सिन्धुली । तीनवटा राजमार्ग सञ्चालनमा रहेको सिन्धुलीमा यात्रु सहायता कक्षा स्थापना गर्न छलफल गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सर्वपक्षिय छलफलको आयोजना गरेको हो ।
दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि विपी राजमार्ग, मध्यपहाडी राजमार्ग र मदनभण्डारी राजमार्ग हुदै यात्रा गर्ने यात्रुहरुलाई सहज बनाउनका लागि यात्रु सहायता कक्ष निर्माण गर्न छलफल गरिएको हो ।
यात्रुहरुको सहजता र सुरक्षित यात्राको लागि यात्रु सहायता कक्ष निर्माणका लागि सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिहरुसँग छलफल तथा अन्तत्र्रिmया गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।
उनका अनुसार प्राप्त सुझावलाई मध्यनजर गरि आवश्यकता अनुसार तत्कालै यात्रु सहायता कक्ष स्थापना गरिने उनले बताए ।





















