• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

खुर्कोटबाट स्थलगत रिपोर्ट : इतिहासकै ठूलो बाढी, अत्यधिक क्षति

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १५, २०८१
in Featured, Life, News, Province 3
0

Share via:

140 Shares
  • Facebook 140
  • Twitter
  • LinkedIn
  • More

खुर्कोट, सिन्धुली । असोज १२ गते विहान ११ बजे सुनकोशीमा आएको बाढीले गोलञ्जोर ७ खुर्कोटका ६१ वर्षिय बालकृष्ण श्रेष्ठको खुर्कोट मन्थली जोड्ने पक्कि पुलको नजिकै भएको घरमा रहेको गोदाम र आफु बस्ने घर डुवायो । घरको माथिल्लो तलासम्म बाढी पसेपछि गोदामका सामान, घरका पकाउने खाने सबै सामान नष्ट भए, कति खोलाले बगायो, कतिपय सामान पु¥यो । उनको घरका सामान गोदाम गरेर झण्डै साढे चारलाख बराबरको क्षति भयो ।

रोशी र तामाकोशीको बहाव बढेसँगै सुनकोशीको बहाव उच्च हुने भन्दै सुरक्षाकर्मीले अलर्ट गराएपछि श्रेष्ठ सहितका स्थानीयहरु बजार, घर र सामान छोडेर सुरक्षित स्थान खुर्कोटको माथिल्लो बजारतर्फ लागे । विगतका वर्षहरुमा जस्तो बाढी आउँदा विध्वंश नै गर्ने गरि आउँछ भन्ने स्थानीयहरुलाई लागेन र घर र पसलका सामान सारेनन । सुरक्षा अलर्ट अनुसार स्थानीयले ज्यान त जोगाए तर धनसम्पत्ति भने जोगाउन सकेनन ।

सुनकोशीमा अत्यधिक बाढी आएपछि सुनकोशीमा भएको पक्कि पुलमा काठहरु अड्किए । पुल थुनियो । नयाँ वस्ती र वसपार्क पुरै डुवायो । जब पुल भत्कियो बाढीले बस्तीका घर, व्यवसाय, वस्ती सबै बगायो । सामान निकाल्न चाहेकाले पनि सबै निकाल्न भ्याएनन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

श्रेष्ठले ४१ सालको बाढी पनि हेरेका छन । उनका अनुसार ४१ सालमा आएको ठूलो बाढीमा पनि बस्तीमा सामान्य पानी पसे पनि यसपालीको जस्तो ठूलो क्षति गरेको थिएन । झोलुंगे पुलको पखेटा मात्रै हल्लाएको थियो । बुढापाकाका अनुसार त्यस अघि पनि त्यति ठूलो बाढी आएको थिएन र पछि पनि आएको थिएन । रातीमा बाढी आएको भए धेरै नै मानवीय क्षति हुने उनको अनुमान छ ।

बाढीले खुर्कोट पुलचोकका गोविन्दकृष्ण श्रेष्ठको घर, मिल, माछापोखरी, गोठ, कुखुराको खोर, बाख्राको खोर सबै बगायो । घर भत्केर सबै सामान पुरिएको छ । कुनै पनि सामान निकाल्न पाएनन् । कागजपत्र पनि निकालेको ननिकालेको आंकलन गर्न सकेका छैनन ।

बाढीबाट पशुपंक्षी र मान्छे बाहेक अरु जोगिन नसकेको उनले बताए । घर पुरिएपछि नेपाली सेनाको टोलीले सामान निकाल्दै छन । बालकृष्ण, राधाकृष्ण, गोविन्दकृष्ण र प्रेम कृष्ण श्रेष्ठ एकै परिवारका चार भाई हुन । उनीहरु सबैको घरमा क्षति पुगेको छ । सबैभन्दा बढी गोविन्दकृष्ण कै क्षति छ । कति क्षति भयो त्यसको कुनै आँकलन गर्न नसकिएको उनले बताए । अहिले चार भाईको परिवार बजारमाथि रहेको प्रेम कृष्णको घरमा बसेका छन ।

उनका अनुसार नजिकै रहेको सुरज श्रेष्ठको सुहाना पानी फ्याक्ट्री पनि पुरियो । पानीको इनार पनि पुरियो । नजिकै रहेको फर्निचर उद्योगका कुनै पनि सामान र फर्निचर बाँकी रहेनन । धेरैको पसलका सटरहरु विग्रेका छन । घरभरी बालुवा, काठ र पाँको छ । कति घरहरु पूर्ण ध्वस्त छन त कतिपयमा आंशिक क्षति छ । नयाँ वस्तीका करीब ३५, ४० घरमा बाढीले क्षति पु¥याएको छ ।

