सिन्धुली । विपी राजमार्गमा निर्माणाधिन रहेको पुलको जगमा लडेर शनिबार विहान एक जना घाईते भएका छन । सुनकोशी गाउँपालिका वडा नं. २ आँपघारीको घ्याम्पेखोलामा बन्दै गरेको पुलमा हात्तिपाईले हाल्ने बेलामा लडेर खाल्डोमा झरी एक जना कामदार गम्भिर घाईते भएका हुन ।
इलामको म्याङसेवुङ ४ का ३२ वर्षिय विपिन राई लडेर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताएका छन ।
उनका अनुसार घाईतेलाई उपचारका लागि धुलिखेल लगिएको र घाईते खतरामुक्त रहेको खबर प्राप्त भएको छ ।





















