• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अपाङ्गता भएका महिलाको राजनीतिक अधिकार र अवस्था

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन २४, २०८१
in Featured, Opinion, Province 3, Society
0

Share via:

56 Shares
  • Facebook 56
  • Twitter
  • LinkedIn
  • More
  • दिल कुमारी देवकोटा (दिपा)

अपाङ्गता भन्नाले कुनै व्यक्ति शारीरिक, मानसिक, बौद्धिक वा संवेगात्मक क्षमतामा दीर्घकालीन हानि भएको अवस्था बुझिन्छ । जसले उसलाई दैनिक जीवनका क्रियाकलाप वा समाजमा सहभागिता जनाउन कठिन बनाउँछ ।
अहिले अपाङ्गतालाई १० वर्गमा वर्गिकरण गरेर हेर्ने सकिन्छ ।

नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार, देशको कुल जनसंख्याको २.२ प्रतिशत अपाङ्गता भएका व्यक्तिको संख्या रहेको छ भने जसमा महिलाहरूको प्रतिशत २.० रहेको छ ।

दिल कुमारी देवकोटा (दिपा)

आजको समयमा आईपुग्दा अपाङ्गता भएका महिलाहरूको राजनीतिक अधिकार महत्वपूर्ण विषय हो, किनभने उनीहरूले समाजमा दोहोरो रूपमा विभेदको सामना गर्नुपरेको हुन्छ । पहिलो, महिलाका रूपमा र दोस्रो, अपाङ्गता भएका महिलाको रूपमा ।

नेपालको संविधान २०७२ ले समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ। संविधान अनुसार, अपाङ्गता भएका व्यक्तिहरू, विशेष गरी महिलाहरू, राजनीतिक अवसरमा समान पहुँच पाउन योग्य छन् संविधानको धारा ३८ मावहिलाका हक र सबै महिलाहरूलाई समान अवसर, सहभागिता, र सामाजिक न्यायको प्रत्याभूति गरेको छ । त्यसैगरी संविधानको धारा ४२ मा समावेशी प्रतिनिधित्व अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यका निकायहरूमा उचित प्रतिनिधित्व र निर्वाचन ऐन, २०७४ मा दलहरूले समानुपातिक प्रणाली मार्फत अपाङ्गता भएका महिलाहरूलाई उम्मेदवार बनाउनुपर्ने प्रावधान समेत रहेको छ ।

तर समाजले अपाङ्गता भएका महिलाहरूलाई विश्वास गर्ने अवस्था भने छैन । अपाङ्गता भएका महिलाहरूलाई राजनीतिक पहुँचको कमी उम्मेदवार बन्ने अवसर कम दिइन्छ । सामाजिक तथा पारिवारिक पूर्वाग्रह परिवार, समाज, र राजनीतिक दलहरू स्वयं उनीहरूको नेतृत्व क्षमतामा विश्वास नगर्ने प्रवृत्ति रहेको छ । अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्रहरू, संसद् भवनहरू, र भौतिक तथा सूचना पहुँच अभाव र संसद भवनहरु राजनीतिक कार्यक्रममा सहज पहुँच समेत छैन । यस्ता कारण पनि अपाङ्गता भएका महिलाहरू राजनीतिक धारको अग्रपंतिमा आउन सकेका छैनन् ।

नेपालको संविधानले अपाङ्गता भएका महिलाहरूको समान अधिकार सुनिश्चित गरे पनि व्यवहारमा भने अझै पहुँच कम छ । राजनीतिक दलहरूले उनीहरूलाई नेतृत्व दिनका लागि सक्रिय रूपमा अघि नबढाउने प्रवृत्ति निर्वाचनमा मतदान गर्नेदेखि उम्मेदवार बन्ने अवसर समेत कम छ । किनकी आज पनि अपाङ्गता भएका महिलालाई अझै पनि सहानुभूतिका पात्रका रूपमा मात्र हेरिने प्रवृत्ति छ । र अपाङ्गता भएका महिलाको नेतृत्वलाई विश्वास नगरिएको अवस्था पनि अपाङ्गता भएका महिलालाई पनि राजनीतिक मुल धारमा ल्याई योगदान पु¥याउन सक्छन भनि स्वीकार गरिदैन ।

म आफै पनि अपाङ्गता भएको महिला हुँ, मेरो अपाङ्गता “स्पाइनल बिफिडा शारीरिक अपाङ्गता हो । सामान्यतया मलाई पनि दैनिकी क्रियाकलापमा केही कठिनाइ पक्कै हुन्छ तर अवस्था अनुरुपको भौतिक संरचना भएको खण्डमा मलाई सहजता पनि पक्कै हुनेछ । म आफू पनि कुनै दलमा आस्था राख्दछु र राजनीतिक मुलधारमा आफुलाई विस्तारै समायोजन पनि गर्दैछु ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

म मा इच्छा, चाहना, बौद्धिकता र म योग्य पनि छु राजनीतिक धरोहरमा तल्लिन हुन् तर कहिलेकाहीँ म आफैलाई प्रश्न पनि गर्छु, ताकी राजनीति भन्ने बित्तिकै मैले महसुस गरेको मानिसहरु भिड्भाडमा होमिन पर्ने जनमानसको घर दैलोमा पुग्न पर्ने अनि चर्को कोलाहलमय वातावरणमा समर्पित हुनुपर्ने आर्थिक रुपमा सक्षम समेत हुनुपर्ने जस्ता गतिविधि देखिईरहँदा अनि आफै अलमलित हुन्छु । यस्ता प्रविधिले गर्दा अपाङ्गता भयकै कारण अनि के मैले राजनीतिक यात्रामा पछि धकेलिन्छु की भन्ने लाग्छ ।

अपाङ्गता मेरो अवस्था हो, कमजोरी हैन, म कमजोर छैन । अपाङ्गता भएकै कारण मैले पनि दुःख खेप्नु नपरेको छैन भन्न सक्दिन । मानिसहरूले मेरो अपाङ्गतालाई मात्रै मुल्यांकन गरेको पाउँछु । तर म मा रहेको उर्जा र योग्यताको कमै मुल्यांकन गरिन्छ । मेरो अपाङ्गतालाई प्रहार गर्दै भनिन्छ कहिन कतै तिमी यस्तो छौ तिमीले यसोतेसो गर्न सक्दिनौ भन्दै मेरो अपाङ्गतालाई विन्दु बनाइ मलाई पन्छयाउन खोजिन्छ । दया देखाय जस्तो गर्ने तर अवसरमा प्रतिवद्ध लगाउने खालको क्रियाकलाप मैले पनि खेपेको छु ।

तर यो बुझिदैनन् की सहज वातावरण र अनुकुलमैत्री संरचना हुँदा म सबै कुरा गर्न सक्छु भन्ने हामी खाली समस्यालाई मात्र देख्छौं र बढाउछौं । तर समाधान के त भन्नेतिर जाँदैनौं । अपाङ्गता भएकै कारण म पनि कहिँ न कतै राजनीतिक यात्रामा अविश्वासको पात्र बन्न पुगेको छु ।

यो कल्पना मैले गरेकी मात्रै हैन । हाम्रो समाजमा यहि नै देखिएको छ अहिलेको परिवेशको राजनीतिमा । तर मानिस जति नै शिक्षित किन नहुन अपाङ्गता भएका महिलालाई हेर्ने नजर अहिले पनि जिउँको तिउँ नै छ । अब यस्तो प्रवृतिलाई परिवर्तन गर्न राज्य, राजनीतिक दल र तपाई हामी नै जिम्मेवार देखिन्छौ । हामीले हाम्रो सोंच परिवर्तन गरेमा मात्र सबै कुराको परिवर्तन सम्भव छ ।

नेपालमा केही अपाङ्गता भएका महिलाहरूले पनि राजनीतिक क्षेत्रमा प्रगति गरिरहेका छन्, नगरेको भन्न पनि मिल्दैन तर यस्ता संख्या अझै न्यून रुपमा नै छन । महिला झन त्यसमा पनि अपाङ्गता भएका महिलाहरुको अवस्था निकै चुनौतीपूर्ण छ । उनीहरूलाई लैंगिक भेदभाव र अपाङ्गताको दोहोरो असर बेहोर्नुपर्छ । जसका कारण शिक्षा, स्वास्थ्य, रोजगारी, र राजनीतिक सहभागितामा सीमितता देखिन्छ, राजनीतिक प्रक्रिया महँगो भएकोले आर्थिक स्थिति कमजोर भएका अपाङ्गता महिलाहरु आर्थिक अवस्था कमजोरी कै कारण राजनीतिको मूलधारमा आउन निक्कै चुनौतीपुर्ण रहेको हो । पछिल्लो समय राजनीतिमा टिक्न आर्थिक रूपमा सशक्त हुनुपर्ने हुन्छ, जुन अपांगता भएका महिलालाई चुनौतीपूर्ण छ । यस्ता कारणले गर्दा पनि अपाङ्गता भएका महिलाहरू राजनीतिक यात्रामा अगाडि आउन असमर्थन छन् ।

नेपालमा संविधानतः र कानुनी रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई आरक्षणको व्यवस्था गरिएको छ । राजनीतिक दलहरूले समेत उनीहरूलाई अवसर प्रदान गर्नुपर्ने बाध्यता छ । अपाङ्गता भएका महिलाको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्ने यसरि अपाङ्गता भएका ब्यक्तिलाई प्राथमिकतामा राखेर पहुँचयुक्त समावेशी गराएमा पक्कै पनि राजनीतिमा अवसर दिन सकिन्छ । तर अपाङ्गता भएका महिलाहरूलाई राजनीतिक परिवेशमा ल्याउन केहि आमुल परिवर्तन गर्नुपर्ने हैन हामीले आफ्नो ठाउँबाट जस्तो प्रयास गर्न सक्छौं तेसरी नै गर्दै जाने हो । जस्तो की, सशक्त कानुनी व्यवस्था, सामाजिक समर्थन र अवसरको विस्तार भएमा अपाङ्गता भएका महिलाहरूको राजनीतिक सहभागिता थप प्रभावकारी बन्न सक्छ ।

अपाङ्गता भएका महिलाहरुलाई राजनीतिक मुलधारमा ल्याउनको लागि नेपालमा अपाङ्गता भएका महिलाहरूको अवस्था सुधारका लागि कानुनी रूपमा केही पहल भए पनि व्यवहारिक रूपमा अझै धेरै गर्नुपर्ने आवश्यकता छ । सशक्त नीतिगत कार्यान्वयन, जनचेतना, र समावेशी विकासले मात्र उनीहरूको अवस्था सुधार गर्न सकिन्छ ।

समानुपातिक तथा समावेशी प्रतिनिधित्वको कडाइका साथ कार्यान्वयन गरी राजनीतिक प्रशिक्षण तथा नेतृत्व विकास कार्यक्रमहरू संचालन गर्नुपर्ने हुन्छ । साथै अपाङ्गता भएका महिलाहरुलाई राजनीतिक प्रशिक्षण तथा नेतृत्व विकास कार्यक्रममा सहभागी गराई साक्षरता बनाउने, अपाङ्गता भएका व्यक्तिको अनुकूलताको आधारमा चुनावी प्रक्रिया जस्तै ब्रेल प्रणाली, सांकेतिक भाषा, र पहुँचयुक्त भौतिक संरचनाको उचित व्यवस्था गरी प्रत्येक राजनीतिक दलहरुमा अनिवार्य रुपमा राजनीतिक तथा सामाजिक क्षेत्रमा अपाङ्गता भएका महिलाहरूको प्रतिनिधित्व बढाउने, जनचेतना अभिवृद्धि गरेर सामाजिक भेदभाव घटाउने, अपाङ्गता भएका व्यक्तिहरूको समस्या, आवश्यकताहरू र हक अधिकारका विषयमा नीतिगत सुधार गर्न उनीहरू स्वयंको सहभागिता आवश्यक हुन्छ । यसले अपाङ्गतामैत्री कानुन, पूर्वाधार विकास, र अवसरहरू सिर्जना गर्न मद्दत गर्छ ।

नेपालमा अपाङ्गता भएका व्यक्तिहरू लामो समयसम्म सामाजिक, आर्थिक, र राजनीतिक अवसरबाट बञ्चित हुँदै आएका छन् । उनीहरूलाई राजनीतिमा समावेश गर्दा सामाजिक विभेद, बहिष्करण, र पूर्वाग्रह कम गर्ने अवसर मिल्छ ।

नेपालमा अपाङ्गता भएका महिलालाई राजनीतिमा समावेश गर्नुका मुख्य कारणहरू सामाजिक समानता, समावेशी लोकतन्त्र, र मानव अधिकारसँग सम्बन्धित छन् । लोकतन्त्र सबै नागरिकको सहभागितामा आधारित हुन्छ । कुनै पनि समूहलाई बाहिर राख्नु अन्यायपूर्ण हुन्छ । त्यसैले अपाङ्गता भएका महिलाहरूको आवाज पनि नीति निर्माणमा समेट्न आवश्यक छ । तसर्थ अपाङ्गता भएका महिलालाई राजनीतिमा समावेश गर्नु समतामूलक समाज निर्माणको महत्वपूर्ण पाइला हो । यसले उनीहरूको अधिकारको रक्षा मात्र होइन, समाजको समग्र विकासमा पनि योगदान पु¥याउँछ ।

यसबाट स्पष्ट हुन्छ की नेपालमा अपाङ्गता भएका महिलाहरूको राजनीतिक सहभागिता अझै पनि सीमित छ र यसलाई बढाउन विशेष पहल आवश्यक छ ।

राजनीतिमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिताले समाजमा सकारात्मक सन्देश दिनुको साथै उनीहरूको सफलताले अरू अपाङ्गता भएका व्यक्तिहरूलाई समेत प्रेरणा बन्न सक्छ ।
(लेखक राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय सदस्य तथा अपांगता अधिकारकर्मी हुन ।)

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तीस वर्षको संस्थागत अनुभव कार्यान्वयन गर्न मेरो उमेदवारी : राजकुमार श्रेष्ठ

Next Post

अन्तर्राष्ट्रिय महिला दिवसमा प्रभातफेरी तथा दीप प्रज्वलन

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied