सिन्धुली । मध्यपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुइभिरमा यात्रुबाहक बस दुर्घटना भएको छ । ओखलढुंगाको रुम्जाटारबाट काठमान्डौ जाँदै गरेको बस दुर्घटना हुदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेका छन ।
आठ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईतेमध्ये ३ जनालाई एम्बुलेन्स मार्फत काठमान्डौ लगिएको छ अन्यलाई हेलिकप्टर मार्फत थप उपचारका लागि काठमान्डौ लगिएको छ ।
बा २ ख ६५९६ नम्बरको यात्रु बाहक बस आइतबार बिहान सवा ९ बजे राजमार्गको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार ब्रेक फेल भएपछि चालकले बस सुनकोशीमा खस्नबाट रोक्न भित्तामा ठोक्काएको देखिएको छ ।
मृतकको पहिचान भईसकेको छ । मृत्यु हुनेमा सिद्धिचरण ३ ओखलढुंगाका ३२ वर्षिय पेशल भुजेल, मानेभञ्ज्याङ ६ ओखलढुंगााका २५ वर्षिय देववहादुर सार्की (सहचालक), कटारी २ उदयपुरकी ३५ वर्षिय कुमारी क्याप्छाकी, सिद्धिचरण ५ ओखलढुंगाकी ३२ वर्षिय जोशना राई, सिद्धिचरण ४ की राधा भुजेल र चिसंखुगड ४ ओखलढुंगाका ३२ वर्षिय सञ्जित राई रहेका छन ।
शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल ओखलढुंगा पठाईएको डिएपी दाहालले बताए । घाईतेहरुको उपचार गोलञ्जोर ७ खुर्कोटमा रहेका सामुदायीक अस्पतालहरुमा भईरहेको छ ।
बसका सहचालकको घटना स्थलमा नै मृत्यु भएको छ भने चालक सामान्य घाईते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको सुनकोशी सामुदायिक अस्पताल र शुभजीवन अस्पतालमा उपचार भईरहेको छ । गाडीका चालक काभ्रेको पाँचखाल १ का लालबहादुर तामाङ सामान्य घाईते छन । उनको सामुदायिक अस्पताल घुर्मिमा उपचार भईरहेको छ भने प्रहरीको निगरानीमा रहेका छन ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शोक बक्तव्य जारी गरि घटनाप्रति दुःख व्यक्त गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले विज्ञप्ती जारी गर्दै घाइतेति स्वास्थ्य लाभको कामना गर्नुका साथै मृतक प्रति श्रद्धाञ्जली व्यक्त गरेकी छिन ।
दुर्घटनामा परि घाइते भएकाहरुको विवरण
१. एकराज तामाङ (२०) मोलुङ– ५ ओखलढुंगा
२. तेज कुमारी श्रेष्ठ सिद्धिचरण – ४ ओखलढुंगा
३. खेम प्रसाद दाहाल (३९) सिद्धिचरण – ५ ओखलढुंगा
४. पुकार राई (१२) मानेभञ्याङ ४ ओखलढुंगा
५. अर्पणा राई (१८) मानेभञ्याङ ४ ओखलढुंगा
६. निरु चौधरी (३४) वारा वर्दिया नपा ५, बर्दिया (नेपाली सेना)
७. शान्ता सेञ्चुरी (२१) सोलु जोगु सोलुखुम्बु
८. भानुलक्ष्मी गिरी (२१) सिद्धिचरण नपा १२ ओखलढुंगा
९. एक बहादुर राई (३८) माम्खा ७
१०. लोक बहादुर विश्वकर्मा (४३) मोलुङ ६ ओखलढुंगा
११. राजकिशोर महाराज चमार (४१) रामगोपालपुर ८ महोत्तरी
१२. राजेश्वर राना (३४) भिमान २, तनहुँ (नेपाली सेना ओखलढुंगा व्यारेक)
१३. एलिसा गिरी (१९) कनपा १३, सिन्धुली
१४. ज्योति प्रजापति (२६) सूर्यविनायक ४ भक्तपुर
१५. महेश श्रेष्ठ (४४) महालक्ष्मी नपा १५ ललितपुर
१६. सारदा श्रेष्ठ (४२) महालक्ष्मी नपा १५ ललितपुर
१७. धु्रव भुजेल (२५) रुम्जाटार ४ ओखलढुंगा
१८. दिपा सेर राई (३८) मानेभञ्ज्याङ ६ ओखलढुंगा
१९. भुपेन्द्र धमला (१६) मानेभञ्ज्याङ ७ ओखलढुंगा
२०. ढुण्डीराज सुनुवार (३०) फिक्कल गाउँपालिका सिन्धुली
२१. राजन बस्नेत (२०) रुम्जाटार ९ ओखलढुंगा
२२. प्रदीप सुवेदी (२५) कनपा १३ सिन्धुली
२३. दिविका राई (५) मानेभञ्ज्याङ ४ ओखलढुंगा
२४. मिसन राई (३) मानेभञ्ज्याङ ४ ओखलढुंगा
२५.लेख बहादुर भुजेल (३५) दुधकुण्ड नपा सोलु लिङ्ला
२६. सुुनिता श्रेष्ठ (१७) सिद्धिचरण ४ ओखलढुंगा
२७. सनिम सेन्चुरी (३) सोलुजुगु
२८. श्रीदेवी राई (२४) मानेभञ्ज्याङ ६ ओखलढुंगा
२९. काभ्रेको पाँचखाल १ का लालबहादुर तामाङ (बसचालक)
बाँकी १ जना पुरुषको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।




















