• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सिन्धुलीमा जुनार उत्पादनमा वृद्धि

बिमला पाण्डे by बिमला पाण्डे
पुस २, २०७९
in Business, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जुद्ध बहादुर राई सिद्धकाली जुनार फर्मका सञ्चालक हुन । उनको जुनार फर्ममा पाँच सय बढी जुनारका बोट छन । लटरम्म पहेंलै पाकेका जुनारका बोटले लच्केर भुईं छोएका छन । हेर्दै बसिरहुँ लाग्ने जुनार बगैंचामा पुग्दा राई खुशीले रमाईरहेका थिए । कारण विगतका वर्षहरुमा भन्दा यो वर्ष जुनार उत्पादन बढेको थियो । विगत वर्षमा १४ मेट्रिकटन जुनार बेचेका राईले यो वर्ष १८, १९ मेट्रिकटन भन्दा बढी उत्पादन हुने अनुमान गरेका छन ।

दाजुभाईले सञ्चालन गरेको उक्त जुनार फर्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनको पचास प्रतिशत अनुदानमा प्रोटिन वेट छरेका र निरन्तर प्राविधिक सल्लाह बमोजिम जुनारको स्याहार गरेपछि उत्पादन राम्रो भएको राईले बताए । यसरी औषधि नछिट्दा फल कुहेर झर्ने, औंसा पर्ने समस्या गत वर्ष देखिएको थियो । अहिले त्यसरी फल झरेको छैन र किरा पनि परेको छैन ।

वि.सं.२०६५÷०६६ बाट व्यवसायीक रुपमा जुनार उत्पादन सुरु गरेका राई परिवारले यस पटक जुनारका विरुवाहरु थपेर उत्पादन बढाएका छन । त्यसअघि २०४५ सालदेखि नै सामान्य जुनार उत्पादन गरेका राई परिवारले यो पटक उल्लेख्य जुनार उत्पादनमा वृद्धि गरेका छन ।

राईको गत वर्ष जुनारबाट ७ लाख आम्दानी भएको थियो । त्यसअघि पनि जुनारबाट राम्रो आम्दानी लिदैं आएका राई परिवारले यसपटक आय थपिने अनुमान गरेका छन । यस पटक ९ देखि १० लाख रुपैंया आम्दानी गर्ने अनुमान राईको छ ।

सिंचाई, गोडमेल, मल, किरा नियन्त्रण लगाएतका काम प्राविधिक निगरानीमा भएकाले उत्पादन बढ्ने उनले बताए । राईजस्तै सिन्धुलीका जुनार किसान उत्पादनमा वृद्धि भएपछि खुशी भएका छन ।

सुपरजोन र किसानको पचास पचास प्रतिशत लगानीमा जुनार सुपरजोन क्षेत्रका सुनकोशी गाउँपालिका वडा नं. ७ को मझुवा, कमलामाई नगरपालिका वडा नं. ३ को जलकन्या, गोलञ्जोर गाउँपालिका वडा नं. ५ को खनियाँखर्क, चिसापानी र नयाँखर्क, गोलञ्जोर गाउँपालिका वडा नं. ४ को तिनकन्या, गोलञ्जोर २ को वितिजोर, गोलञ्जोर १ को डुँडभञ्ज्याङ र तिनपाटन गाउँपालिका वडा नं. १ को तोश्रामखोलाको १ हजार हेक्टर जमिनमा रहेका बगैंचाको ४ हजार ३ सय ६१ बोटमा औषधि छिटिएको थियो ।

बजारको समस्या
राईका अनुसार जुनार एकै पटक बजार पठाउन सक्ने अवस्था छैन । स्थानीय बजारमा कुरा भएको छ । सिन्धुली, चियावारी, खनियाँखर्क, खुर्कोट लगाएत मुख्य जुनार विक्री हुने बजार हुन । व्यापारीहरुले निर्धारित मुल्य तिर्छन र जुनार लिएर जान्छन । तर एकैपटक बजार पठाउन भने समस्या छ । ‘बोटमा जुनार पहेंलै छ बजारमा एकैचोटी जुनार पठाउन पाईदैन’, राईले भने ।

