सिन्धुली । असोज १२ गते परेको अविरल बर्षाका कारण वाग्मती नदीमा आएको बाढीले डुबानमा परेका बाढी प्रभावितहरुलाई राष्ट्रिय युवा संघ नेपालले आइतबार राहत वितरण गरेको छ ।
हरिहरपुरगढी गाउँपालिकाको बस्तिपुर, कुडुले, घन्टेमाढी साँढे, बनौली बस्तिका विपत् परिवारका ५० घरधुरीलाई खाद्यान्न राहत वितरण गरेको युवा संघ सिन्धुलीले जनाएको छ । राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठ, नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको नेतृत्वमा राहत वितरण गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीको समन्वयमा बाढी पीडितलाई राहत वितरण गरिएको राष्ट्रिय युवा संघ सिन्धुलीका अध्यक्ष अरुण पाख्रिनले बताए । उनका अनुसार प्रति परिवार २५ किलो चामल, १ लिटर सुर्यमुखी तेल, १ किलो आयोडिन नुन र १ पोका स्वाइबिन वितरण गरिएको छ




















