सिन्धुली । झापाबाट काठमान्डौ जाँदै गरेको विद्युतिय गाडी विपी राजमार्गको सिन्धुलीमा दुर्घटना भएको छ । दुर्घटनामा परि गाडी चालक दोलखाको गौरीशंकर गाउँपालिकाका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उनको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हो ।
विपी राजमार्ग अन्तर्गत गोलञ्जोर गाउँपालिका वडा नं. ५ ढाँडमा शुक्रबार बिहान पौने ४ बजे बा.प्र.०१–०३०च९६४२ नम्बरको नीजि गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए । उनका अनुसार दुर्घटनामा परि ५ जना घाईते भएका छन ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको छ । को समयमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको काफ्लेले जानकारी दिए । घाईतेहरुको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ । घाईते हुनेमा मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बू, इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रदशी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल रहेका छन् ।
घाईते मध्ये देवी लिम्बुको अवस्था गम्भिर रहेको काफ्लेले जानकारी दिए । उनका अनुसार गाडी अनियन्त्रित भएर राजमार्ग भन्दा ४ सय मिटर तल खसेको घटनास्थल निरिक्षणमा देखिएको छ ।




















