सिन्धुली । नेपाल बुद्धिजीवि परिषद सिन्धुलीको अध्यक्षमा शम्भु प्रसाद दाहाल निर्वाचित भएका छन । उनी दोस्रो कार्यकालका लागि शनिबार सर्वसम्मत निर्वाचित भएका हुन । सिन्धुलीमाढीमा सम्पन्न परिषदको दशौं जिल्ला अधिवेशनबाट दाहालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
जसको उपाध्यक्षमा विशाल पिठाकोटे, सचिवमा लक्ष्मण हायु, सहसचिवमा नवराज काफ्ले र कोषाध्यक्षमा बल बहादुर भुजेल निर्वाचित भएका छन । यस्तै सदस्यमा दिल बहादुर कटुवाल, नारायण नेपाल, सुरेश बस्नेत, रोशनराज देवकोटा, भुवन कुमार चौलागाई, सुवास ठाडा, शैलेन्द्र घिमिरे, रेवती देवकोटा र यादवनाथ चौलागाई निर्वाचित भएका छन ।
अधिवेशनको उद्घाटन बुद्धिजीवि परिषद सिन्धुलीका अध्यक्ष शम्भु प्रसाद दाहालको अध्यक्षता एवम् नेपाल बुद्धिजीवि परिषद केन्द्रीय महासचिव गजेन्द्र थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा शम्भु प्रसाद दाहालले समृद्ध सिन्धुलीको आधार विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डे, कमलामाई नगरपालिकाका पूर्व मेयर खड्ग बहादुर खत्री र डा. हरि प्रसाद पोखरेलले टिप्पणी तथा सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा परिषदका बुद्धिजीवि परिषदका केन्द्रीय महासचिव गजेन्द्र थपलिया, नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मनोजजंग थापा, बुद्धिजीवि परिषदका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सुरेश फुँयाल, बुद्धिजीवि परिषदका प्रदेश कमिटी उपाध्यक्ष गोविन्द चौलागाई, नेकपा एमालेका सचिव नवराज थिङ, नेकपा एमालेका सचिवालय सदस्य एवम् बुद्धिजीवि परिषदका इन्चार्ज रितेश राउत, बुद्धिजीवि परिषद सिन्धुलीका पूर्व अध्यक्ष अर्जुन बराल लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा परिषदका उपाध्यक्ष रोहित कुमार कार्कीले स्वागत गरेका थिए ।





















