
- महेन्द्र श्रेष्ठ
गरेनौ समझना, भुल्यौ चटक्कै अनि लगायौ भोटे ताल्चा
आउ खोल्नलाई लगाएको भोटे ताल्चा फर्क सुन्दर गाउँ
आउ रमाउ सोच्छ् हावामा खेल सुन्दर प्रकृतिसँग
देखाउ तिम्रो बच्चाहरुलाई तिमीले हिड्न सिकेका ठाउँहरु
बाचा गर अनि भन छोड्ने छैन अब कहिलै
बगाउने छु पसिना एहि माटोमा..
सुनाउनेछु संघर्षका कथाहरु
गाउँका छुट्टै ब्याथाहरु
सुन्ने छु बुढा पाकाहरुका कुरा
साट्नेछौ सुख अनि दुःख
हुनेछन खुसी बुढा आमा बुवाहरु
लाग्नेछ आशिष आउनेछन सम्झना
फर्की आउ तिम्रो सुन्दर गाउँ
सम्झाउन पुराना यादहरु
तिमीलाई म फेरि भेट्ने छु ।
तिमीले पिउने चियाको चुस्कीसँगै
स्वाद बनेर
तिमीलाई म फेरि भेट्ने छु ।
मलाई छोएर गएको त्यो हावाको वेगसँगै
स्र्पश बनेर
तिमीलाई म फेरि भेट्ने छु ।
इन्स्टाको मेरो हरेक पोस्टमा आउने
नोटिफिकेसन बनेर
तिमी र मबिचको दूरीको एउटा पातलो
किनारा बनेर
तिमीलाई म फेरि भेट्ने छु ।
जाऊ रङ्गाऊ आफ्नो संसार
जाऊ आजाद गरिदिएँ
तिमीलाई
तर
तिमीलाई म फेरि भेट्ने छु
तिम्रो प्रियतमको ओठको
गुलाबी रङ बनेर
तिम्रो भविष्यको मुहारको
एक धर्सा मुस्कान बनेर
र तिमीलाई म फेरि भेट्ने छु
ती प्रियहरुको आखाँमा छचल्केर
जब जीवनको उत्तरार्द्धमा
यादहरुको पाना पल्टाउँदै गर्दा
तिम्रो मिठो इतिहास बनेर
तिमीलाई म फेरि भेट्ने
दोलखा




















