सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ लाई शनिबार वालमैत्री वडा घोषणा गरिएको छ । कमलामाई नगरपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम समेत रहेको यो वडालाई प्रतिनिधिसभा सदस्य श्यामकुमार घिमिरेले बालमैत्री स्थानीय शासन घोषणा सभामा वडालाई बालमैत्री वडा घोषणा गरेका हुन ।
बालमैत्री स्थानीय शासनका ५१ वटा सूचक पूरा गरि ६० औं राष्ट्रिय बाल दिवसको सन्दर्भमा वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।
वडालाई सम्पूर्ण सूचक पूरा गरेपछि अनुगमन गरि जिल्ला समन्वय समितिले घोषणाका लागि अनुमति दिए पछि बालमैत्री घोषणा गर्ने प्रावधान रहेको छ ।
कार्यक्रमका अवसरमा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीले वडा अध्यक्ष उज्वल थापालाई स्वीकृति पत्र प्रदान गरिन । कनपा ६ का अध्यक्ष उज्वल थापाको अध्यक्षता एवम् प्रतिनिधिसभा सदस्य श्याम घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल, उपप्रमुख मञ्जु देवकोटा सहितका जनप्रतिनिधि, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुयाँल, सुरक्षा प्रमुखहरु, कर्मचारीहरु, विद्यार्थीहरु, शिक्षकहरु, विभिन्न सामुदायिक संस्थाहरु, बालक्लबहरु लगाएतको सहभागितामा वडालाई वालमैत्री वडा घोषणा गरिएको हो ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन वडा घोषणा कार्यक्रममा बोल्ने वक्ताहरुले घोषणालाई दिगो बनाउन चुनौती रहेको बताएका छन ।






















