• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पत्रकार महिलाको अवस्था, चुनौती र अवसर

बिमला पाण्डे by बिमला पाण्डे
असार ३, २०८२
in Featured, Opinion, Province 3, Society
0

Share via:

113 Shares
  • Facebook 113
  • Twitter
  • LinkedIn
  • More
बिमला पाण्डे उपाध्यक्ष, नेपाल पत्रकार महासंघ बागमती प्रदेश

नेपालमा पत्रकारीताको सुरुवात

नेपालमा वि.सं. १९५५ साउनमा प्रकाशन भएको ‘सुधासागर’ को प्रकाशनबाट नेपाली पत्रकारीताको यात्रा तय भएको इतिहास छ । यो साहित्यीक पत्रिका नै नेपाली पत्रकारीताको सुरुवात मानिएको छ । नेपाली पत्रकारिताको यात्राले १२७ वर्ष पुरा गरेको छ । नेपालको सबैभन्दा पुरानो दैनिक पत्रिका गोरखापत्रको प्रकाशन सुरू गरेपछि यसले नयाँ मोड लिएको पाईन्छ । गोरखापत्रको प्रकाशन राणा प्रधानमन्त्री देवसम्शेरले १९५८ बैशाख २४ मा सुरू गरेका थिए । त्यसैको आधारमा बैशाख २४ गतेलाई नेपालमा पत्रकारिता दिवसका रुपमा मनाउँदै आएको छ । नेपालमा प्रकाशित भएको पत्रिकाको आधारमा पत्रकारिताको इतिहास भन्ने गरिए तापनि नेपाली भाषाको पहिलो पत्रिका भने भारतबाट प्रकाशित भएको गोर्खा भारत जीवन हो । यो पत्रिका मोतिराम भट्ट र रामकृष्ण बर्मा मिलेर प्रकाशित गरेका थिए । २००७ फाल्गुण ८ गते निजी क्षेत्रबाट प्रकाशित नेपालको पहिलो दैनिक पत्रिका “आवाज“ प्रकाशित भएको थियो ।

पत्रकारीतामा महिला

पत्रकारीताको यात्राको यो दौरानमा पत्रकारितामा महिलाको प्रवेश कहिलेबाट कसरी भयो र अहिलेको अवस्था के छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ । नेपालमा वि.सं. २००७ सालभन्दा अगाडि पत्रकारीता गर्ने महिला पाउन गाह्रो थियो । महिला घर बाहिर निस्कने र काम गर्ने वातावरण सोंच्न समेत सकिदैन थियो । महिलालाई सामाजिक एवं सांस्कृतिक मान्यता अनुसार प्रजनन र चुलो चौकोका काममा मात्र लगाउने परिपाटीको असर पत्रकारीतामा समेत परेको थियो । महिलालाई शिक्षा नै नदिने समाजमा सञ्चारकर्मी भएर महिलाहरु आउनु सपना जस्तै थियो ।

वि.सं. २००७ सालको राजनैतिक परिवर्तन, संविधान र राष्ट्रिय कानुनले महिलालाई पुरुष समान अधिकार दियो । नेपालको अन्तरिम शासन विधान २००७ को धारा १५ ले लिंगका आधारमा हुने भेदभावलाई बन्देज गरेपछि समताको अभ्यास हुन थाल्यो । त्यसपछि नेपाली पत्रकारिता जगतमा पनि महिलाको प्रवेश पाईयो । वि.सं.२००८ मा साधना प्रधान र कामाक्षादेवीको सम्पादनमा ‘महिला’ नामक नेपाली भाषाको मासिक पत्रिका प्रकाशित भयो त्यहि पत्रिकाले नै नेपाली पत्रकारीता क्षेत्रमा महिला संलग्नताको इतिहास बोकेको पाइन्छ । उक्त पत्रिकामा शलवन्ती, मधुकरी, प्रमिला सह–सम्पादक थिए भने मायादेवीले व्यवस्थापनको भूमिका निर्वाह गरेकी थिइन् ।

त्यसपछि वि.सं. २००८ असोजमा प्रियम्बदा शर्माको प्रधान सम्पादकत्वमा ‘प्रभा’ (मासिक) पत्रिका प्रकाशित भयो । यस्तै, वि.सं. २००९ मा कुन्तीदेवीको सम्पादकत्वमा ‘प्रतिभा’ (मासिक) पत्रिका प्रकाशित भयो । त्यसपछि वि.सं. २०१० सालमा रमादेवीले ‘जनविकास’ (मासिक) पत्रिकाको सम्पादक तथा प्रकाशकको रुपमा काम गर्नुभयो । ‘जनविकास’ पत्रिका १२ अंकसम्म प्रकाशित भयो भने रमादेवीले वि.सं. २०११ सालमा ‘जनसाहित्य’ (द्वैमासिक) नामको अर्को पत्रिका पनि प्रकाशित गर्नुभयो ।

वि.सं. २०१२ सालको नागरिक अधिकार ऐनको दफा ६ (१) ले सबै नागरिक (महिला, पुरुष वा अन्य) लाई ‘वाक्’ र ‘प्रकाशन’ स्वतन्त्रता दिएपछि महिलालाई पत्रकारिता पेशा अँगाल्न थप सहज भएको पाइन्छ ।

पञ्चायतकालमै पनि प्रेमकुमारी पन्त, आशा सिंह शाह, राधा शर्मा लगायतले आफ्नै नाममा क्रमशः ‘विक्ली मिरर’, ‘सिम्रिक’ र ‘सान्त्वना’ साप्ताहिक पत्रिकाहरू प्रकाशन गर्नुभएको थियो । यी पत्रिकाका सम्पादक र पत्रकार उहाँहरू नै हुनुहुन्थ्यो ।

पत्रकारितामा महिलाको उपस्थिति सङ्ख्यात्मक रूपमा कम देखिए पनि सुरुआती वर्षहरूमा नै महिलाहरू सम्पादक र प्रकाशकको भूमिकामा देखिन्छन् । तर, यसले त्यसपछिका वर्षहरूमा निरन्तरता पाउन भने सकन । २०१७ सालमा राजा महेन्द्रले दलीय व्यवस्था खारेज गरी निर्दलीय पञ्चायती शासन व्यवस्था लागु गरेपछि त प्रेसमाथि नै अङ्कुश लगाइयो । त्यसपछि अनवरत ३० वर्ष चलेको पञ्चायती शासन व्यवस्थामा सञ्चारमाध्यम सरकारी नियन्त्रणमै रहेकाले स्वतन्त्र पत्रकारिताको विकास र प्रवद्र्धन सम्भव भएन । त्यसका कारण महिलाहरू सञ्चार कर्ममा आउने क्रममा पनि वृद्धि भएन ।

पत्रकारितामा महिलाहरूको सहभागिता क्रमशः बढ्दै जाने क्रममा महिलाका मुद्दा उठान गर्नका लागि सुसन मास्के र अन्जु क्षेत्रीले अस्मिता महिला प्रकाशन गृहको स्थापना गर्नुभयो । उहाँहरूले २०४५ वैशाखमा महिलाप्रधान पत्रिका ‘अस्मिता’ को पहिलो अङ्क बजारमा ल्याउनुभयो । नेपालमा महिला अधिकारका मुद्दालाई मुख्य केन्द्रमा राखी प्रकाशित गरिएको पहिलो म्यागेजिन ‘अस्मिता’ हो ।

नेपाली पत्रकारिता यात्राको प्रारम्भिक दशकहरूमा नै विभिन्न पत्रपत्रिकामा केही महिलाले लेखकका रूपमा उपस्थिति जनाएको पाइन्छ । भारतको बनारसबाट प्रकाशित हुने ‘चन्द्र’ मासिकमा १९७१ सालमा सुकेसीको ‘स्त्री शिक्षा’ र कादम्बिनीको ‘वीर पत्नीको साहस’ शीर्षक लेखहरू प्रकाशित भएको पाइन्छ । यस्तै, देहरादुनबाट प्रकाशित ‘गोरखा’ साप्ताहिकमा १९८३ सालमा दिव्यकुमारी देवी कोइरालाको ‘स्त्री शिक्षाको महत्व’ शीर्षक लेख प्रकाशित भएको पाइन्छ । यसले तत्कालीन समाजमा महिलाको मूल्य मान्यतालाई ग्रहण गर्न घचघच्याउने काम ग¥यो । यसका अतिरिक्त अन्य महिलाहरूका लेख रचनाहरू पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित भए ।

प्रजातन्त्र पुनस्र्थापनापछि नै महिला लक्षित सञ्चारमाध्यम पनि उदाए । २०४९ सालमा जारी भएको राष्ट्रिय प्रसारण ऐनबाट निजी तथा स्वतन्त्र रेडियो स्थापना गर्न पाउने व्यवस्था कार्यान्वयन भई रेडियो स्टेसनहरू खुल्न थाले । यस्ता रेडियो प्रसारणमा सञ्चारकर्मी महिलाहरूको उपस्थिति खोजिन र देखिन थाल्यो ।

नियन्त्रित राजनीतिका कारण २०४६ सालअघि सञ्चारमाध्यमको विकास र प्रवद्र्धन धिमा गतिमा चल्यो । पञ्चायतकालमा जति सञ्चारमाध्यमहरू खुले ती कि त दरबारको प्रवद्र्धनमा खुलेका थिए कि त पञ्चायत समर्थक दलहरूको प्रोत्साहनमा । स्वतन्त्र पत्रकारिता गर्नेहरू सानो संख्यामा थिए र उनीहरू निरन्तर सत्ताको निगरानीमा थिए । त्यसैले पञ्चायतकालभर स्वतन्त्र पत्रकारिताको अभावमा पत्रकारिताको विकासक्रम ठप्प जस्तै भयो । त्यसको सोझो असर पत्रकारितामा महिलाहरूको प्रवेश र महिला पत्रकारहरूको विकासमा पनि पर्ने नै भयो । (श्रोत : सन्धान)

यति हुँदाहुँदै पनि २०४६ सालको जनआन्दोलनसम्म आइपुग्दा समेत नेपाली पत्रकारितामा पत्रकार महिलाको अवस्था निराशाजनक नै पाइन्छ । २०४६ सालको परिवर्तनसँगै देशमा सञ्चार उद्योग उल्लेखनीय रुपमा बढेसँगै पुरूष पत्रकारको संख्या झनै बढेको छ । पुरुष पत्रकारको तुलनामा पत्रकार महिलाको संख्यात्मक र गुणात्मक अवस्थालाई हेर्दा खुशी मान्न सक्ने अवस्था रहेको छैन । (श्रोत : सञ्चारिका समूह, ‘सञ्चारकर्मी महिलाको अवस्था’ अध्ययन प्रतिवेदन सन् २००५)

नेपाल पत्रकार महासंघमा महिलाको सहभागिता

अहिले नेपाल पत्रकार महासंघमा देशभरका ९ हजार ३४० जना सदस्यमा रहेकोमा १ हजार ७४२ जना महिला छन । जुन १८.६५ प्रतिशत हो । बागमती प्रदेशमा ९५० जना सदस्य रहेकोमा २२० जना अर्थात २३.१६ प्रतिशत सदस्य महिला छन । जुन सबै प्रदेशमा भन्दा बढी महिला सदस्य हुन । उपत्यकामा १८.२४ प्रतिशत सदस्य महिला छन । जहाँ १ हजार ५१९ जना सदस्य आवद्ध रहेका छन । जुन १८.२४ प्रतिशत हो । सबैभन्दा कम सदस्य मधेशमा छन ।

(२०८१ को निर्वाचन अघि नेपाल पत्रकार महासंघमा कुल सदस्य संख्या १३,०७७ मध्ये २,४०८ जना मात्र महिला थिए । सदस्यता सुद्धिकरणको समयमा ६६६ जना सदस्यले सदस्यता गुमाउनु भएको छ जसमा क्रियाशिल पत्रकारहरु समेत रहेका छन ।)

पत्रकार महासंघको नेतृत्वमा महिला

नेपाल पत्रकार महासंघको ७० वर्षको इतिहासमा पहिलो पटक अध्यक्षमा महिला निर्वाचित हुनुभयो । निर्मला शर्मा केन्द्रीय अध्यक्ष भईरहँदा शाखा र प्रदेशमा महिलाहरुको नेतृत्वमा महासंघ बन्न सकेका छैनन । आरक्षित कोटामा बाहेक पदाधिकारीमा औंलामा गन्न सकिने पदाधिकारी मात्र निर्वाचित भएका छन । महासंघका १२७ शाखाहरुमा ९ जना अध्यक्ष निर्वाचित भए । जुन ५ प्रतिशत मात्र हो ।
प्रदेश समितिमा २ जना महासचिव (कोशी र गण्डकी), ३ जना सचिव (गणकी, लुम्बिनी र सुदुरपश्चिम) र प्रतिष्ठानमा १ जना कोषाध्यक्ष निर्वाचित हुनुभयो । राज्यले तोकेको ३३ प्रतिशत सहभागिता पत्रकारीतामा अहिले पनि पुग्न सकेको छैन । केन्द्रमा २६.९२ प्रतिशत, प्रदेशमा २५.८५ प्रतिशत महिला निर्वाचित भएका छन ।