उनले विचौलियाका कारण किसान र उपभोक्तालाई मार परेको बताए । ‘विचौलियाले किसानसँग सस्तोमा लिन्छन, उपभोक्तालाई महंगोमा वेच्छन । किसान र उपभोक्ता मारमा पर्छन,’ राईले भने ।

‘जुनार बगैंचासम्म पुग्न बाटोको पनि समस्या छ । नीजि पैसाले खनेर घरसम्म साना गाडी जेनतेन पुग्छन तर बाटो अप्ठ्यारो छ । मोटरसाईकल, सानो गाडीहरु अलिअलि चल्ने गर्छन,’ जुनार किसान लक्ष्मी राईले भनिन् । ‘यो बाटो खन्दा सफा गर्दा मात्रै ६०, ७० हजार खर्च भयो, उनले भनिन् ।

सिद्धकाली जुनार फर्ममा दुई भाईको लगानी छ । उनीहरुले ५ सय विरुवा हालेका छन । साना विरुवा हालेका छन । साना ठूला गरेर ५ सय विरुवाले फल दिन्छन । एउटा बोटले ३ देखि पाँच बोरासम्म फल दिन्छन । ‘हामीले एक वोटबाट ३ बोरा, ४ बोरा, ५ बोरा जुनार टिप्छौं,’ लक्ष्मीले भनिन । लक्ष्मीलाई बोरामा कति किलो हुन्छ भन्ने चाहिँ ठ्याक्कै थाहा भएन ।

पन्ध्रदेखि बिस प्रतिशत उत्पादन बढ्छ
जिल्लामा यस पटक ६ हजार मेट्रिकटन जुनार उत्पादन हुदैछ । सुपरजोनको कार्यक्षेत्रमा ४० प्रतिशत जुनार बजारमा गईसकेको छ । अब ६० प्रतिशत जुनार बजारमा जान बाँकी छ । यो वर्ष गत वर्षको तुलनामा पन्ध्रदेखि २० प्रतिशत उत्पादनमा वृद्धि भएको जुनार सुपरजोनका प्रमुख वरिष्ठ कृषि अधिकृत रमेश हुमागाईंले बताए । उनका अनुसार यो वर्ष ३३ करोड रुपैंया जुनार किसानको हातमा जान्छ । जिल्लाको जुनारको आर्थिक कारोबार ४० करोड भन्दा बढी हुने अनुमान छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

किसानले औसतमा ५५ देखि ६० रुपैंया जुनारको बगैंचामा मुल्य पाईरहेका छन । बजारमा पुग्दा यसको मुल्य ८० रुपैंया हुन्छ र उपभोक्तासम्म पुग्दा ८० देखि १०० रुपैंयामा किनवेच भईरहेको छ ।

जुनार सुपरजोनले जुनारको प्रवद्र्धन, उत्पादन र बजारीकरणका लागि ३ वटा कार्यक्रम लागु गरेको छ । त्यहि कार्यक्रमको प्रभावका कारण उत्पादनमा वृद्धि भएको जुनार सुपरजोनको दावी छ ।

जुनार सुपरजोनले जुनार बढाउने, जुनार जोगाउने र जुनारबाट कमाउने कार्यक्रम अगाडि बढाएको छ । जुनार बढाउने कार्यक्रम अन्तर्गत हरेक वर्ष ६० हेक्टरमा नयाँ विरुवा रोप्ने गरेको हुमागाईले बताए । वर्षमा उल्लेखित क्षेत्रफलमा १८ हजार नयाँ विरुवा हरेक वर्ष थप रोपिदैं आएको छ ।

जुनार जोगाउने कार्यक्रम अन्तर्गत व्याक्टोसेरामिनाक्स (फ्रुट फ्लाई) को समस्या नियन्त्रण गरिएको छ । जस अन्तर्गत जिल्लामा फ्रुट फ्लाई नियन्त्रणका लागि बैशाखको १० गतेदेखि असारको २५ गतेसम्म १४ सय लिटर प्रोटिनबेट छरिएको छ । जसका कारण फलहरु झरेको छैन र १० देखि १५ प्रतिशत उत्पादनमा वृद्धि भएको छ ।

एक हजार मिटर आसपासको भूभागका सिट्रस ग्रिनिङ भन्ने रोगको समस्या छ । जसको नियन्त्रणका लागि जुनार सुपरजोनले नार्कको सुन्तला जातको अनुसन्धान केन्द्रको वैज्ञानिकहरुसँग मिलेर परिक्षण गरिरहेको छ । साथसाथै अमेरिकाको युनिभर्सिटीमा रिसर्च गरिरहेका एक्पर्टहरु पनि बोलाएको जनाएको छ ।

जुनारबाट कमाउने कार्यक्रम अन्तर्गत पाँच वटा समुदाय स्तरमा कोल्ड स्टोर बनाउने तयारीमा सुपरजोन छ । गत वर्ष एक वटा कोल्ड रुम बनाएको थियो । कोल्ड रुमले अफसिजनमा जुनार बेच्न र राम्रो मुल्य पाउन मद्दत गर्छ । अहिले ६० रुपैंया भएको जुनार २ महिना पछि १२० रुपैंयासम्ममा विक्री हुन सक्छ । एउटा कोल्डरुममा १० मेट्रिकटन जुनार स्टोर गर्न सकिन्छ । किसानहरुको कोल्डरुम बनाउनेतर्फ आकर्षण बढेको सुपरजोनले जनाएको छ । यी कोल्डरुम बनेपछि फागुनमा जुनारको सिजन सकिन्छ । चैत बैशाखसम्म पनि जुनार राख्न र बेच्न सकिन्छ ।

मार्केट सेन्टर बनाउने तयारी
जुनार सुपरजोनले भिमानदेखि खुर्कोटसम्म मार्केट सेन्टर बनाउन सर्वेक्षण गरिरहेको छ । जुनारको मुख्य बजार नै सिन्धुलीका स्थानीय बजार भएकाले बजार प्रवद्र्धनको लागि अनुसन्धान भईरहेको छ । त्यो हिसावले ती बजारमा मार्केट सेन्टर बनाउने, क्रेटहरु वितरण गर्ने, हरेक जुनारका स्टललाई जुनारबाट रोगकिरा नफैलियोस भनेर प्याष्टिकहरु वितरण गर्ने काम भईरहेको छ ।

प्रस्तावहरु थपिदैं
यो आर्थिक वर्षमा किसानबाट सुपरजोनमा २ सय बढी प्रस्तावहरु प्राप्त भएका छन । सिंचाई, बगैंचा व्यवस्थापन, कोल्डस्टोर निर्माण, अनलाईन सपिङ (क्युआर कोर्ड राखेर) का लागि जस्ता माग सहित प्रस्ताव आएका छन । ती प्रस्तावहरुको सम्झौताको काम अगाडि बढीरहेको छ ।

किसानहरुको सबैभन्दा बढी माग सिंचाईको पोखरी तथा कुलोका संरचनाहरु निर्माण गर्नेमा छ । किरा नियन्त्रण, नयाँ विरुवा रोप्ने, बजारीकरणमा बजेटको अभाव छैन । तर सिंचाईको मात्र १६८ प्रस्ताव जुनार सुपरजोनमा आएको छ । यसमा बजेट अलिक कम छ । बजेट माग गरेर यसलाई व्यवस्थापन गर्न १ करोड बजेट मात्र छ । माग हेर्दा अर्को वर्ष डेढ करोडसम्म बजेट पुराउनुपर्ने देखिन्छ ।

चक्लाबन्दी गर्ने तयारी
जुनार सुपरजोनले चक्लाबन्दीमा ६ हजार विरुवा रोप्ने तयारी गरेको छ । त्यसका लागि उपयुक्त स्थानको खोजी भईरहेको छ । जुनार उत्पादनमा लागेका लोपोन्मुख जाती, जनजातीहरुलाई ५, ६ सय विरुवा रोप्न पनि प्रोत्साहन गरिहेको छ । जुनार उत्पादनमा अधिकांश जनजाती समुदायका व्यक्तिहरु रहेकाले पनि यसलाई प्राथमिकतामा राखिएको हुमागाईंले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अनेरास्ववियु सिन्धुली बहमुखी क्याम्पस कमिटीको अध्यक्षमा खतिवडा चयन

Next Post

मुलुकको अर्थतन्त्र खस्कँदै गएको छ : मन्त्री बडु

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied