सिन्धुली । विपी राजमार्गको खुर्कोट नेपालथोक खण्डको सुनकोशी गाउँपालिका वडा नं. ५ मुलकोटमा विद्युतिय गाडी दुर्घटना भएको छ । शनिबार दिउँसो भएको दुर्घटनामा परि ९ जना घाईते भएका छन ।
झापाबाट काठमान्डौ जाँदै गरेको म.प्र.०२–००१ज००६३ नम्बरको गाडी अनियन्त्रित भई सडक छेउँमा रहेको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । उनका अनुसार दुर्घटनामा परि चालक सहचालक सहित ९ जना घाईते भएका हुन ।
घाईते हुनेहरुमा चालक कमलामाई नगरपालिका ७ रामपुरका २४ वर्षिय सुजन बल, सहचालक सोहि ठाउँका १९ वर्षिय निशान तामाङ, काठमान्डौ महानगरपालिका १६ का ५२ वर्षिय विष्णुमाया लालचन, ५६ वर्षिय यमुकुमारी हिराचन, ५८ वर्षिय पदम कुमारी जुवारचन, १६ वर्षिय हास्मी जुवारचन, ३० वर्षिय हानानी जुवारचन, ६२ वर्षिय जनकलाल हिराचन, ५६ वर्षिय शक्तिलाल जुवारचन रहेका छन ।
घाईतेहरुलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पतालतर्फ पठाईएको प्रहरीले जनाएको छ ।





















