सिन्धुली । लैंगिक हिंसा विरुद्ध फिक्कलमा हस्ताक्षर संकलन गरिएको छ । फिक्कल गाउँपालिकाको आयोजना तथा सामुहिक सरोकार समाज सिन्धुलीको सहकार्यमा गाउँपालिकाको कार्यालय खाङसाङमा हस्ताक्षर संकलन गरिएको हो ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन मानवअधिकार दिवसको अवसर पारेर हस्ताक्षर संकलन गरिएको हो ।
हस्ताक्षर अभियानको सुरुवात गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले गरेकी थिईन भने पालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न सरोकारवाला निकायहरु, स्थानीयहरुले हस्ताक्षर गरेका थिए ।
‘म हिंसा गर्दिन, हिंसा सहन्न, हिंसा भएको गरेको देखेमा प्रतिकार गर्छु’ भन्ने प्रतिवद्धता सहित हस्ताक्षर संकलन गरिएको सामुहिक सरोकार समाज सिन्धुलीका अध्यक्ष नवराज पहाडीले बताएका छन ।
शनिबार अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका साथै लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन समेत हो ।





















