सिन्धुली । सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर शुक्रबार विहान शक्तिशाली भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ बजेर ५१ मिनेट जाँदा भुइँचालो गएको हो । भूकम्पको मापन ६.१ रेक्टर स्केलको गरिएको छ ।
भूकम्पले सिन्धुली लगाएत बागमती प्रदेश, कोशी प्रदेश, मधेश प्रदेशका जिल्लाहरुमा भुकम्पको कडा धक्का महसुस गरिएको छ ।
भुकम्पका कारण सुतिरहेका मानिसहरु सडकमा निस्किएका छन । क्षतिको विवरण आउन बाँकी छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला





















