सिन्धुली । ऐतिहासिक सिन्धुलीगढीमा इलेक्ट्रानिक दुरविन जडान गरिएको छ । कमलामाई नगरपालिकाको ६ लाख ४२ हजार लागतमा दुरविन जडान गरिएको हो ।
सानो गढीमा उक्त दुरविन राखिएको छ । विहिबार दुरविन जडान कार्य सुरु गरिएको छ । तत्कालै जडानको काम सकि दुरविनबाट दृष्यावलोकन गर्न सुरु गरिने कमलामाई नगरपालिकाले जनाएको छ ।
सिन्धुलीगढीबाट हिमालको दृष्यावलोकन तथा तराईको समथर भुभागको दृष्यावलोकनका लागि दुरविन जडान गरिएको कमलामाई नगरपालिकाका अधिकृत सागर कुमार ढकालले बताए । दुरविन जडानपछि सिन्धुलीगढीबाट गौरीशंकर हिमशृंखला नजिकबाट नियाल्न सकिने भएको हो ।
सिन्धुलीगढीमा पर्यटक बढाउनका लागि दुरविनको दृष्यावलोकन थप प्रभावकारी बन्ने कमलामाई नगरपालिकाले जनाएको छ । दुरविनको क्षमता २५*१००० इकाई रहेको ढकालले बताएका छन ।





