यस्तै गोलञ्जोरको हैवारकी इन्दिरा माझी वसपार्क क्षेत्रमा फलफुल पसल गर्दै आएकी थिईन । वसपार्कको सुनकोशी तर्फको लाईनमा दुई वटा सटर लिएर फलफूल पसल गर्दै आएकी उनले बाढी आउँदैछ भने पनि ज्यान जोगाउन भागिन । पसलको सटर तानेर भागेकी उनले लगाएको लुगा बाहेक केहि पनि लगिनन । पैसा सामान निकालिनन । बाढीले सटर सहित सबै सामान माटोमा मिलाईदियो । रोजी रोटी घरबार सबै त्यहि भएकी उनको शरीरको लुगा बाहेक सबै सकिएको छ । पाँच जनाको परिवार पाल्ने पसल नै उनको सबैथोक थियो । ‘घरै बगाएर लान्छ जस्तो लागेन, सबै बगायो,’ उनले भनिन । उनीसँगै साना ठूला घर पसल गरेर ६० वटा भन्दा बढी व्यवसायीक संरचना थिए बसपार्कमा । अहिले सबै खण्डहर भएका छन । व्यवसायीका सामानहरु माटोमा पुरिएका छन, खोलाले बगाएका छन । क्षतिको एकीन तथ्यांक अहिलेसम्म आएको छैन ।

शुक्रबार र शनिबार सुनकोशी र रोशीमा आएको बाढीले खुर्कोट सहित सुनकोशी गढतिरका दर्जनौं वस्तीहरुमा क्षति पु¥यायो । ति वस्तीमध्ये सुनकोशीको छेउँमै रहेको खुर्कोट बजारका सय भन्दा बढी घर तथा व्यवसायहरु बाढीले बगायो । खुर्कोट रामेछाप जोड्ने पक्कि पुल र झोलुंगे पुल दुवै बगायो । पुलचोक र बसपार्क क्षेत्रका सार्वजनिक संरचना तथा नीजि संरचनाहरुमा अपूर्णनिय क्षति भयो ।
बस्ती र बजार नै खण्डहर हुने गरि बाढीले क्षति गर्दा अरबौंको क्षति भएको छ । नेपाल सरकारका दश वटा नयाँ शहर मध्येको खुर्कोटको एक क्षेत्रका भौतिक संरचनाहरु पूर्ण रुपमा ध्वस्त भएका छन । नयाँ शहर योजनामा बनेका हेलिप्याड, रंगशाला लगाएतका संरचनाहरु पूर्ण रुपमा ध्वस्त भएका छन । यो सँगै सशस्त्र वेश क्याम्पमा पूर्ण क्षति भएको छ । इलाका प्रहरी कार्यालयको भवनमा समेत पानी र लेदो पसेको छ । खुर्कोटदेखि कानढुंग्री परसम्मको विपी राजमार्ग चिरा चिरा परेको छ भासिएको छ । सुनकोशीले सडकको वेशमा खोलीरहेको छ । राजमार्ग जोखिममा परेको छ । राजमार्ग भासिएपछि बनाईएको डाईभर्सन पनि सुरक्षित छैन ।

यस्तै बाढीले गोलञ्जोर गाउँपालिकाका बलेनी, हैवार, मुर्गिवेशी, ग्वालटार लगाएतका विभिन्न स्थानमा भौतिक क्षति गरेको छ । घर, वस्ती, खेतियोग्य जमिन, सडक सबैतिर क्षति छ । खानेपानीका आयोजनाहरु ध्वस्त हुँदा पानीको समस्या समेत पर्न थालेको छ । सुनकोशीको बाढीले फिक्कलको गढतिर क्षेत्र पनि प्रभावित छ । सुनकोशीका पाँचवटा झोलुंगेपुलमा क्षति छ । सुनकोशीको मुलकोट पूर्ण रुपमा ध्वस्त छ । विद्यालय, होटलहरु सहितका भौतिक संरचनाहरुमा बाढीले क्षति पुराएको छ । यो व्यवसायीक क्षेत्र भएकाले आर्थिक क्षति अध्यधिक छ । जहाँ अरवौंको आर्थिक क्षति भएको छ । रोशीले दुम्जा, नेपालथोक क्षेत्रमा ठूलो क्षति गरेको छ । घरहरु कति क्षति भए, कति खेतियोग्य जमिन कटान भयो ? यसको आँकलन गर्न सकिएको छैन । उद्धारको काम भईरहेको छ । विपी राजमार्गमा पहिरो र हिलो पन्छाउने काम भईरहेको छ । पहिरो र बाढीका कारण अलपत्र परेका ५ सय बढीको हेलिकप्टर र स्थलगत उद्धार गरिरहेको छ । राहतका काम अगाडि बढेका छैनन । अब तथ्यांक संकलन, राहतका काम अगाडि बढाईने छ ।