बागमती प्रदेशका जिल्लामध्ये दोलखा ५३.३३ प्रतिशत, सिन्धुली ५० प्रतिशत र नुवाकोटमा ४६.६७ प्रतिशत महिला निर्वाचित छन । बागमती प्रदेशका १० जिल्ला शाखाहरुमा ३० प्रतिशत महिला निर्वाचित छन । विधानमा बनाईएको आरक्षणले नेतृत्वमा केहि सहभागिता त देखिन्छ तर अहिले पनि अर्थपूर्ण सहभागितामा कमी छ भन्ने महसुस यो तथ्यांकले गराउँछ ।

नेपाल पत्रकार महासंघले सदस्य बन्नका लागि सहज वातावरणको सृजना गर्दै महिला पत्रकारलाई प्राथमिकतामा समेत राखेको छ । नेतृत्वमा आरक्षणको व्यवस्था गरेको छ । विशेष गरि महिला उपाध्यक्ष, समावेशी सचिव सहसचिव, महिला सदस्य लगाएतको व्यवस्था महासंघले गरेको छ । तर अहिले बाध्यकारी बाहेकका पदमा महिलाको उमेदवारी कल्पना गर्न र स्थापित गर्न निक्कै कठिन छ ।

पत्रकार महिलाको संख्यात्मक अवस्था

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बागमती प्रदेशमा कति पत्रकारहरु महिलाहरु छन भन्ने एकीन तथ्यांक छैन तर प्रेस रजिष्टारको कार्यालय बागमतीले वितरण गरेको प्रेस पासलाई हेर्ने हो भने महिलाको संख्या अत्यधिक न्युन छ । कार्यालय १२३८ जनालाई प्रेस पास दिएकोमा २२४ जना महिलाले प्रेस पास लिएका छन । जुन १८ प्रतिशत हो । यतिले मात्र बागमती प्रदेशमा पत्रकार महिलाहरुको आँकलन गर्न नसकिए पनि १८ देखि २० प्रतिशत महिलाहरु पत्रकारीतामा छन भन्ने आँकलन गर्न भने सकिन्छ ।

नेपालमा पत्रकार महिलाहरु सम्पादक प्रकाशक तहमा उपस्थिति छ भन्ने एकीन तथ्यांक भने कतै छैन । तर न्युन पत्रकार महिलाहरुले सञ्चारमाध्यमको नेतृत्व गरेका छन । महिलाहरुले सञ्चालन गरेका वर्गिकृत पत्रपत्रिकालाई २५ प्रतिशत लोककल्याणकारी विज्ञापनमा अनुदान दिने विज्ञापन वोर्डको व्यवस्थाले केहि महिलाहरुलाई सञ्चारसंस्थाको नेतृत्व गर्न प्रेरित गर्ने कोशिस गरेको देखिन्छ तर त्यो सुविधा लिनेको संख्या पनि न्युन छ । महिलाले प्रकाशन, सम्पादन गरेर २५ प्रतिशत सुविधा लिने मिडिया समेत नगन्य छन । प्रेस काउन्सिल नेपालले महिलाले प्रकाशन गरेको पत्रपत्रिकालाई अंक थप दिने व्यवस्था पनि गरेको छ तर पनि यसको जानकारी समेत धेरैलाई नहुन सक्छ ।

पछिल्लो समय सम्पादकीय नेतृत्वमा महिला कति छन भन्ने एकीन तथ्यांक छैन । महिला पत्रकारहरुको सहभागिता नै कम रहेको अवस्थामा नेतृत्वमा झनै कम छन भन्न सकिन्छ । सञ्चारमाध्यम धेरै निकायहरुमा दर्ता हुने भएकाले पनि यसको एकीकृत तथ्यांक पाउन समेत समस्या छ । निर्णय–निर्माणमा अनुपस्थितिका कारण उचित र महिलामैत्री वातावरण बनाउन कठिन छ । लैंगिकमैत्री सञ्चार नीति निर्माणको अभ्यास कम भएको देखिन्छ तर केहि प्रयास नै नभएका भने हैनन । ती प्रयाप्त छैनन भन्ने मात्र हो ।

