सिन्धुली । दुधौलीको कमला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका टेक प्रसाद लुइँटेल (विवेक) विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचनबाट उनी सभापतिमा निर्वाचित भएका हुन । उनले १२१ मत प्राप्त गरि निर्वाचित भए । उनले नेविसंघका सुशिल कुमार कपाडीलाई पराजित गरेका हुन ।
यसैगरि सचिवमा अनेरास्ववियुकी प्रमीला पोखरेल र कोषाध्यक्षमा नेविसंघकी जमुना कार्की निर्वाचित भएका छन् । यस्तै सदस्यमा दीपिका कुमँर, सुस्मा थापा मगर, सविता ढुङ्गाना र दोजबहादुर थापा विजयी भएका छन् ।
कमलामा बहुमुखी क्याम्पसमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले एकल प्रतिस्पर्धा गरेका थिए । निर्वाचन समितिका अनुसार ४६८ मतदाता रहेकोमा २९० मत खसेको थियो ।





















