सिन्धुली । बाढी पहिरोका कारण जिल्लाका चार स्थानीय तह अति प्रभावित भएपछि नेकपा एमाले सिन्धुलीले पार्टीका दशैं तिहार लक्षित शुभकामना आदान प्रदान कार्यक्रम र पूर्व निर्धारित पार्टीका सबै कार्यक्रम स्थगित गरेको छ ।
नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले सूचना जारी गर्दै मातहतका सम्पूर्ण कमिटीका पूर्व निर्धारित कार्यक्रम स्थगित गरि बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनस्र्थापनामा सहयोग गर्न अनुरोध समेत गरेका हुन ।
पार्टीको केन्द्रीय निर्देशन अनुसार कार्यक्रम स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ ।





