अहिलेसम्मकै ठूलो बाढी : प्रवक्ता थापा
गोलञ्जोर गाउँपालिका वडा नं. ७ का अध्यक्ष रेगनराज थापा खुर्कोटका स्थानीय बासिन्दा पनि हुन । उनी गोलञ्जोर गाउँपालिकाका प्रवक्ता पनि । उनका अनुसार सुनकोशीमा इतिहासकै ठूलो बाढी आएको हो । बुढापाकालाई उद्दृत गर्दै उनले भने, ‘कहिले पनि यति ठूलो बाढी आएको थिएन ।’ २०४१ सालको भन्दा यो पटक १५ फिट माथि पानीको सतह बढेर आएको पनि उनले बताए ।

उनका अनुसार २०७६ सालमा जुरे पहिरोले भोटेकोशी थुन्दा पनि बाढीले बसपार्क क्षेत्रको बजार भेटेन । जुरे पहिरोको बेलामा सबै वस्ती र सामान उठाईयो तर बाढी नै बजारमा उक्लेन । २०४१ सालमा सामान्य क्षति मात्र भएको थियो । ठूलो बाढी आउँदा पनि सामान्य पानी बाहेक नपसेको बसपार्क यो पटक सबै संरचना सहित बगायो । पहिले आउने स्थान भन्दा माथि १२, १५ फिट पानी उक्लियो । बाढीको इतिहास हेर्दा कोशीले बगाउँदैन भनेर पसलका सामानहरु सार्न ध्यान दिएनौं । मान्छेलाई मात्र हटायौं । सबै बगायो ।

बाढीको उच्च क्षतिको आँकलन नभएकाले नै बसपार्क क्षेत्रमा धेरै संरचना सहितको बजार बसालिएको उनले बताए । बसपार्क क्षेत्रमा भिमज्योति क्याम्पसले सञ्चालन गरेका सटरहरु थिए । होटल, पसल रहेका थिए । पचास वटा भन्दा बढी व्यवसाय सञ्चालनमा रहेका थिए । सशस्त्र वेश क्याम्प, जेसिवी स्वरुम, मदिराको डिलर, तल्लो क्षेत्रका घरहरु अवशेष मात्र छन भने भिमज्योति क्याम्पसले सञ्चालन गरेका १४ वटा सटर पूर्ण रुपमा क्षति भएका छन । नयाँ शहर आयोजना खुर्कोटले निर्माण गरेको रंगशाला खेल मैदान पूर्ण रुपमा क्षति भएको छ । हेलिप्याड, लिफ्ट गरिएको खानेपानी, खानेपानीको फ्याक्ट्री, फर्निचर पूर्ण रुपमा क्षति भएको छ । एकसय भन्दा बढी घरहरु क्षति भएका छन । पक्कि घरहरुमा समेत क्षति पुगेको छ । उनका अनुसार क्षतिको विवरण संकलन हुँदैछ । छिट्टै पूर्ण विवरण आउने छ । क्षतिको विवरण संकलनसँगै बाढीले ध्वस्त बनाएका संरचना पन्छाउने काम समेत सुरु गरिएको उनले बताए । स्थानीय बाहेकका बाहिरबाट आएर व्यवसाय सञ्चालन गरेकाहरुलाई सुरक्षित रुपमा मेस चलाएर राखेका छौं । उनीहरुको अस्थायी व्यवस्थापन समेत गरेका छौं ।

राहत र पुनस्र्थापनामा कुनै कसर राख्दैनौं : न्यौपाने
गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले गाउँपालिका भित्रका बाढी पीडितलाई राहत दिन र पुनस्र्थापनामा गाउँपालिकाले कुनै पनि कसर बाँकी नराख्ने बताए । उनका अनुसार गाउँपालिकाका सबै क्षेत्रमा जनप्रतिनिधिहरु, कर्मचारीहरु जनजीवन सहज बनाउन खटिएको समेत बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा यथाशिघ्र सञ्चालन गर्ने विपद व्यवस्थापन समितिको निर्णय

Next Post

मध्यपहाडी राजमार्गमा पहिरो पन्छ्याइँदै, विपी राजमार्गमा डाईभर्सनको काम सुरु

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied