
सिन्धुली । लागु औषध सेवन गरि सवारी चलाउने तीन जना सवारी चालकलाई प्रहरीले कारवाहिको दायरामा ल्याएको छ ।
बुधबार विपी राजमार्गको खुर्कोट सिन्धुली सडक खण्डमा चल्ने सवारी साधानमा चेकजाँच गर्दा तीन जना सवारी चालकले लागु औषध सेवन गरेको पाईएपछि कारवाहिको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बुधबार दिउँसो र राती गरि ७० जना चालकहरुको लागु पदार्थ सेवन परिक्षण गर्दा ३ जनाले लागु पदार्थ सेवन गरेको पाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
म.प्र.०३–००१ज३९८ नम्बरको इभि भ्यानको चालक, वा२८च ९१९५ नम्बरको बोलेरो चालक र ना५ट७८६४ नम्बरको ट्याक्टरको चालक गरि तीन जनालाई पक्राउ गरि कारवाहिको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।
लागु पदार्थ जाँच गर्दा पोजेटिभ रिपोर्ट आएपछि उनीहरुलाई लागु औषध नियन्त्रण ऐन बमोजिम कारवाहीको लागि नियन्त्रणमा लिईएको एसपी काफ्लेले बताए । उनले लागु पदार्थ तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन समेत चालकहरुलाई अनुरोध समेत गरेका छन ।




















