सिन्धुली । दीप प्रज्वलन गरेसँगै कमलामाई नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरेको छ । शनिबार साँझ लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरि अभियानको समापन गरिएको हो ।
कमलामाई नगरपालिकाको आयोजना, माईती नेपाल र जनजाती समाज विकास कार्यक्रमको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो । नोभेम्बर २५ देखि सुरु हुने अभियान डिसेम्बर १० मा समापन हुन्छ ।
दीप प्रज्वलन कार्यक्रमलाई समन्वय गर्दै कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेलले मानवअधिकारको प्रत्याभूति दिलाउनु राज्यको दायीत्व रहेको बताए ।
कार्यक्रममा उपप्रमुख मञ्जु देवकोटाले लैंगिक हिंसाको अन्त्य गर्न सबै सरोकारवालाले तीनै तहका सरकारसँग समन्वय गरि काम गर्नुपर्ने बताईन ।





















