सिन्धुली । प्रहरीले मंगलबार हरिहरपुरगढी गाउँपालिका वडा नं. ८ ढाँडखोलामा गाँजाको वेर्ना नष्ट गरेको छ ।
लागु औषध दुव्र्यसन न्युनिकरण अभियान अन्तर्गत प्रहरीले उक्त स्थानमा लगाएको एक कठ्ठा बराबरको जग्गाको गाँजाको व्याड, वेर्ना नष्ट गरेको हो ।
प्रहरी चौकी क्यानेश्वरबाट गस्तीमा गएको प्रहरी टोलीले गाँजाको व्याड देखेपछि विरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला





















