• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

‘अस्पताल तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेलाई कारवाहि गर्ने सर्वपक्षिय निर्णय’

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ ११, २०८०
in Featured, Health, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली अस्पतालमा भएको घटनाको विषयलाई लिएर विहिबार सिन्धुलीमाढीमा सर्वदलिय सर्वपक्षिय बैठक बसेको छ । बैठकले अस्पताल तोडफोड गर्ने, स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्ने, सामाजिक सञ्जालमा घटनालाई अतिरंजित गर्दै स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने जस्ता क्रियाकलापका सन्दर्भमा जिल्ला प्रहरी कार्यालय अनुसन्धान गरि प्रचलित कानुन बमोजिम कारवाहि गर्ने निर्णय गरेको छ । बैठकले राजनीतिक दल विशेषका कोहि नेता, कार्यकर्ता तोडफोड कार्यमा संलग्न भएको भए सम्बन्धित दलले दलको तर्फबाट समेत कारवाहि गर्ने निर्णय गरेको छ ।

यस्तै अस्पतालको इमर्जेन्सी वार्डलाई आवश्यक सरसफाई र मर्मत सुधार गरि इमेर्जेन्सी अवस्थाका विरामीलाई सेवा पु¥याउन यथासिघ्र सञ्चालन गर्ने र अविलम्ब मर्मत सम्भार आरम्भ गरि विरामी भर्ना र ओपिडी लगाएतका सेवाहरु सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

सातवटा बुँदामा भएको निर्णयमा अस्पतालको सरसफाई गर्न राजनीतिक दल, नागरिक समाजबाट अस्पताल र सुरक्षाकर्मीको समन्वयमा स्वयमसेवक परिचालन गर्ने, अस्पतालमा हुन सक्ने अराजक गतिविधिलाई निरुत्साहित गर्न र समस्याको दिर्घकालिन समाधान गर्न राजनीतिक दल एवम् नागरिक समाजले आवश्यक पहल गर्ने, घटनाका बारेमा भएका सूचना जानकारी सम्बन्धित सबैले प्रहरीलाई उपलब्ध गराउँदै आवश्यक सहयोग गर्ने लगाएतका निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा भएको बैठकले सुत्केरी हुन नसकि मृत्यु भएकी गंगाकुमारी श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अस्पतालका लागि भवितव्य नै भयो : अस्पताल अध्यक्ष
सिन्धुली अस्पतालमा जेठ ९ र १० गते भएको घटनालाई अस्पतालले भवितव्यका रुपमा लिएको छ । अस्पतालले नसोंचेको घटना घटेकाले सुरक्षामा समेत कमजोरी भएको निश्कर्ष निकालेको छ । अस्पताल विकास समितिका अध्यक्ष सतिश ढकालले अस्पतालमा मृतकका परिवार भन्दा पनि घुसपैठको आन्दोलनले क्षती पुगेको बताए ।

प्रहरी प्रशासनको पनि आँकलनभन्दा माथि उठेर घटना भएको प्रति अस्पतालले दुःख व्यक्त गरेको छ । पत्रकार सम्मेलन गर्दै अस्पतालले घटनालाई भवितव्यका रुपमा व्याख्या गरेको हो ।

अस्पतालमा उपचारका गरि रिफर गरिएको विरामीको मृत्यु भएपछि भएको घटनाले आफुहरुलाई दुःखी बनाएको र नियमित कामकाजमा पुग्न समय लाग्ने भएको ढकालले बताएका छन ।

अस्पतालले घटनाक्रमलाई जानकारी दिए पनि डाक्टरका विषयमा अस्पतालले केहि पनि बोलको छैन । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.उमेश प्रधानले छानविन समिति बनिसकेको र प्रदेश सचिव सहितको टोली सिन्धुली अनुगमन आउन थालेकोले छानविनको निश्कर्ष कुर्न सबैलाई आग्रह गरेका छन ।
‘छानविनमा जे देखिन्छ त्यसैलाई कुरौं,’ उनले पत्रकारसँग भनेका छन । प्रसुति रोग विशेषज्ञले गरेको उपचारमा आफुले बोल्न नमिल्ने पनि उनले बताएका छन ।

अस्पताल छिट्टै सञ्चालन हुन्छ : डा. प्रधान

अस्पतालको इमर्जेन्सी सेवा बन्द गर्न नमिल्ने भए पनि बसेर उपचार गर्ने ठाउँ समेत नभएकाले समस्या भएको अस्पतालले जनाएको छ । डा. प्रधानले जताततै सिसै सिसा भएका कारण पनि कर्मचारीलाई सरसफाई नगरि काम गर्न प्रेसर गर्न नसकेको बताए ।

डा. प्रधानका अनुसार प्रहरी मुजुल्का उठाउन बाँकी रहेको र प्रशासनले पनि मुजुल्का नउठाउन्जेल सरसफाई नगर्न भनेकाले अहिलेसम्म सेवा सञ्चालन नभएको उनले बताएका छन । सरसफाई र मर्मत सम्भार पछि छिट्टै इमर्जेन्सी सेवा सञ्चालन हुने बताए । अन्तरंग विभागमा आपतकालिन विरामी आए उपचार गर्ने गरि सेवा दिने व्यवस्था मिलाएको उनले बताए । उनका अनुसार घटनापछि अस्पतालमा विरामी आउन सकेका छैनन ।

राजनीतिक दलद्धारा दुःख व्यक्त

सिन्धुलीमा क्रियाशिल तीन राजनीतिक दलले संयुक्त विज्ञप्ती जारी गरि अस्पतालमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन । उनीहरुले तोडफोडमा संलग्न व्यक्तिलाई पहिचान गरि कारवाहि गर्न प्रशासनसँग माग गरेका छन ।

नेकपा एमालेका सचिव नारायण बराल, नेपाली कांग्रेसका सभापति उपेन्द्र पोखरेल र नेकपा माओवादी केन्द्रका सचिव ज्वाला प्रसाद न्यौपानेले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा अस्पतालको पुनःनिर्माण गरि सेवा सुचारु गर्न अनुरोध गरिएको छ ।

साथै दलहरुले स्वास्थ्यकर्मीलाई नियमित कामकाजमा फर्कन र अति आवश्यक स्वास्थ्य सेवा सुचारु गर्न अनुरोध गरेका छन ।

अस्पताल सञ्चालन गर्न बजेट माग

अस्पतालमा भएको क्षतीको विवरण सहित सिन्धुली अस्पतालले बाग्मति प्रदेश सरकारसँग बजेटको माग गरेको छ । अस्पतालको सेवा सुचारु गर्न आवश्यक वजेट विनियोजन गर्न मन्त्रालयलाई पत्राचार गरेको हो । अस्पतालले तत्काल सेवा सञ्चालन गर्न आवश्यक बजेट व्यवस्थापन गरिदिन माग गरेको हो । अस्पतालले ५० थान आल्मुनियम झ्याल, १० वटा आल्मुनियम ढोका, ३ थान होर्डिङ बोर्ड, १ थान फ्रिज, १ थान सवारी साधन, १ थान इ हाजिरी मेसिन, तातोपानी, चिसो पानी मेसिन ५ थान र ट्रेचर ट्रली २ थान खरिदका लागि बजेटको माग गरेको हो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुली अस्पतालका डाक्टरहरुले सेवा नदिने

Next Post

अस्पतालको सरसफाई सकियो, आजैदेखि इमर्जेन्सी सेवा सुरु

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied