सिन्धुली । मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा मरिण बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) को प्यानल नै विजयी भएको छ । अनेरास्ववियु र नेविसंघको गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारीको प्यानलै विजयी भएको हो ।
क्याम्पसको स्ववियू अध्यक्षमा क्रान्तिकारीका विशेष राईको प्यानल निर्वाचित भएको हो । राईले ११० मत ल्याएका छन् भने नेविसंघ र अनेरास्ववियुको गठबन्धनबाट उमेदवार बनेका दीपेश मैनालीले ५६ मत प्राप्त गरेका छन । कुल १८५ मतदाता १८५ रहेको मरिण बहुमुखी क्याम्पसमा १६७ मत खसेको थियो ।
सचिवमा डम्बर कुमारी मास्के निर्वाचित भएकी छिन् भने कोषाध्यक्ष आइसीमाया तामाङ निर्वाचित भएकी छिन । यस्तै सदस्यमा तुलसा आले, रदिप बराइली र रुजिता माझी विजयी भएका छन ।





















