सिन्धुली,२९फागुन/सिन्धुलीको तीनपाटन गाँउपालिकाको सुविधा सम्पन्न भवन निर्माण भएको छ । मुलुककै दोस्रो ठुलो गाँउपालिको रुपमा रहेको तीनपाटन गाँउपालिकाले आफ्नै भवन निर्माण गरि एक भव्य कार्यक्रमका बिच उद्घाट गरि कार्य सुचारु गरेको छ ।
गाउँपालिका अध्यक्ष कणर् थापाको अध्यक्षता तथा संघिय संसद श्यामकुमार घिमिरेको प्रमुख आथित्यतामा भवन निर्माण सम्पन्न भएको हो । भवन निर्माण कार्यक्रमलाई सम्बोन गर्दै प्रमुख अतिथी घिमिरेले देश संघियतामा गएपछि गाउँका जनताले सेवा सुविधा प्राप्त गर्न सहज भएको भन्दै पालिकाको भवन निर्माणले तीनपाटन गाउँपालिकाबासीलाई सेवा लिन र सेवा प्रवाह गर्न सहज हुने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थापाले तीनपाटन गाँउपालिका लामो समयदेखि विभिन्न स्थानमा रहेका भाडाको घरमा साघुरो गरि कार्य सञ्चालन गर्दै आएको र हाल सुविधा सम्पन्न भवन निर्माण भएको बताए । अध्यक्ष मगरका अनुसार साढे तीन तलाको प्रशासकिय भवन निर्माण सम्पन्न भएको र पालिकामा निर्माणाधिन अवस्थामा रहेको केही भवन कर्मचारी आवासको लागी समेत निर्माण भएको बताए । गत असारमा सम्पन्न गर्ने गरि निर्माणको जेएसडिप निर्माण सेवाले लिएको थियो । समयमै निर्माण सम्पन्न नभएपछि म्याद थप गरेर भवन निर्माण गरि सञ्चालनमा आएको हो ।
कार्यक्रममा भवनको विषयमा जानकारी गराउदै तीनपाटन गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र गिरीले यस पालिका सिन्धुली जिल्लाको पुर्वी भेगमा अवस्थित एक गाँउपालिका ४२ हजार २ सय ३८ जनसंख्या रहेको र सेवाग्राहीलाई सहज सेवा दिने उदेश्यले सुविधा सम्पन्न भवन बनाइएको गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बताए । उनले हाल निर्माण सम्पन्न भएको भवन पाँच करोड ५३ लाख ५९ हजार चार ४७ रुपैया ९४ पैसा लागतमा भवन निर्माण भएको बताए । यो भवन २०७६साल माघ ९ गते ठेकेदार कम्पनिसँग निर्माण सम्झौता भई २०७९ असार २५ गते निर्माण सम्पन्न भएको गिरीले कार्यक्रममा बताए ।
पालिकाको भवन निर्माण सँगै जनतालाई सहज रुपमा सेवा दिनुपर्ने सिन्धुली क्षेत्र नंम्बर १ का संघिय सांसद श्याम घिमिरेले बताए । उनले पालिकाले सुन्दर भवन बनाउन सफल भएको भन्दै पंशंसा गरे । दुई नगरपालिका र सात गाँउपालिका रहेको सिन्धुलीमा गोलञ्जोर गाँउपालिका बाहेक सबै स्थानिय तहको आफ्नै भवनमा कार्यलय सञ्चालन हुदै आएको छ ।
कार्यक्रममा वागमति प्रदेशसभा सदस्य सुष्पा भुजेल,रामकुमार पहाडी,मातृका भट्राई, वागमति प्रदेशका पूर्व स्वास्थ्य मन्त्री प्रदिप कट्वाल, पालिकाकी पूर्व उपाध्यक्ष पदममाया तामाङ, मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुत्तान, फिक्ककल गाउँपालिका उपाध्यक्ष राजु बराल, गोलञ्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी लगायतले सम्बोधन गरेका थिए ।





















