सिन्धुली । जिल्ला सदरमुकाममा रहेको एक मात्र कृषि बजारले अब कृषि क्षेत्रमा नै लगानी गर्ने भएको छ । यस बजारमा आउने तरकारी अधिकाशं जिल्ला बाहिरबाट आउने भएकाले यसलाई प्रतिस्थापन गर्नको लागी तरकारी खेतीमा लगानीको लागी सहकार्य गर्न लागीएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष प्रयाग खतिवडाले बताए ।
अहिले कृषि बजारमा विक्रिको लागी राखिएको तरकारीको करिव ८० प्रतिशत हिंसा बाहिरी जिल्लाबाट आयत गरिएको तरकारीले लिएको बताउछनै खतिवडाले यसको लागी जिल्लाका तरकारी उत्पादन हुने क्षेत्रका कृषकहरु सँग सहकार्य गरेर अगाडी बढ्ने तयारीमा जुटेको बताए । उनले जिल्लामा तरकारी खेतिका जहाँ जहाँ सम्भावना देखिन्छ, त्यस क्षेत्रमा कृषकहरुसँग सहकार्य गरेर तरकारी उत्पादनलाई बढाउदै कृषि बजारमा विक्रिका लागी आउने तरकारीमा जिल्लामा उत्पादित तरकारीको परिणाम ७० प्रतिशतमा पुर्याउने लक्ष्य राखिएको उनले बताए ।
जिल्लाका कृषि क्षेत्रमा काम गर्ने गरी स्थापना भएको कार्यालयहरु र विभिन्न संघ संस्थाले जिल्लामा व्यवसायीक रुपमा तरकारी खेतिका लागि करडौँ रुपैया लगानी गर्ने पनि उपलब्धि भने शुन्य देखिएको छ ।
जिल्ला सदरमुकाम देखि लिएर जिल्जाका विभिन्न स्थानमा खुलेका तरकारी पसलमा विक्रिका लागि राखिएका तरकारीहरु १० प्रतिशत पनि नधान्ने गरेको व्यापारीहरुले वताएका छन ।
१० प्रतिशतमा पनि सिजनका तरकारीहरु मात्र रहने गरेको व्यापारीहरुले वताएका छन । सिजनमा प्रसस्तमात्रमा पाईने तरकारीमा पनि सागमात्र रहेको सिन्धुलीका व्यापारीहरुको दावि छ । सिन्धुलीको तरकारी बजारमा अधिकांश तरकारीहरु जिल्ला बाहिरबाट भित्रने गरेकोछ ।
पछिल्लो समयमा ब्यवसायिक तरकारी उत्पादन गर्न किसानहरुलाई उत्साहित गरेपनि अझै सम्म जिल्ला बाहिरबाटै तरकारी ल्याएर बिक्री गरेको सिन्धुलीका तरकारी बिक्रि ब्याबसाय गदै आएका तरकारी ब्यापारीहरुले बताएकाछन् ।
१९ वर्ष अगाडिदेखि तरकारी बिक्रि ब्यावसाय गर्दै आएका कनपा ९ ढुग्रेबासका तरकारी ब्यापारी यदुनाथ धमला सिजनमा केही तरकारी सिन्धुलीका भद्रकाली, चियाबारी चपौली लगायतका स्थानबाट काउली बन्दा, खुर्सासनी पाएपनि स्थानिय उत्पादनले मात्र धान्न नसकेको ले मुला गाजर फर्सी लगाइतका तरकारीहरु ढल्केबर, सर्लाही, लालबन्दिका बजार देखि हेटौडासम्मको उत्पादन तथा धनकुटा भेडेटार सिक्किममा उत्पादित तरकारी ल्याउने र बजार धान्ने गरेको छ । पछिल्ले केहि महिना देखि स्थानिय चेत बहादुर बरालले ढुग्रेबासमै उत्पादन गरेको तरकारी आफ्नो पसलमा भएको त्यसले मात्रै बजार धान्न नसक्ने बताउछन ।
सर्लाहि सिसौरिया गाविस-३का स्थाई घर भई कृषि उपज बजार सिन्धुली माढीमा ३० वर्षदेखि आफ्नो बाबा ममीले माछा ब्यापार बाट शुरुगरि पछिल्लो समयमा खुशी तरकारी तथा खाध्यान्न पसल सञ्चालन गर्दै आउनुभएका प्रमोध चौधरी भनछन ।
आपूmहरुले इनरुवा धनकुटा धरान बाट ल्यउने गरेको र भिण्डी करेला परोवर खुर्सानी गाजर काक्रो ढल्केबरबाट ल्याउने गरेको र तरकारी भारतको सिल्गुढी सम्मको उत्पादन आउने गरेको छ स्थानिय उत्पादन भनेको १० प्रतिशत पनि बजार धान्न नसक्ने गरेको तथा स्थानिय किसानहरुसँग तराईका तरकारी पसलहरुको तुलनामा आपूmहरुलाई महंगो पर्ने बताउछन ।





















