• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सुनकोशी–मरिण डाईभर्सन निर्माणमा ढिलाई भएपछि उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री खड्काले गरे अनुगमन

सम्झौता तोड्ने की राख्ने विषयमा छलफल गरेर निश्कर्षमा पुगिने जानकारी

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ १८, २०८२
in Business, Featured, News, Province 3
0

Share via:

25 Shares
  • Facebook 25
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनको बाँध निर्माण र पावर हाउस निर्माणको काममा अत्यधिक ढिलाई भएपछि उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आयोजना निर्माण स्थलको अनुगमन गरेका छन । आयोजनाको बाँध र पावरहाउस निर्माण क्षेत्रमा मन्त्री खड्काले मन्त्रालय, सिंचाई विभागको टोली र प्राविधिक टोली सहित आयोजना निर्माण स्थलको अध्ययन गरेका हुन ।

सुरुङ छिचोलिएको एक वर्ष नाघीसक्दा पनि बाँध निर्माणले गति लिन नसकेपछि आयोजनाको प्रगति हेर्न मन्त्री सहितको टोलीले आईतबार सुनकोशी नदिमा बाँध बन्ने स्थल र पावर हाउसको अनुगमन गरे ।

अनुगमनपछि सिन्धुलीमाढीमा प्रेस युनियन सिन्धुलीले आकस्मिक रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले आयोजना निर्माणको काम ढिलाई भएको र आयोजनाको ठेक्का तोड्ने वा नतोड्ने भन्ने विषयमा अनुगमन पछि वृहत छलफल गरि टुंगोमा पुगिने बताए ।

आयोजनालाई नयाँ ठेक्काबाट गर्ने की सुधारात्मक भएमा निरन्तरता दिने भन्ने कुरा निर्माणको जिम्मा लिएको पटेल रमण जेभिले दिलाउने विश्वास कामको मुल्यांकनबाट गरिने उनले बताए । बाढीका कारण आएको समस्या बाहेक अन्य समस्या सम्बोधन गर्न नसकिने पनि मन्त्री खड्काले बताएका छन ।

आयोजनाको बाँध निर्माण, तथा पावर हाउस निर्माणको जिम्मा लिएको पटेल रमण जेभिले समयमा काम नगर्दा काममा ढिलाई भएको सुनकोशी मरिण डाईभर्सन आयोजनाले जनाएको छ । सम्झौताको २८ महिनासम्म पनि कामको प्रगति ८.८१ प्रतिशत मात्र रहेको आयोजनाका निमित्त प्रमुख बद्री कार्कीले जानकारी दिएका छन ।

आयोजनाको सुनकोशी नदीमा बाँध निर्माण, हात्तिटारमा रहेको माझी बस्तीको जग्गा उकास, विपी राजमार्ग डाईभर्सन रोड निर्माण र विद्युतको पावर हाउस तथा सर्जसफ्ट निर्माणका लागि निर्माण कम्पनीले जनवरी १, २०२३ मा आयोजनाको कामको ठेक्का लिएको थियो । सम्झौताको १६ सय ५० दिन अर्थात साढे चार वर्ष उक्त ठेक्काको अवधि रहेको छ । १४ अर्व ७ करोड ५९ लाख ९ हजार ३ सय १९ रुपैंया लागतको ठेक्का पाएको निर्माण कम्पनीले विभिन्न बाहना देखाउँदै काममा तदारुकता नदेखाएको आयोजनाले जनाएको छ ।
आयोजनाले जग्गा प्राप्ती, वन र सडकसँग जोडिएका समस्या समाधान गर्न सहजीकरण गरे पनि निर्माण कम्पनीले निर्माणको काम अगाडि बढाएको छैन । २०८१ असोज पछि निर्माण प्रगति शुन्यको अवस्थामा रहेको कार्कीले बताए । सात आठ सय कामदार सहित काम तिव्र गतिमा लानुपर्नेमा ३०, ३२ जना कामदार मात्र फिल्डमा काममा खटाएको आयोजनाको आरोप छ । निर्माणको कामप्रति असन्तुष्टी जनाउँदै आयोजनाले पटक पटक निर्माणमा ताकेता गरेको, पटक पटक छलफल गरेको भए पनि काम अगाडी नबढेको आयोजनाले जनाएको छ ।

आयोजनाको सम्झौता अनुसारको फिजिकल प्रगति नभएपछि आयोजनाले पेश्की रकम फिर्ता गराउने र सम्झौता तोड्ने विषयमा छलफल अगाडि बढाएको छ । तथापी निकास निस्केको छैन । राष्ट्रिय गौरवको आयोजना भएको र काम समयमा हुन नसकेकाले आयोजनालाई पनि समस्या परेको छ ।

सुनकोशी नदीमा करिब ३० मिटर अग्लो र १ सय ५८ मिटर लामो बाँध निर्माण भएपछि १३.३ किलोमिटर लम्बाइको सुरुङ मार्फत कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिण खोलामा पानी खसालिने गरि निर्माण सुरु भएको आयोजनाको काम सुस्त भएपछि सबैको चासो बढेको छ । सुनकोशीमा ६६.२९ मिटर हेटेडबाट पानी झारेर ३१.०७ मेघावाट विद्युत् उत्पादन गरिने आयोजनाको लक्ष छ । अहिलेसम्म १५ अर्ब ९७ करोड बजेट खर्च हुँदा समग्र आयोजनाको भौतिक प्रगति भने ३५ प्रतिशत मात्र भएको छ ।

 

यता निर्माण कम्पनी पटेल रमण जेभिका प्रोपाईटर रमण महतोले आयोजना कार्यालयले निर्माणको काम अगाडि बढाउन सहयोग नगरेको बताए । उनले गत असोजको बाढीका कारण लामो समय काम अवरुद्ध भएकाले पनि समस्या सृजना भएको बताए । बाढीले ६ महिनाको स्टक निर्माण सामग्री सहित ४० करोडको क्षती गरेकाले पनि समयमा काम गर्न र भौतिक प्रगति देखाउन नसकिएको बताए ।
महतोले विपी राजमार्गमा हेभि मेसिनरी इक्युपमेन्ट लान १६ महिनामा अनुमती पाएको, बाढीका कारण खुर्कोटको पुल र विपी राजमार्गमा भएको क्षतिले दुई महिना काम रोक्नु परेको, पावर हाउसमा साईड समयमा नपाएको, आयोजनाबाट सहजीकरण नभएको, लोडसेडिङको समस्या, दक्ष, अदक्ष मेनपावरको समस्या लगाएतका कारणले काम ढिलो भएको बताए ।

महतोले निर्माणका लागि लिएको पेश्की रकम लगानी भईसकेको र गत असोजदेखि आयोजना कार्यालयले भुक्तानी नदिएको दावी गरे । उनले आयोजनाले प्रगति थोरै देखाएर काम नभएको भने पनि फिल्डमा १५ प्रतिशत काम भईसकेको दावी समेत गरेका छन ।

विपी राजमार्गको डाईभर्सन दुरी घटाउने गरी अनुमति नपाएको पनि उनले बताएका छन । सम्झौता र स्टमेट अनुसार ३ किलोमिटर विपी राजमार्ग डाईभर्सन गर्नुपर्ने अवस्था छ तर निर्माण कम्पनीले त्यसको दुरी परिमार्जन गर्न चाहेको भए पनि स्वीकृती नपाएको जनाएको छ ।
यो आयोजनाबाट ३१.०७ मेघावाट विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने सरकारको लक्ष छ ।

सुरुङको ‘ब्रेक थ्रु’ २२ महिनाभित्र गर्ने लक्ष्य सरकारको थियो । सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिनबाट १८ महिनामा ०८१ वैशाख २६ मा सुरुङ निर्माणको काम सकेको थियो । अहिले सुरुङ फिनिसिङको सबै काम सकिएको छ ।

रमण–पटेल जेभीले सुनकोशी आयोजनाको हेडवक्र्स, मेकानिकल र सिभिल लगायतको संरचना निर्माणको लागि अनुमानित लागतभन्दा ३२ प्रतिशत कम रकम कबोल गरेर ठेक्का हात पारे पनि पावर हाउसको काम शुन्य देखिन्छ । हेडवक्र्सको जमिन मुनीको केहि काम भएको भए पनि अन्य कुनै काम हुन सकेको देखिदैन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

लैंगिक हिंसा सम्बन्धि सचेतना जगाउन कचहरी नाटक

Next Post

लेखा समूहद्वारा तेजबहादुरको उपचारमा सहयोग

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied