सिन्धुली । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिन्धुली बहुमुखी क्याम्पस कमिटीको शुक्रबार अधिवेशन सम्पन्न गरेको छ । सिन्धुली जिल्लाको पुरानो तथा ठूलो क्याम्पस सिन्धुली बहुमुखी क्याम्पस कमिटीको सम्पन्न अधिवेशनले सञ्जिव खतिवडालाई अधिवेशनमा चयन गरेको छ ।
खतिवडाको अध्यक्षतामा निर्वाचित कमिटीको उपाध्यक्षमा तुलसी भुजेल, सचिवमा गणेश मगर, सहसचिवमा मनिता पाण्डे, नबराज दाहाल, रुद्र घिमिरे र कोषाध्यक्षमा सविता हायु चयन भएका छन ।
यस्तै सदस्यमा आरति कोइराला, मनकामना देबकोटा, भावना थापा, कविता खड्का, संगिता लुङ्गेली, एलिना लामा, सोभित पाख्रिन, आदित्य चौलागाईं, संगिता मगर, नविना थापा, सुनिता न्यौपाने, सबिना गौतम, बुद्धिमान लो, सर्मिला गौतम, सिर्जना श्रेष्ठ, तुलसा मगर, संगिता थापा, जनक आचार्य, पवन कटुवाल, सिर्जना अधिकारी, राम तामाङ र सम्झना ब्लोन तामाङ चयन भएका छन ।






















