• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सुनकोशी मरिण डाईभर्सन : सुरुङमा गुणस्तरहिन सेगमेन्टको प्रयोग

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर २५, २०७९
in Business, Featured, News, Province 3
0

Share via:

187 Shares
  • Facebook 187
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणको काम गुणस्तरहिन भएको छ । आयोजनाको सुरुङ निर्माणको काम गुणस्तरीय हुन नसकेको पाईएको हो ।

सुरुङभित्र प्रयोग गरिने सेगमेन्ट काटेर हाल्नु नहुने भए पनि निर्माण कम्पनीले सेगमेन्ट काटेर हालेका कारण आयोजनाको काम गुणस्तरीय बन्न नसकेको क्वालिटी कन्ट्रोल इन्जिनियर सन्तोष कुमार पोखरेलले बताएका छन । क्वालिटी नियन्त्रण गरेका कारण कन्सल्टेन्ट कम्पनी जेड कन्सल्र्ट प्रा.लि थापाथलीले पोखरेलको करार नविकरण समेत गरेको छैन ।

सुनकोशी मरिण डाईभर्सनको सुरुङमा प्रयोग गरिने सेगमेन्टहरु काटेर मिलाउँदै कामदारहरु ।

आयोजनामा प्रयोग हुने सेगमेन्ट पुरै रड छोपीनु पर्नेमा त्यस्तो नगरिएको पोखरेलले बताएका छन । हालसम्म सुरुङमा १३ सय सेगमेन्टको प्रयोग भईसकेको उनले बताए । सुरुङमा ५० हजार सेग्मेन्टको प्रयोग हुने आँकलन रहेको छ । एउटा सेग्मेन्ट बराबर २५ हजार रुपैंया लागत पर्छ । त्यहाँ ११ हजारको हाराहारीमा सेग्मेन्टहरु काटेर तयार छन । ‘सुरुङभित्र प्रयोग हुने ती सेगमेन्टहरु कम्तीमा ४०, ५० मिलिमिटर मोटाईमा रडहरु छोपिएको हुनुपर्छ । सेगमेन्टहरु काटेर फुटाएर हाल्न पाईदैन । तर निर्माण कम्पनिले सेगमेन्ट काटेर फुटालेर हालेको छ । रड पछि सिमेन्टले छोपिएको छ, त्यस्तो गर्न पाईदैन,’ उनले भनेका छन, ‘यसले सुरुङ बलियो हुदैन, रडमा खिया लाग्छ ।’

सुरुङको आयु कम हुने र मर्मत गर्न खर्चिलो हुने हुदा समयमै गुणस्तरमा ध्यान दिन आवश्यक रहेको पनि पोखरेलले बताए । प्रयोग भईसकेको गुणस्तरहिन सेगमेन्टहरु हटाएर नफुटाईएका सेगमेन्टहरु प्रयोग गर्नुपर्ने उनको दावी छ ।

उनले भने, ‘क्वालिटी नियन्त्रण गर्दा जलश्रोत तथा सिंचाई विभागका सचिव केशव प्रसाद शर्मा र आयोजना प्रमुखले मित्र बरालले मलाई नै हटाए ।’ ‘अहिले आफुलाई करार डिस्कन्टिन्यु गरिएको छ,’ जागिर भन्दा पनि राज्यको विकास आयोजना कमजोर बन्दैछ । सिन्धुलीबासीले ध्यान दिनु होला,’ उनले सिन्धुलीबासीलाई भिडियो फेसबुकमा पोष्ट गरेर आह्वान समेत गरेका छन ।

पोखरेलले निर्माण सामग्रीको गुणस्तर नजाँची प्रयोग गर्न दिएका थिएनन । विल विनाका सामानको समेत प्रयोगमा रोक लगाउँदै आएका थिए । उनले सुरुङमा प्रयोग गरिने निर्माण सामग्रीमा विल भन्दा कम सामान आउने गरेको समेत भेट्टाएका थिए । आयोजनाका डेपुटी टिम लिडर अरुण कुमार शर्मालाई उक्त नियन्त्रणले समस्या पारेको थियो । गुणस्तर नियन्त्रणका लागि निर्माण सामग्रीहरु गुणस्तरहिन प्रयोग गर्न खोजिएकोमा पनि पोखरेलले नियन्त्रण गरेका थिए । जसका कारण आफुलाई आयोजनाले पटक पटक हटाउन खोजेको पनि ई. पोखरेलले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पोखरेललाई सेप्टेम्बर २० मा नै जागिरबाट अवकाश दिन खोजिएको थियो । आयोजनामा प्रयोग गरिने रडमा क्वालिटी र क्वान्टीटिमै कमी देखिएको र नियन्त्रण गर्न खोज्दा उनलाई जागिरबाट निकाल्न खोजिएको थियो ।

उनी जागिरमा करीब ४ महिना विताएका थिए । आयोजनाको अन्तिम अवधिसम्मका लागि उनलाई आयोजनामा कन्सल्टेन्ट मार्फत ल्याईएको थियो । नोभेम्बर (१९–२२), २०२२ मा उनी विदा लिएर घर गएका थिए । २२ नोभेम्बरमा उनलाई इमेलबाट पत्र लेखियो । पत्रमा २३ नोभेम्बरबाट लागु हुने गरि उनको जागिर नै डिस्कन्टिन्यु गरियो ।

पहिलो पटकको करार अवधि ८ महिना बाँकी रहेको थियो । आयोजनाले उनलाई ६ वर्षको लागि क्वालिटी कन्ट्रोलको म्यान्डेट दिएको छ । पोखरेल भन्छन, ‘क्वालिटी कन्ट्रोलमा कडा भएन भन्ने आरोप लाग्नुपर्नेमा क्वालिटी नियन्त्रण ग¥यो भन्ने आरोप लाग्यो ।’

 काम गुणस्तरीय छ : आयोजना
यता सुनकोशी मरिण डाईभर्सनले भने काम गुणस्तरीय रहेको दावी गरेको छ । आयोजनाका लेखा अधिकृत गोकर्ण पौडेलले गुणस्तरमा कुनै कमि नभएको बताएका छन । ल्याव टेष्ट गरेर मात्र सामग्रीको प्रयोग गरिएको र स्टमेट, मापदण्डभित्र रहेर काम गरिएको पौडेलले दावी गरे । पोखरेललाई तोकिएको भन्दा बढी सुविधा मागेका कारण हटाईएको उनले बताए । जागिर छोडेपछि पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी हालेको पौडेलले स्वीकार गरे ।
अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रले समेत टनेलको अनुगमन गरेको पौडेलले बताए । जिल्लाका सबै तहका जनप्रतिनिधिलाई समेत जानकारी गराई सकिएको पौडेलले बताए ।

चाईना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले टनेल बोरिङ मेसिनबाट सुरुङ खन्ने काम गरिरहेको छ । आयोजनाले १ किलोमिटर टनेल खनि सकिएको जनाएको छ । आयोजनाले २२ महिनामा टनेल खनिसक्ने लक्ष्य लिएको छ । १३.३ किलोमिटर सुरुङ खनेर सुनकोशी गाउँपालिकाको कानढुंग्रे नजिक सुनकोशी नदिमा निकालिने छ । सुरुङ ५ दशमलब ५ डायमिटर पानी बग्ने भाग रहने गरि ६.६ डायमिटरको सुरुङ खनिएको छ । असोज २८ गतेबाट सुरुङ खन्ने काम सुरु भएको थियो । टनेलको काम सुरु हुनासाथ त्यसमा प्रयोग गरिने निर्माण सामग्रीमा गुणस्तरीयताको प्रश्न उठेको छ ।

सुनकोशी मरिण आयोजनाको निर्माण अवधि पाँच वर्ष रहेको छ । आयोजना निर्माण सुरु गर्न सिन्धुली जिल्लातर्फ प्रभावित क्षेत्र र डुवान क्षेत्रमा जग्गा अधिग्रहण, मुआब्जा वितरण लगायतका प्राविधिक सबै काम सकिएको छ ।

सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोशी नदीको पानी सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । आयोजनाबाट मेगावाट विद्युत् उत्पादन गरिनेछ । उत्पादित विद्युत् राष्ट्रिय ग्रिड अन्तर्गत ढल्केबर सब–स्टेसनमा जोडिने आयोजनाले जनाएको छ । बहुद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने छ । सुनकोसी–मरिण डाइभर्सन आयोजना निर्माण गर्न चालू आर्थिक वर्ष २०७७÷७८ मा सरकारले दुई अर्ब ४६ करोड रुपियाँ विनियोजन गरेको छ ।

सरकारले गत आर्थिक वर्षमा सो आयोजनाका लागि दुई अर्ब पाँच करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो । आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । यस्तै बाँकी संरचना निर्माण गर्न झन्डै ३० अर्ब रुपियाँ लाग्ने बताइएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुली महोत्सवको नाफाबाट दमकल खरिद गरिने

Next Post

कृषि बजारले तरकारी खेतिमा लगानी गर्ने

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied