• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अस्पतालको सरसफाई सकियो, आजैदेखि इमर्जेन्सी सेवा सुरु

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ १२, २०८०
in Featured, Health, Life, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । अस्पतालमा उपचार गरि रिफर भएकी महिलाको मृत्युपछि तोडफोड भएको सिन्धुली अस्पतालको शुक्रबार सरसफाई गरिएको छ । सरसफाई सकिएसँगै अस्पतालको इमर्जेन्सी सेवा सुरु गरिएको छ ।

सरसफाईमा बाग्मति प्रदेशका पूर्व स्वास्थ्यमन्त्री प्रदीपकुमार कटुवाल, कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेल, नेकपा एमालेका नेता एवम् कमलामाई नगरपालिकाका मेयरका उपविजेता महेन्द्रदेव श्रेष्ठ, अस्पताल विकास समितिका पूर्व अध्यक्ष प्रलाद पोखरेल, वर्तमान अस्पताल विकास समितिका अध्यक्ष सतिश ढकाल, नेकपा एमाले निकट अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरु, राजनीतिक दलका नेताहरु, शसस्त्र प्रहरी, स्वास्थ्यका कर्मचारी, नगरपालिकाका सरसफाई कर्मचारी, नागरिक समाज, पत्रकार लगाएतले सरसफाई गरेका छन । अस्पताल क्षेत्रका सिसा, ढुंगा तथा अन्य फोहोरहरु सफा गरेपछि सेवा सुचारु हुने भएको हो ।

सिन्धुली अस्पतालको इमर्जेन्सी वार्ड ओपीडि वार्ड, प्रसुति वार्ड, इन्डोर, साझा औषधि पसल, सामुदायिक आँखा अस्पताल, फोहोर व्यवस्थापन केन्द्र, डिजास्टर स्टोर लगाएतका सबै क्षेत्रको सरसफाई गरिएको छ । नागरिकलाई सहज तरिकाले स्वास्थ्य सेवा दिनका लागि अस्पतालको सरसफाई गरिएको हो । सरसफाईपछि बाग्मति प्रदेशका पूर्व स्वास्थ्य मन्त्री प्रदीप कटुवालले अस्पताललाई सुचारु गरि सेवा प्रवाह गर्न जरुरी रहेको र सबैको सहयोग आवश्यक रहेको बताए । सेवा सुचारु गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन ।

अस्पताल विकास समितिका अध्यक्ष शतिश ढकालले अस्पताल सार्वजनिक सम्पत्ति भएकाले रक्षा गर्ने जिम्मेवारी राज्य र नागरिकको रहेको बताए । उनले अस्पतालमा भएको क्षती भवितव्य भएको समेत बताए ।

नागरिकलाई सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मीको मनोवल बढाईदिन समेत सबैसँग ढकालले अपिल समेत गरेका छन । ‘हामीले स्वास्थ्यकर्मीहरुलाई सेवा फर्कन प्रेरित गरिरहेका छौं, उहाँहरुको काम गर्ने मनोवल निकै घटेको छ, असुरक्षित महसुस गर्नुभएको छ । मनोवल बढाउन सबैले सहयोग गर्नुस ।’ उनले सरसफाई कार्यक्रमपछि सम्बोधन गर्दै अनुरोध समेत गरेका छन ।

उनले अस्पताल तोडफोड गर्ने काम मृतकको परिवारबाट नभएको र अराजक भिडले गरेको भएकाले कारवाहि हुनुपर्नेमा समेत जोड दिएका छन ।

ढकालका अनुसार अस्पतालको आपतकालिन सेवा आजैदेखि सुरु गर्न स्वास्थ्यकर्मीहरु तयार छन । आइतबारदेखि अस्पतालका सबै सेवाहरु सुचारु हुनेछन । उनले स्वास्थ्यकर्मीहरुले सुरक्षाको माग भने गरेका छन ।

अस्पताल विकास समितिका पूर्व अध्यक्ष प्रलाद पोखरेलले अस्पताल जन्म र मृत्यु दुवै हुने ठाउँ हो भन्ने कुरा बुझाउन आवश्यक रहेको बताए । कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले बाँच्नका लागि आउने ठाउँमा जुन अपराधिक घटना भएको छ त्यो निन्दनिय रहेको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनले अस्पताल तोडफोडमा संलग्न व्यक्तिलाई आतकबादीको संज्ञा दिएका छन । उनले त्यस्ता व्यक्तिलाई पहिचान गरि कारवाहिको दायरामा ल्याउन आवश्यक रहेको बताए ।

छानविन समितिको काम सुरु

अस्पतालमा भएको घटनाको सत्यतथ्य छानविनका लागि गठित समितिले शुक्रबारदेखि नै काम सुरु गरिसकेको छ । समितिले ल्याएको प्रतिवेदनका आधारमा घटनाको निचोड निकालिने अस्पताल विकास समितिका अध्यक्ष ढकालले बताएका छन । पीडित परिवारको माग अनुसार छानविन समिति गठन गरिएको थियो ।

ढकालले समितिले छिट्टै छानविनको प्रतिवेदन दिने बताए । सर्वदलिय, सर्वपक्षिय बैठकले जेठ १० गते नै छानविन समिति गठन गरेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

‘अस्पताल तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेलाई कारवाहि गर्ने सर्वपक्षिय निर्णय’

Next Post

सर्पले टोकेर दाजुभाईको मृत्यु

सम्बन्धित खबरहरु

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied