सिन्धुली । पौडी खेल्ने क्रममा मरिण खोलामा डुबेर बुधबार एक जनाको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका वडा नं. २, मरिण खोलामा पौडी खेल्न गएका गोलञ्जोर गाउँपालिका वडा नं. ५ घर भई कनपा ६ पानीट्यांकी बस्ने १९ वर्षिय लाल बहादुर खपांगीको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उनी साथीहरुसँग पौडी खेल्न गएका थिए । डुवेर मृत्यु भएका खपांगीको शव स्थानीयको सहयोगमा प्रहरीले मरिण खोलाको दह मुनी फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।
उनका अनुसार शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा ल्याईएको छ ।




