पत्रकार महिलाहरुका समस्या र चुनौतीहरु

लैंगिक हिंसामा पत्रकार महिला
अन्य क्षेत्र जस्तै पत्रकारीतामा पनि लंैगिक भेदभावको प्रत्यक्ष प्रभाव परेको विभिन्न अध्ययनहरुबाट देखिन्छ । पछिल्लो समयमा समेत महिला पत्रकारले विभिन्न अपमानजनक व्यवहारहरु समाना गर्नु परिरहेको छ । तथापी पत्रकारितालाई पेशा बनाएर काम गर्ने महिलाहरुको संख्या बढेको छ ।

महिला पत्रकारहरुको अवस्थालाई आँकलन गर्दा उनीहरुको सुरक्षा चुनौती पहिलो हुन्छ । प्रविधिको विकाससँगै प्रयोग र दुरुपयोग दुवै भईरहेको छ । यसको असर सञ्चारसँग प्रत्यक्ष जोडिएका पत्रकार महिलामा पनि परेको छ । मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले २०७९ अर्थात सन २०२२ मे देखि अगस्तसम्ममा गरेको महिला पत्रकारमाथि अनलाईन हिंसाको अवस्था सम्बन्धि अध्ययनले ८८.६ प्रतिशत पत्रकार महिलाले आफ्नो जीवनकालमा अनलाईन हिंसा भोगेको उल्लेख गरेका छन । २८१ छापा, अनलाईन तथा विद्युतिय सञ्चारमाध्यमा कार्यरत महिलामा गरिएको अध्ययनमा पत्रकारले सबैभन्दा बढी कार्यालय भित्रका सहकर्मीबाट हिंसा भोग्नुपरेको उल्लेख गरेका थिए । जसमा ११६ जना थिए । यस्तै कार्यालय बाहिरका सहकर्मीबाट ८९, परिचित व्यक्तिबाट ८९, समाचार श्रोतबाट ६३, राजनीतिक दल सम्बद्ध व्यक्तिबाट ५६ र २६ जनाले सरकारी अधिकारीबाट अनलाईन हिंसा भोगेको उल्लेख गरेका थिए । ५३ प्रतिशत हिंसा पत्रकारीता पेशासँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ । फेसबुक म्यासेन्जर, ह्वाट्एप, ट्वीटर, इमेल लगाएतबाट हिंसा भोगेको र सबैभन्दा बढी फेसबुक म्यासेन्जरबाट ६२ दशमलब तीन प्रतिशत हिंसा भएको उल्लेख छ । यस्ता हिंसाले पत्रकार महिलामा ४० प्रतिशत पेशागत, ३१ प्रतिशत पारिवारिक र ६२ प्रतिशत मानसिक असर परेको उल्लेख छ । यो तथ्यांकले पत्रकार महिलाहरुले पेशामा टिक्न निक्कै चुनौतीको सामना गर्नुपरेको देखिन्छ ।

थप चुनौतीहरु
पत्रकार महिलाहरुले भोगेका चुनौतीहरुमा प्रविधिमैत्री वातावरण नपाउनु, शारीरिक मानसिक सुरक्षा अभाव हुनु, दोहोरो जिम्मेवारी र दवाव झेल्नुपर्ने अवस्था, अवसर र पेशागत स्थायीत्वको कमी, पेशागत सुरक्षाको चुनौती, अवसर, जिम्मेवारी र पारिश्रमिकमा भेदभाव, जिम्मेवारीमा अविश्वास, सामाजिक सुरक्षाको अभाव जस्ता चुनौती छन । यो सँगै पत्रकार महिलाहरुले उचित पेशागत र प्रविधिमैत्री सिप पाउन नसक्नु पनि चुनौती हो । सञ्चार क्षेत्रमा काम गर्ने महिलाको अधिकारसम्बन्धी विशेष सञ्चार नीतिको अभाव, सञ्चार क्षेत्रका आधुनिक प्रविधिको पर्याप्त ज्ञान तथा आधारभूत साधनको अभाव आदि महिला पत्रकारहरुका चुनौती रहेका छन् ।

अवसरहरु

चुनौती जति छन त्यहाँ अवसर पनि हुन्छन । लेखन क्षमतालाई विस्तार गर्दै सबै खाले चुनौतीको सामना गर्नु नेतृत्व विकासको आधार निर्माण गर्नु पनि हो । यी सबै चुनौतीको व्यवस्थापनमा सबैले जिम्मेवारी निभाउनुपर्ने अवस्था छ । नेतृत्व विकास, लेखन क्षमता वृद्धि र विषय विज्ञता हासिल गर्न सकियो भने पत्रकार महिलाहरुले आर्थिक, सामाजिक सवलतासँगै नेतृत्वदायी भूमिकामा समेत आफुलाई स्थापित गर्न सक्छन । अनुसन्धानात्मक भूमिकामा महिलाहरुले आफुलाई समावेश गर्न सक्छन जसले राष्ट्रिय अन्तर्राष्ट्रिय अवसर प्राप्त गर्न सक्छन । त्यसैले चुनौतीसँगै अवसर हुन्छन भन्ने कुरालाई सबैले आत्मसात गर्नुपर्छ ।

हाम्रो दायित्व

चुनौती र अवसरहरुलाई समायोजन गराउनका लागि र क्षमता विकास गर्नका लागि राज्य, पत्रकार महासंघ, सञ्चार सम्वद्ध सरकारी निकायहरु, पत्रकार सम्बद्ध संघसंस्थाहरुले भूमिका निभाउन आवश्यक छ । महिला नेतृत्व स्थापना र पत्रकार महिलाको सवालमा काम गर्दा उनीहरुलाई समान अवसरको सृजना गर्नु, रोजगारीमा लैंगिक समानता कायम गर्नु गराउनु, सुरक्षा नीतिहरु निर्माण गर्नु र संरक्षणको दायित्व निभाउनु, तालिम, सिप विकास, अनुसन्धानात्मक पत्रकारीतातर्फ प्रात्साहन गर्नु, डिजिटल पत्रकारीतामा दक्ष बनाउनु, सक्रिय कानुनी संरक्षणको भूमिका निर्वाह गर्नु नै हुन्छ । यस्तै समावेशी नीति र कार्यनीति बनाउनु, सिप अभिवृद्धिमा लगानी गर्नु, प्रोत्साहन र नेतृत्व विकासमा भूमिका निभाउनु आजको आवश्यकता छ ।

निश्कर्ष

राज्य, सञ्चारसम्वद्ध संघसंस्थाहरुले महिला पत्रकारलाई केवल कार्यक्षेत्रमा मात्र होईन सामाजिक, आर्थिक, मानसिक, प्राविधिक, भौतिक र कानुनीस्तरमा समेत सहयोग पु¥याउनु आवश्यक छ । पत्रकारीता जस्तो संवेदनशिल पेशामा महिलाहरुले निर्भिक र सक्षम रुपमा कार्य गर्न सकुन भन्ने सुनिश्चित गर्न आवश्यक छ । यसका लागि पत्रकार महासंघले श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन गराउन पहलकदमी उठान गर्नु पहिलो काम हुने छ । महिला पत्रकारको उपस्थितिलाई अझ बढाउन सरकार, सञ्चार गृह, नेपाल पत्रकार महासंघ लगायतका संस्थाले महिलालाई अवसर दिने कुरामा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ ।

पत्रकारीतामा महिलाको उल्लेख्य र अर्थपूर्ण सहभागिता स्थापित गर्ने चुनौतीसँगै पत्रकार महिलाको स्थायीत्वको सवाल निक्कै कसिलो छ । नेपाल पत्रकार महासंघमा महिलाले नेतृत्व गरिरहदा पत्रकार महिलाहरुका अपेक्षा पनि छन । ती अपेक्षा समस्यासँगै जोडिएका छन । यसको व्यवस्थापन नीतिगत र कार्यगत दुवै हिसाबले गर्नुपर्ने देखिन्छ । यसका लागि वहस र समस्या पहिचान आवश्यक छ । समस्या पहिचान भएपछि समाधान खोज्न सहज हुन्छ ।

बहसका विषयहरु निम्न हुन सक्छन ? जुन यो भेलाका उद्देश्य समेत हुन ।

  • पत्रकारीता क्षेत्रमा लैंगिक असमानता
  • महिला पत्रकारहरुको सुरक्षा र सम्मान
  • मिडिया सामग्रीमा महिलाको प्रतिनिधित्व
  • प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा महिला सवाल
  • महिला मुद्दाहरुको उठानमा पत्रकारिताको भूमिका
  • पेशागत विकास र अवसरको पहुँच
  • डिजिटल युगमा पत्रकारीतामा महिला
    (नेपाल पत्रकार महासंघ बागमती प्रदेशले २०८२ असार ३० र ३१ गते चितवनको भरतपुरमा सम्पन्न प्रथम महिला भेलामा प्रस्तुत कार्यपत्र)
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सेल्फीडाँडामा सिन्धुलीगढीको ‘रिलिफ आर्ट’

Next Post

पोखरीमा डुबेर बालिकाको मृत्यु

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied