सिन्धुली । जिल्लाको मरिण गाउँपालिकामा चन्दा आतंक बढ्ेको कर्मचारीहरुले बताएका छन । मरिण गाउँपालिकाबाट मात्र माओवादी केन्द्रका उमेदवारहरुको नाममा १४ लाख ८२ हजार रुपैया चन्दा उठाएको नाम नबताउने सर्तमा एक कर्मचारीले बताए ।
माओवादी केन्द्रका तर्फबाट मंसिर चार गतेको निर्वाचनमा उमेदवार बनेकाहरुलाई निर्वाचन खर्चको नाममा ती रकमहरु संकलन गरेको ती कर्मचारीले बताए । कर्मचारीहरुलाई कति पय उमेदवारहरुले र कतिपय माओवादी निकट कर्मचारी र उमेदवारहरुको विश्वास पात्र मार्फत उठाएको ती कर्मचारीले बताए ।
कतिपय कर्मचारीलाई उमेदवार आफैले फोन गरेर मागेको र कतिपयलाई विश्वास पात्रहरुले मागको ती कर्मचारीको भनाई छ । श्रोतका अनुसार जिल्लाको मरिण,घ्याङलेख, सुनकोशि , हरीहरपुरगढी र कमलामाई नगरपालिकाका कर्मचारीहरुसँग रकम संकलन गरेका हुन ।
एक कर्मचारीबराबर कार्यालय र कर्मचारीहरु हेरेर १०हजार देखि एक लाख रुपैया सम्म चन्दा संकलन गरेको ती कर्मचारीले बताए ।





















