढीमा गढी दरवार राणाकालिन प्रशासन झल्किने ऐतिहासिक वस्तुहरुको संग्रहालय निर्माण गर्ने योजना नगरपालिकाको रहेको छ ।

यस्तै कमलामाई नगरपालिकाका ऐतिहासिक, सांस्कृतिक र धार्मिक पर्यटकीय क्षेत्रको विकासमा पनि नगरपालिकाले काम गर्ने गरि नीति बनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एसईईमा उत्कृष्ट विद्यार्थीलाई गाउँपालिकाको ल्यापटप उपहार

Next Post

सकियो एमालेको तीनदिने प्रशिक्षक प्रशिक्षण

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied