सिन्धुली । फिक्कल गाउँपालिकाले पालिकाको आलु पकेट क्षेत्रका कृषकहरुलाई आलु खेति सम्वन्धि विज्ञबाट तालिम प्रदान गरेको छ । फिक्कल गाउँपालिका सिन्धुली हेफर प्रोजेक्टको आयोजना तथा सामुहिक सरोकार समाज सिन्धुलीको संयोजनमा भएको कार्यक्रममा फिक्कल गाउँपालिका १ र ३ नम्वर वडाका करिव एक सय जना कृषकहरुलाई तालिम प्रदान गरेका हो ।
पालिकाले यी दुई वटा वडालाई आलु पकेट क्षेत्रका रुपमा अगाडी बढाएको छ । पकेट क्षेत्रका कृषकहरुले परम्परागत तरिकाबाट आलु खेति गर्दै आएको भएपनि व्यावसायीक रुपमा आलु खेति कसरी गर्ने र आलु खेति गर्दा गर्नु पर्ने तयारी र अपनाउनु पर्ने सावधानीको विषयमा कृषकहरुलाई जानकारी दिने उदेश्यले नार्कका पूर्व उपसचिव तथा आलु खेति विज्ञ श्याम प्रसाद ढकालले आलु कृषकहरुलाई जमिन तयार पार्ने, विऊ विजन छनोट ,आई पर्ने समस्याहरु र त्यसको समाधानको लागी के गर्न सकिन्छ भन्ने विषयमा कृषकहरुलाई प्रशिक्षित गराएको सामुहिक सरोकार समाज सिन्धुलीका अध्यक्ष नवराज पहाडीले बताए ।
प्रशिक्षक ढकालले यस क्षेत्रमा सिचाईको कमी भएकाले यहाँ डिजिरे, जनकदेव, खुमल सेतो–१, खुमल लक्ष्मी आलुका जातहरु मध्य पहाडी क्षेत्रमा लगाईने आलुको जाँत लगाउदै आएको भएपनि पछिल्ला समयमा वातावरणमा आएको परिवर्तनले ती जाँतहरुमा यही स्थानमा बढी रोगको संक्रमण देखिएकाले विऊ किन्दा नै ध्यान दिनु पर्ने बताए । यो रोगको संक्रमण एक पटक फैलि सकेपछि त्यस माटोमा २० बर्ष सम्म बस्न सक्ने भएकाले माटोको उपचार गरी विऊ परिवर्तन गर्नु पर्ने आवश्यत्ता औल्याए ।
विज्ञ ढकाल सँग कृषकहरुले आलुमा पुतली रोगको संक्रमण , बोट मर्ने , साना दाना लाग्ने र भण्डारण गरेको आलु पनि कुहिने तथा सुकेर जाने जस्ता समस्यामहरु बढी मात्रामा देखिएको गुनासो गरे ।
सिचाईको अभाव भएको स्थानमा आलुको उत्पादन केही कमी र साना दाना फल्ने भएकाले ठाँउ बिषेशको विऊ छनोट गर्नु आवश्यक रहेको विज्ञ ढकालले बताए । उनले नेपालमा कच्चा आलु र प्रशोधित आलु गरी करिव १४ अर्बको आलु आयात वा खपत हुने गरेको स्मरण गराउदै आलुको उत्पादनमा लाग्नको लागी कृषकहरुलाई जुन सुकै बेला आफु सहयोग र सल्लाह दिन तयार रहेको बताए ।
आलु बहूउपयोगि कन्दमूल अर्थात् तरकारी बाली हो । तरकारीको रुपमा प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ । आलु पोषक र बलवर्द्धक खाध्य हो । मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी ऊर्जा हुन्छ। आलुमा २० प्रतिशत स्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ , ढकालले भने ।
आलु चिसो मौसममा फष्टाउने वाली हो भने चिस्यान मुक्त मलिलो माटोमा राम्रो हुन्छ । यस वालीको नेपालमा धेरै महत्वपूर्ण स्थान छ, किनकी तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रमा यसको प्रयोग तरकारीको रुपमा प्रयोग गरिन्छ भने उच्च महाडी क्षेत्रमा खाद्यान्न र तरकारीका रुपमा प्रयोग गरिन्छ । आलुलाई सस्तो र गरीवहरुको साथीका रुपमा परिचित भएको छ । उच्च पहाडी क्षेत्रमा राम्रो उत्पादन दिने जातहरुमा कुफ्रि ज्योति, जनकदेव, खुमल सेतो–१, खुमल लक्ष्मी आदि जातहरु छन, ढकालले भने । फिक्कल प्राकृतिक रुपमा तीन प्रकारको हावा पानी पाईने भएकाले यहाँ दूई वालि सम्म आलु खेति गर्न सकिने बताए ।
कृषकहरुलाई प्रशिक्षण दिदैँ ढकालले आलु बाली चिसो मौसममा फष्टाउने वाली हो । यो चिस्यान मुक्त मलिलो माटोमा राम्रो हुन्छ। तापमानको हिसावले १५–२० डि.से.तापक्रम भएका स्थानमा आलु खेती सफलतापूर्वक गर्न सकिन्छ बताए । यस वालीको नेपालमा धेरै महत्वपूर्ण स्थान छ किनकी तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रमा यसको प्रयोग तरकारीको रुपमा प्रयोग गरिन्छ भने उच्च महाडी क्षेत्रमा खाद्यान्न र तरकारीका रुपमा प्रयोग गरिन्छ । आलुलाई सस्तो र गरीवहरुको साथीका रुपमा परिचित भएको छ ।
आलुलाई ताजा रुपमा तरकारी तथा खाद्यान्नको रुपमा प्रयोग गरिन्छ भने यसवाट प्रशस्त प्रशोधित परिकारहरु तयार गरिन्छ र लामो अवधि र टाढा–टाढा सम्म ढुवानी गरी लान सकिन्छ। यसमा २०.६ प्रतिशत कार्वोहाइड्रेट, २.१ प्रतिशत प्रोटिन, ०.३ प्रतिशत चिल्लो पदार्थ, १.१५ रेशा र ०.९५ भष्म पाइन्छ । यसमा एमिनो अम्ल पनि प्रशस्तमात्रामा पाईन्छ ।
फिक्कल गाउँपालिकामा तीन प्रकारको हावा पानी , बेसी मध्ये महाभारत र उच्च महाभारत क्षेत्र भएकाले यहाँ मध्य पहाडी क्षेत्रमा लगाइने जातहरुमा डिजिरे, जनकदेव, खुमल सेतो–१, खुमल लक्ष्मी आदि जातहरु लगाउन सकिने र उच्च पहाडी क्षेत्रमा राम्रो उत्पादन दिने जातहरुमा कुफ्रि ज्योति, जनकदेव, खुमल सेतो–१, खुमल लक्ष्मी आदि जातहरु लगाउन सकिने बताए ।
प्रशिक्षक तथा बिज्ञ ढकालले वीउ आलु प्लट छनौट गर्दा लामो अवधिको वाली चक्र अपनाएको, असल वीउवाट मात्र वीउ उत्पादनको शुरुवात गरिएको कीराको प्रकोप नहुने स्थान, भाइरस रोगको शंका लागेका र वेजातका वोटहरु हटाईएको स्वस्थ स्थान छनौटमा ध्यान दिनु पर्ने बताए ।
आलु वालीमा विभिन्न किसिममा भाइरस रोगहरु देखापर्दछन्ः पात दोव्रिने, हल्का मोजाईक र कडा मोजाईक भाइरस आदि । यी रोगहरुवाट वच्नको लागि भाइरस मुक्त वीउ आलु लगाउने, लाइ कीराको पूर्ण नियन्त्रण गर्नु पर्दछ । खुम्रेले आहार विहार गर्ने वनस्पति पहिचान गरी नष्ट गर्ने, तरकारी वालीका विभिन्न् समूह मिलाएर लगाउने जस्तैः प्याज, लसुन, धनियाँ तथा अन्य विधिवाट संभव नभएको खण्डमा क्लोरीपाईरीफस जस्ता विषादीहरु २–३ ग्राम प्रति लिटर पानीमा मिसाई छर्नु पर्ने ढकालले बताए ।
विज्ञ ढकाललेसंचित आलुमा वयस्क पुतलीले आलुको आँखा वा घाउ लोगको ठाउँमा फूल पार्दछ । सोही ठाउँमा लार्भा उत्पन्न भई दाना भित्र पस्दछन् र सुरुङ्ग खनी गुदी खान थाल्दछन् । फलस्वरुप आलु भण्डारण गरेको ठाउँमा काठको खस्रो विष्टाका कारण थुप्रिन थाल्दछन् र आलुका दानाहरु चाउरिँदै जान्छन् । यसरी आक्रमण भएका आलु पुर्णतः खान योग्य नहुने तर्फ सचेत गराए ।
वडा नम्वर १ मा वडाअध्यक्ष होम बहादुर सुनुवार र वडा नम्वर ३ मा वडाध्यक्ष टेकवहादुर रजन मगरको अध्यक्षता तथा पालिकाका फोकल पर्सन नारायण अधिकारी र सामुहिक सरोकार समाज सिन्धुलीका अध्यक्ष नवराज पहाडीको विशिष्ठ आथित्यतामा भएको थियो ।

























