सिन्धुली । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा सिन्धुली जिल्लामा ५५ दशमलब ४३ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जिल्लामा आइतबार शान्तिपूर्ण ढंगले मतदान भएको जनाएको हो ।
सिन्धुलीका २ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २ लाख ८ हजार ३ सय ६९ जना मतदाता रहेका थिए ।
जिल्लाका १५१ मतदान स्थलका २६७ मतदान केन्द्रमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको कार्यालयले जानकारी दिएको हो ।
मतदान सम्पन्न भएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीमाढीमा मतपेटिका संकलन हुन थालेको छ । मतपेटिका संकलन भईसकेपछि मात्र मतगणना सुरु हुने छ ।






















