सिन्धुली । तीनपाटन गाउँपालिकाबाट २०८० को माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने तीनजना विद्यार्थीलाई तीनपाटन गाउँपालिकाले ल्यापटप उपहार दिएको छ ।
तीनपाटन गाउँपालिकाको गाउँसभा तथा १६ औं अधिवेशनको अवसरमा मंगलबार तीन जनालाई ल्यापटप उपहार दिएको हो । चन्द्रावती मा.वि.वेलघारीका युवराज काफ्ले, आशिमा दाहाल र मा.वि. आम्बोटेका युरी चौधरीलाई एक–एक थान ल्यापटप प्रदान गरी गाउँपालिकाले सम्मान गरेको हो ।
अधिवेशनका अवसरमा गाउँपालिकाका अध्यक्ष कर्ण थापाले विद्यार्थीलाई सम्मान गरेका थिए । अध्ययनमा सहज पुगोस भन्ने उद्देश्यले ल्यापटप सहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष कर्ण थापाले बताए ।





















