• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, June 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

ढाका व्यवसायमा स्थापित बेलिमाया

बिमला पाण्डे by बिमला पाण्डे
साउन २१, २०८०
in Business, Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । बेलीमाया गिनेल (३४) सिन्धुलीकी सफल ढाका उद्यमी तथा प्रशिक्षक हुन । उनले जिल्लाभरीका ढाका बुन्ने महिलाहरुको नेतृत्व गरिरहेकी छिन । सामान्य लेखपढ मात्र भएकी गिनेलको आर्थिक अवस्था पनि सामान्य नै हो । पछिल्लो समय उनले ढाकामा आफुलाई स्थापित गरिसकेकी छिन । व्यवसाय सुरु गरेको ८ वर्षमा उनी जिल्लाकै नमुना र सफल ढाका उद्यमी तथा प्रशिक्षक बन्न सफल भएकी छिन ।

मेहनत र सिक्ने इच्छाशक्ति भए सफल बन्न गाह्रो नहुने उनको अनुभव छ । उनी आफु मात्र सफल भएकी छैनन । अन्य १५ जना महिलालाई रोजगारी समेत दिएकी छिन । रोजगारी पाएकाहरुले कामको आधारमा ज्याला पाउँछन ।

२०७२ सालको भुकम्प आसपासमा उनले युएनडिपी, श्री सिन्धुली र डिमेगाको सहयोगमा ३ महिना ढाका बुनाईको तालिम लिएपछि ढाका व्यवसाय सुरु गरेकी हुन । ढाकाको सल बुनेर झोलामा बेच्न हिडेकी गिनेलले १३ हजार रुपैया कमाएपछि मरिणको धमिलेमा ढाका उद्योग खोलिन ।

ढाका उद्योगबाट उनले झोला, टोपी, सल, रुमाल उत्पादन गर्थिन र झोलामा बोकेर बेच्थिन । यसरी झोलामा बोकेर खोजेको बजार विस्तारै उनलाई नै खोज्ने भयो । मरिणमा भएको ढाका बुन्ने उद्योगबाट उनले २ लाख कमाएपछि सदरमुकाम सिन्धुलीमाढी आईन । जिल्लाको सदरमुकामको मुख्य बजार सिन्धुलीमाढीमा ढाका पसल खोलिन । मित भाई हिरण्यलाल श्रेष्ठ (उनी शिक्षक पनि हुन ) ले ६० हजार लगानी थपिदिएपछि उनले २ लाख ६० हजारमा मरिण ढाका पसल खोलेकी हुन । उनलाई झोलामा सामान बेच्नेबाट पसलमा ल्याउन उनै श्रेष्ठको योगदान छ ।

मरिणको कपिलाकोटमा साझा सुविधा केन्द्र स्थापना गरि उनले उद्यमलाई अगाडि बढाईन । मरिण ढाका पसल र साझा सुविधा केन्द्र मरिण उनको पहिचान बन्दै गयो । व्यवसायमा उनका आफ्नै परिवारका सदस्यको भने सहयोग खासै रहेन । ढाका उद्यमी बन्दा आफन्त वरपरकाले लगाएका लाञ्छना उनले सम्झिरहेकी छिन । उनका लागि ती लाञ्छना पनि सफल बन्नका लागि प्रेरणा बने ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनी आफै ढाकाको कपडा, साडी बुन्ने, ढाकाका झोला, पर्स, रुमाल, जुत्ता, टोपी, टाई लगाएतका सामान बनाउने गर्छिन । सिप सिक्न पहिलेदेखि नै उत्सुक उनी ढाका बाहेकका सिपमा पनि दक्ष छिन । बाँसका सामग्रीहरु डोको, डालो, नाङ्लो लगाएतका सामग्री बनाउँछिन । यो सँगै परालका गुन्द्री चकटी लगाएत सामान पनि बनाउँछिन । कपडा सिलाउने सिप पनि छ उनीसँग । तर उनलाई ढाकासँगै खेल्न रुचि रह्यो । यसैमा भविष्य देखिन र अगाडि बढिन ।

तेह्र हजारको लगानीमा सुरु भएको ढाका व्यवसायको हाल स्थिर पूँजी नै ६० लाख माथिको छ । १० वटा साडी बुन्ने तान छ । व्याग झोला सिलाउने मेसिन १० वटा छन । सिन्धुलीमाढीमा पसलसँगै उद्योग पनि चल्छ । मासिक ३५ हजार भाडा तिरेर उद्योग र पसल चलाएकी छिन सिन्धुलीमाढीमा । सामान्यतया दैनिक ३०, ३५ हजारको कारोबार हुन्छ । सिजनमा डेढ देखि दुई लाख माथिको कारोबार हुने उनले बताईन । उनका उत्पादनको माग स्वदेश तथा विदेशमा उत्तिकै छ । सिन्धुली बाहेक काठमान्डौको ठमेल, सुर्खेतमा उनले सामान पठाउँछिन । यस्तै जापान, अमेरिका, अष्ट्रेलियामा सामान निर्यात गर्छिन । विशेष गरि विदेशमा कुर्ता सुरुवाल, सल, पछ्यौरा, साडी, चौवन्दीको माग हुन्छ ।

ढाकामा ठूला सामानको भन्दा साना सामानहरु जुत्ता, टोपी, व्याग, रुमाल, पर्स, टाईको नाफा बढी छ । बजार पनि सहज छ । उत्पादन पु¥याउनै नसकिने गरि माग छ । उनको उद्योगले ढाकाको माग धान्नै सकेको छैन । बजार माग अत्यधिक छ । उत्पादन कम छ । उनले जिल्लाभरीका महिला उद्यमीले बुनेको ढाका खरिद गर्छिन । कहिलेकाहिँ माग अनुसार बुन्न अर्डर दिन्छिन । जिल्लाका कमलामाई, तिनपाटन, दुधौली, मरिण, हरिहरपुरगढी, सुनकोशी, गोलञ्जोर, फिक्कलमा ढाका उद्यमीहरु छन । सबैको उत्पादित सामान उनकै पसलमा आउँछ ।

विराटनगर र काठमान्डौबाट धागो ल्याएर उनी सहित जिल्लाका उद्यमीले ढाका बुन्छन । धागो नपाउने समस्या छ । त्यसलाई व्यवस्थापन गर्दै ढाका उद्यमीहरु निरन्तर व्यवसाय सञ्चालन गरिरहेका छन ।
बेलिमायाले विभिन्न संघसंस्था, सरकारी निकाय तथा स्थानीय तहको समन्वयमा जिल्लासँगै अन्य जिल्लामा समेत प्रशिक्षक भएर काम गरेकी छिन । सिन्धुलीका सात स्थानीय तहमा पुगेर उनले ढाका बुनाईको प्रशिक्षण दिएकी छिन । अछाम, सिन्धुपाल्चोक, सर्लाहि, मकवानपुर, काभ्रे, रसुवा लगाएतका जिल्लामा प्रशिक्षण दिन पुगेकी छिन ।

हालसम्म ८ सय महिलालाई प्रशिक्षण दिई सकेको गिनेलले बताईन । उनले प्रशिक्षण दिएका मध्ये ५ सय जतिले अहिले उद्यम गरिरहेका छन । प्रशिक्षणबाट आम्दानी पनि रामै्र हुन्छ । उनले मासिक एक लाख भन्दा बढी प्रशिक्षणबाटै कमाउँछिन । बेलिमाया दुई सन्तानकी आमा हुन । एक छोरा र एक छोरीकी आमा रहेकी उनको विवाह १५ वर्षको उमेरमा परिवारले गरिदिएको हो । १८ वर्षमा पहिलो बच्चा जन्माईन, २० वर्षमा दोस्रो सन्तान । जसका कारण पढाई अवरुद्ध भयो ।

पढ्ने इच्छालाई मारेर विवाह गरेकी उनको पढ्ने हुटहुटी पनि विस्तारै पुरा हुदैछ । जसमा सहयोग गरेका छन मित भाई हिरण्यलालले । व्यवसायमा पढाई खड्किदै गएपछि उनले कक्षा सातमा भर्ना भएर पढ्दै गईन । विद्यालय नगई स्वअध्ययन गरेरै उनले यस पटक एसईई गरिन । भाईले पढाउने स्कुल ज्ञानोदय मावि भिरगाउँबाट २०७९ को एसईईमा सहभागि भएर पास गरिन ।

‘दिनभरी व्यवसाय गर्थें, राती भाईको सहयोगमा छोराछोरीसँगै बसेर पढ्थें,’ उनले भनिन । अब क्याम्पस पढ्ने रहर छ उनलाई । उनी भन्छिन, ‘अब ११, १२ क्याम्पस गएरै पढ्छु ।’ पढ्ने र सिक्ने हुटहुटीले गर्दा तीन महिने आधारभूत कम्प्युटर तालिम समेत लिईन । अहिले आफ्नो काम कम्प्युटरमै गर्न सक्ने भएकी छिन । उनी भन्छिन, ‘मेरो काम कम्प्युटरमा गर्न सक्छु ।’ उनले अंग्रेजी भाषा पनि सिकेकी छिन ।आफुसँगै छोराछोरीलाई पनि आफैसँग राखेर हुर्काएकी छिन, पढाएकी छिन । छोराले कक्षा ८ मा पढ्छन, छोरीले कक्षा ७ मा । उनीहरु सरकारी स्कुलमा पढ्छन । यो जिम्मेवारी पनि उनले एक्लै निभाएकी छिन । गिनेलसँग अर्को ठूलो इच्छा छ गाडी चढ्ने । अब गाडी चलाउन सिक्ने तयारीमा छिन बेलीमाया । ‘आफै गाडी चलाएर आफुलाई टोपी बेचेर भाडा तिर्न सकिन्छ ?’ भनेर हेप्नेहरुलाई देखाउने रहर छ । यो भनिरहदा उनले साझा सुविधा केन्द्र बनाउँदाको स्मरण गरिन । मरिणमा आफै जग्गा दिएर साझा सुविधा केन्द्र बनाउन सहजीकरण गरेकी थिईन उनले । केन्द्र बनाउने बेलामा स्थानीयले ढुंगा हानेर काम गर्न नदिएको उनी सम्झन्छिन । ढाका बुनेर गाउँकै इच्जत फालेको उनीमाथि आरोप थियो ।
‘हामीले दिउँसो गाउँलेको अवरोध भएर रातीमा ढुंगा बालुवा र सिमेन्ट बोकेर सिएफसि बनायौं’, उनले भनिन, ‘आज सबैको उदाहरणीय काम भएको छ ।’ त्यो सुविधा केन्द्र निर्माणमा युएनडिपीको ९ लाख लगानी थियो, डिमेगाको सहजीकरण थियो । ३ लाख रकम नपुगेपछि महिला उद्यमीहरुले श्रमदान गरेका थिए ।

‘मान्छे देख्दा भाग्ने, आफ्नो परिचय दिन नसक्ने म अहिले सफल उद्यमी भनेर चिनिएकी छु,’ उनले भनिन । उनलाई आजभोली बोल्न पाए हुन्थ्यो, भेलामा गफ गर्न पाए हुन्थ्यो आफ्ना अनुभव बाँड्न पाए हुन्थ्यो जस्तो लाग्छ । त्यहि कारण उनले नयाँ अफर ल्याएकी छिन क्याम्पस पढ्ने छात्रालाई निःशुल्क सिप सिकाउने । उनले ढाका बुन्न इच्छा गर्ने १४ जनालाई निःशुल्क सिप दिईसकेकी छिन । काम गर्न चाहनेलाई काम पनि दिने उनको इच्छा छ । हाल क्याम्पस पढ्दै गरेका ६ जना उनीसँगै जोडिएर काम गरिरहेका छन ।

ढाका व्यवसायले नै आफ्नो सामाजिक, आर्थिक, पारिवारिक जीवनस्तरमा परिवर्तन ल्याएको दावी गर्छिन उनी । सहनशिलता, धैर्यता, निरन्तरता, आफुले गरेको कामप्रति आफुले विश्वास गर्न सक्ने र काम गर्ने इच्छाशक्ति भएको मान्छेले व्यवसायमा सफलता पाउने उनको अनुभव छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बाढीको उच्च जोखिममा सिन्धुली

Next Post

सिन्धुलीमा आँखा पाक्ने रोगको प्रकोप, दैनिक दुई सय बढीले आँखा उपचार गराउँदै

सम्बन्धित खबरहरु

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन
Featured

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया
Featured

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया

तीनपाटन – ३ बालमैत्री वडा घोषणा
Featured

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

भर्खरै प्राप्त समाचारहरु

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन
Featured

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया
Featured

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया

तीनपाटन – ३ बालमैत्री वडा घोषणा
Featured

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied