• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

अविभावकत्वको अनुभव : ‘तारा बहादुरका आँखामा सपना र सम्भावनाहरु देखेकी छु’

रमा कार्की by रमा कार्की
साउन १९, २०७९
in Education, Featured, Life, Province 3, Society
0

Share via:

297 Shares
  • Facebook 297
  • Twitter
  • LinkedIn
  • More

कुरा २०७८ साल बैशाख ३० को निर्वाचन ताकाको हो । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर हामी चुुुनाव प्रचार प्रसारको अभियानको क्रममा मेयर उपमेयरका उमेदवार सहित कमलामाई नगरपालिका वडा नम्बर १४ स्थित रानीवास पुगेका थियौं । कार्यक्रम स्थलको वरिपरि साना साना स्थानीय बालबालिकाहरु कुदिरहेका थिए । त्यहिँ एकजना बालक पैसा माग्दै आफ्नो बुवा आमा नभएको बताइरहेका थिए । ती बालकको कुरा सुनेपछि हामी सँगै जाने केहि साथीहरुले अलि अलि पैसा पनि दिनु भएछ र मलाई पनि उसको बारेमा केहि कुरा सुनाउनु भयो । ती बालक पनि हाम्रो पिछा गरिरहेका रहेछन् । साथीहरु कार्यक्रम स्थतलतर्फ लाग्नु भयो म भने तिनै बालकको बास्तविकता बुझ्न उनी नजिकै गएँ । उनका साँच्चिकै बुवा आमा नभएका हुन त ? भनेर छेवैमा बसेर हाम्रो कार्यक्रम निहालिरहनु भएका नेपाली कांग्रेसका नेता उज्वल बराल, मोहन बराल लगाएतका व्यक्तिहरुलाई बालकका बारेमा सोधें । उहाँहरुले पनि उनका बुवाआमा नभएको नै बताउनु भयो । अनि मैले उहाँहरुलाई प्रश्न गरेँ, ‘त्यसो हो भने यो बच्चाको व्यवस्थापन, शिक्षा दिक्षाको लागि खै त तपाँईहरुको पहलकदमी ? सहयोग गर्नु प¥यो नि त ।’ उहाँहरुले ‘यो धिकधरानले एक ठाउँ बस्दैन । डुली डुली खान बानी परेको छ’ भन्नु भयो ।

त्यसपछि अलिक पर बसेर त्यो बच्चासँग तिम्रो नाम के हो ? तिमीलाई के गर्न मन पर्छ ? भनेर सोधेँ । उनले आफ्नो नाम तारा बहादुर थापा भने । अनि आफुलाई पढ्न लेख्न मन लाग्ने बताए । बुवा सानै हुदाँ वितेको (मृत्यु भएको) र आमाले पनि सानैमा छोडेर सम्पर्क विहिन भएको उनले बताए । उनले बुवाआमाको माया नै थाहा नपाएको पाईयो ।

उनीसँग कुरा गरेपछि मैले तिमीलाई सम्पर्क गर्दा कस्लाई गर्ने ? तिम्रो आफन्त कोही यहाँ आउनु भाको छ भनेर सोधेपछि उनले एकजना भिनाजुलाई चिनाए । अनि मैले उहाँको नम्बर लिएपछि कतै यो बच्चालाई पढ्ने, बस्ने व्यवस्था मिलाएर फोन गर्छु भनेर म पनि कार्यक्रमतिरै लागें ।

कार्यक्रम सकियो । हामी सिन्धुलीतर्फ आउन हाम्रो गाडी चढ्यौं । गाडी अगाडि बढ्न लागि सकेको थियो । ताराबहादुरले मलाई कार्यक्रमको भिडमा सबैतिर खोज्न भ्याएछन् । अनि स्याँस्याँ गर्दै गुड्न लागेको गाडीलाई हातको सानले रोके । ‘हाम्रो गाडी अगाडि उभिएर आन्टी कहाँ जान लाग्नु भाको मलाई छोडेर । म पनि तपाँईसँगै जाने’ भन्दै रुन थाले । उनी रुँदा गाडीमा हुने हामी सबै आमाहरुको आँखा रसाए । अनि मैले उसलाई ढाडस दिंदै भने, ‘बाबु तिमी अहिले हामीसँग जान मिल्दैन । तिमिलाई फोन गर्न मैले नम्बर लिएको छु । तिमीलाई पछि लैजाने है’, भनें ।

मसँग खुला पैसा थिएन । पार्वती भट्टराई जीसँग भएको एक सय रुपैयाँ उसको हातमा थमाएर हामी अगाडी बढेउँ । उ हामीलाई परसम्म पनि विदाईको हात हल्लाउदै हेरिरहेको थियो । एकछिन गाडीमा सन्नाटा छायो । कोहि केहि बोल्न सकेनौं । हुन पनि हो अर्काको बच्चा बाटोमा भेटेकै भरमा विना प्रमाण जति नै मन कमलो भए पनि उठाएर ल्याउन त्यति सहज थिएन हामीलाई । त्यसैले उसलाई उहिँ छोडेर हामी आउन बाध्य थियौं । मैले गाडीमा तारा बहादुरको पढाई लेखाई र हेरचाहका लागि हेटौडामा रहेको मामाघर भन्ने संस्थामा सम्पर्क गरेर पठाउने सोंचेकी थिएँ । त्यो संस्थाका एकजना सल्लाहकार सदस्य चिनेको थिएँ । उहाँलाई त्यहिँ रानीबासबाटै फोन पनि गरें । उहाँले ‘केहि कानुनी आधार सहित पठाउनु होला, बच्चाको व्यवस्थापनमा सहयोग गर्छु’ भन्नु भएको थियो । त्यहि कुरा मैले आउँदै गर्दा बाटोमा साथिहरुलाई भनें ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कमलामाई नगरपालिकाका निवर्तमान उपमेयर तथा वर्तमान उपमेयरका प्रत्यासी मन्जु देवकोटाले कमला जनज्योति मावि सिलामेमा व्यवस्थापन हुन्छ । कमलामाई नगरपालिकाको सहयोगमा बुवा आमा विहिन बालबालिकालाई आवास सहित पढ्ने व्यवस्था छ, त्यसको व्यवस्थापन चुनावपछि गरौं भन्नुु भयो । यो कुराले झन म खुशी भएँ ।

बाटो अगाडि बढ्दै जाँदा अरु साथीहरु गफगाफ गर्न थाल्नुभयो । मलाई भने गाडीमा भएका कुराकानीको वास्तै भएन । मेरो ध्यान खाली तारा बहादुर दौडिदै आएर ‘आन्टी कहाँ जान लाग्नु भाको मलाई छोडेर । म पनि तपाँइहरु सँगै जाने’ भनेको आवाज कानमा गुन्जिरह्यो र मनमा गाँठो परिरह्यो ।

स्थानीय तहको निर्वाचन सकिए सँगै मैले तारा बहादुरको भिनाजुलाई पटक–पटक सम्पर्क गरें । तर तारा बहादुरसँग सम्पर्क हुन सकेन । मैले उनको भिनाजुलाई त्यो बाबु तपाँईकोमा आएपछि मलाई मिसकल गर्नु म फोन गर्छु भनें । फेरी पनि फोन गरेँ आकै छैन यहाँ त भने । उनको भिनाजुलाई मैले सोधें ‘कहाँ बस्छन त बाबु ?’ ‘कहिले कता बस्छ कहिले कता बस्छ, जहाँ पेटभरी खान दिन्छन त्यहि दिनभरि काम गर्दिन्छ’ भने ।

अनि मैले तपाँईकोमा आएपछि मलाई मिसकल गर्नु है भनेर फोन राखे । आजभन्दा झण्डै दश बाह्र दिन अगाडि मलाई तारा बहादुरको भिनाजु नम्बरबाट मिसकल आयो । हतासले मैले पक्कै तारा बहादुरले होला भन्ने लागेर फोन फर्काएँ । मैले ‘हेलो’ भनें । उताबाट एकदम चखिलो आवाजमा ‘हेल्लो आन्टी दर्शन’ भन्ने आवाज आयो । मैले ‘दर्शन बाबु’ यतिका दिन तिमी कहाँ गाको ?’ भनें । उनले भने, ‘म उ पारी बसेको थिएँ आन्टी ।’ अनि हजुरलाई सन्चै छ त ?, उनले सोधे । मैले भनेँ, ‘अँ म सन्चै छुु । अनि तिमी मैले भनेको ठाउँमा आउने हो त पढ्न ?

उनले ‘हो आन्टी म आउँछु मलाई लग्दिनु’ भने । मैले ‘ल उसो भए तिमी यो मेरो नम्बरमा तिम्रो दाईको नम्बरबाट फोन गर’ भनें । ‘ल हुन्छ’ भनेर उनले तुरुन्त उनको दाइको नम्बरबाट मिसकल गर्न लगाए । नयाँ नम्बर देख्ने वित्तिकै मैले फोन रिप्लाई गरँे । उनले ‘आन्टी मेरो दाईसँग बोल्नु’ भनेपछि मैले उनको दाइसँग तारा बहादुरका बारेमा सबै कुरा बुझें । तारा बहादुरको दाजुको नाम गिरिजाबाबु थापा रहेछ । तारा बहादुर गिरिजबाबु्का कान्छी आमा पट्टिका भाई रहेछन् । तारा बहादुरसँगै कान्छी आमा पट्टीको अर्की एकजना बहिनी अर्थात तारा बहादुरकी दिदी पनि छिन् । ती बहिनीलाई पनि डकाहातिर एकजना शिक्षकले उनको पठनपाठनको व्यवस्था सहित अभिभावकत्वको जिम्मा लिएको गिरिजाबाबुले बताए ।

सामान्य किसान परिवारका गिरिजाबाबुको आफ्ना छोराछोरी पनि छन् । केहि वर्ष उनी बैदेशिक रोजगारीका लागि साउदी मलेसिया लगायतका देशमा गएका थिए । आफ्नो दैनिकी गुर्जान फेरी पनि बैदेशिक रोजगारीमै जानु पर्ने बाध्यता उनको छ । मेरो जस्तो सुकै आर्थिक अवस्था रहे पनि भाईबहिनीलाई मेरै घरमा राख्न मैले धेरै कोशिस गरें तर उनीहरु मसँग रत्तिएनन्, उनले भने ।
यति कुरा गिरीजाबाबुसँग भएपछि मैले भाईको पढाईको लागि वडा कार्यालयमा गएर विद्यालयलाई आवास सहित पठनपाठनको व्यवस्था मिलाई दिन अनुरोध गरेर एउटा सिफारिस पत्र बनाउन लगाएर भाइको जन्मदर्ता र वडाबाट बनेको सिफारिस पत्र सहित भाइलाई लिएर सिन्धुलीमाढी ल्याउन अह्राएँ । सोहि अनुरुप गिरिजाबाबुले कनपा वडा नम्बर १३ वडा कार्यालयमा वडा सचिवसँग मलाई कुरा गराउनु भयो । वडा सचिवले मैले भने अनुसार नै सिफारिस पत्र बनाईदिनु भएछ । त्यसपछि श्रवणको १५ गते नै ताराबहादुरलाई लिएर उनका दाजु मलाई फोन गरेर सिन्धुलीमाढी आए । घरबाट हिडेपछि मलाई फोन गरेका ती दाजुभाईलाई मैले बसपार्क आएपछि फोन गर्नु भनें ।

त्यो दिन विहानैदेखि अविरल वर्षा भईरहेको थियो । करिव २ः३० बजेतिर मैले गिरिजाबाबुलाई फोन गरे कहाँ आईपुग्नु भयो भनेर फलोअप गरें । उनीहरु शान्तिनगरचोक आएको जानकारी पाएँ र म छाता ओडेर आफ्नो पसलबाट तारा बहादुरलाई लिन बसपार्क हिडें । उनीहरु नगरपालिकाको कार्यालयको आडैमा उभिईरहेका रहेछन् ।

तारा बहादुरलाई चिन्न मलाई गाह्रो भएन किनकी उ मेरो आँखैमा बसेको थियो । भेट्ने वित्तिकै मैले उसलाई धाप मार्दै के छ बाबु भनें । उसले भने मलाई चिन्न अलिक गाह्रो भए जस्तो मानेको बुझें । अनि मैले भनें ‘चिनेनउ मलाई ?’ उनले गहभरी आशु पारेर दुबै हातले मुख छोपेर आशु पुछ्दै ‘ए….चिनें चिनें । चुनावको बेला भेटेको आन्टी । त्यो बेला अर्कैै लुगा लाउनु भाको थियो त । मत त्यस्तै लुगा लाएर आउनु हुन्छ भनेर नि’ भने । कार्यक्रममा जाँदा मैले साडी लगाएर गएको थिएँ अनि ताराबहादुरलाई लिन बसपार्क जाँदा टिसर्ट पाइन्टमा गएको थिएँ, त्यसैले उनलाई चिन्न गाह्रो भयो ।

‘मैले दाजुभाईलाई नै खाना खानु भाको थियो त ? हिड्नु लस्सी खान’ भनें । दाईले नखाने फर्कि हाल्ने बताए । पानी एकदम परिरहेकै थियो । छोटो कुरापछि तपार्इं नै यो बाबुको संरक्षक बस्न पाए हुने मैले गिरिजाबाबुलाई अनुरोध गरें । तर आफुलाई फुर्सद नभएकाले फर्की हाल्ने भन्दै मलाई नै संरक्षक बस्दिनु भने । ‘यहाँसम्म भाईलाई ल्याईदिनु भयो धन्यवाद’ मैले भनें । हस भनेर उनी बसपार्कतिर लागे । विद्यालयका प्रधानाध्यपक विष्णु फुयाँल सरसँग मैले पहिला नै कुरा गरिसकेको थिएँ । १५ गते त्यो बाबुलाई ल्याइदेउ न स्कूलमा भन्नु् भए अनुसार नै मैले ताराबहादुरलाई बोलाएकी थिएँ । पानी धेरै परिरहेकाले प्रधानाध्यपकलाई ताराबहादुरलाई भोली मात्र विद्यालय ल्याईदिने जानकारी गराएँ ।
तारा बहादुर भोकाएर निन्याउरो अनुहार लाएको कुरा मलाई बुझ्न गाह्रो भएन । त्यसैले छेवैमा रहेको फलफूल पसलमा लगेर एक ग्लास लस्सी खान दिएँ र आफुले पनि खाएँ । आधा शरिर पानीले भिजेका ताराबहादुर जाडोले कापिरहेका थिए । झन त्यस माथि चिसो नै भयो लस्सी पनि । ‘त्यो खाइसक्ने वितिकै बल्ल सास आयो आन्टी मेरो त भोकले खुट्टै काम्न थालिसकेको थियो’ उनले तोते आवाजमा भने । म भने उनको अनुहार निहालिरहेको थिएँ । लामो कानसम्म छोपिएको कपाल, हप्तौ नमाझेका जस्ता देखिने उनका दाँत, लामा लामा औंलाका नङ चेन (फस्नर) विग्रिएको जिन्स पाइन्ट अनि ख्याक्ल्याक्क लगाएको कालो टिसर्ट । मेरो सामिप्यता पाएपछि मातृ बात्सल्य खोजीरहेको उनको भाव ।

‘लस्सी खान बस्दै गर्दा हेर्नु त आन्टस् विहान एक भारी घाँस काटेर आएको यो कान्छी औंला त च्वाट्टै काट्यो’ भन्दै देखाउँदा आमाको माया खोजेको प्रस्टै देखिन्थ्यो उनको अनुहारमा । मैले उसलाई सोधें, ‘किन त खान्ट्याङ्क खान्ट्याङ्क गरेर हिडेको तिमी ?’ मैले सोधी नभ्याउँदै ‘यहाँ हेर्नु त रापोे गोडेर खुट्टा फ्यात्त भाको छ । दुखेको छ मलाई त्यहि भएर नी’, उनले भने । ल भरै (साँझ) औषधी लगाउनु पर्छ भनेर ताराबहादुरलाई छाता ओडाउँदै मेरो पसलतिर लिएर गएँ । पसलसम्म पुग्दा उनले मलाई धेरै प्रश्नहरु गरे । यो बजारको नाम के हो ? म पढ्ने स्कुल जाने बाटो कताबाट हो ? तपाँईको घर कहाँ हो नि ? यो अटो गाडीहरु कस्ले बनाएको होला आन्टी ? तपाईं मलाई कति माया गर्नु हुन्छ है ? पहिले पटक सदमुकाम छिरेका तारा बहादुरका सबै प्रश्नहरुको जवाफ सकेसम्म दिएँ । पसल पुगि सकेपछि मैले उनी अघाएको छैनन भनेर अण्डा चाउमिन मगाएर खुवाएँ । त्यो खाईसकेपछि मेरो पसलमा बस्ने सविना छोरीलाई कपाल काटेर ल्याउन लगाएँ । कपाल काटेर उनी ‘अव म राम्रो भएँ है आन्टी ?’ भन्दै हाँस्दै आए ।

साँझतिर ताराबहादुरलाई लिएर म घर गएँ । घरमा पुगेर उसका भिजेका लुगा फेर्न लगाएर बाबु (छोरा) लाई ‘दादासँग खेल है’ भनेर म भान्सातिर लागें । उनीहरु खेल्न थाले । उनीहरु खेल्दै गर्दा मेरो चार बर्षे छोराले दादा तपाँईको बाबा खै ? अनि मामु पनि खै त ? भन्दा उ नसुने झै अरु अरु कुरामा टार्दै निरुत्तर बनिरहँदा मेरो मन गाँठो परेर आयो । ‘उसका पनि बाबा भैदिएको भए आमाको काखमा खेल्दै हुर्किएको भए उसको पनि अर्कै सानको कुरा हुन्थ्यो होला नि ।’ मनले भनिरह्यो । बेलुका हामी परिवारका सबै जम्मा हुँदा मैले बाबुले गरेको प्रश्न सुनाएँ । अनि ताराबहादुरले ‘यो मेरो मामु हो अनि यो मेरो पनि बाबा हो भनेर आफ्नो बाबालाई अंगालो मारिरहँदा मेरो सानो छोरा ईष्र्या’ गरिरहेको थियो । बेलुका २ पटक तातो पानीले गोडा धुन लगाएर औषधी लगाईदिए । भोलीपल्ट त निकै ठीक भएको उनले सुनाए ।
भोलीपल्ट अर्थात साउन १६ गते पनि उसै गरि पानी परिरहेको थियो । विहानै ताराबहादुरलाई नुहाएर नङ्ग काटिदिएर खाना खुवाएर पार्वती जीको स्कुटर लिएर सिलामे स्थित कमला जनज्योति विद्यालयसम्म लिएर गएँ बाटोमा जाँदा मैले उनलाई संस्कारका कुरासँगै मेहनत गरेर पढ्न सम्झाउँदै लगें । उनले ‘बेला बेला मलाई भेट्न आउनु है’ उनले भने । ‘ल म भेट्न आउँछु’ भन्दै विद्यालयमा पु¥याएँ । उनलाई त्यहाँका सबै कुरा देखाई दिएँ । त्यहाँ बस्ने विद्यार्थीहरुलाई पकाएर खुवाउने रेखदेख गर्ने दिदीसँग उसको चिनजान गराएँ । दिदी पनि बडो फरासिली मिजासिली हुनुहुदो रहेछ । दिदीले मायाभावले ताराबहादुरलाई कक्षा ४ को नयाँ किताव दिनुभयो ।

त्यो पाएर तारा बहादुर मख्ख भए । नयाँ विद्यार्थीको एउटा प्रवेश फारम भर्न पर्ने रहेछ । त्यो फारम भर्दा संरक्षकमा म आफैं बस्ने नबस्ने भन्नेबारे मनमनै एकछिन सोचें । मेरो मनले त्यो बेला भन्यो ‘नराम्रो काम पो गर्न भएन त यस्तो कल्याणकारी काममा बस्न पर्छ । जे पर्छ बेहोर्छु ।’ मैले ताराबहादुरको संरक्षकमा हस्ताक्षर गरेँ । त्यसपछि झन मलाई तारा बहादुरको अभिभावक भएको आभास भयो । अनि उसलाई अगांलो मार्दैै फेरी पनि राम्ररी बस्न र पढ्न सम्झाउँदै आफु बेला बेला भेट्न र लिन आउने वाचा गरेर फर्किएँ । फर्किदै गर्दा मनमा अनेक कुरा खेले । तारा बहादुर त एउटा उदाहरण मात्र हुन् । यस्ता बालबालिकाहरु कति छन कति हाम्रो समाजमा । छोराछोरीको लागि बुवाआमा नाता र उहाँको भूमिका कति अर्पुव छ । भवितव्यले छुट्टिनु त कसैले रोक्न सक्दैन तर छोराछोरी छोडेर अर्को व्यवहार गर्ने महिलाहरुको मन कसरी शान्त होला ? प्रश्न मन मनमै गरें ।

वर्षले झन्डै १३ वर्ष पुग्न लागेका तारा बहादुर निकै जिज्ञासु छन् । उमेरगत चन्चलता अभिभावक विहिन बालबालिकामा देखिने विषेशताहरु उनमा पनि छन् । उनको त्यो दोष हैन । बेलैमा उनलाई सहि बाटो देखाउन सकियो भने उनी यो देशको एउटा कर्णधार बन्न सक्छन् । यहि भावले नै मैले ताराबहादुरको पढाईको लागि सहजिकरण गरेकी हुँ । ठूलो काम केहि गरेकी हैन । ताराबहादुरको खुशी नै मेरो खुशी हो । तारा बहादुरका आँखामा मैले आकाशका झलमल्ल तारा जस्तै सपना र सम्भावनाहरु देखेकी छु । उनी पढेर ठूलो मान्छे भएर डाक्टर बन्न चाहान्छन् अनि गरिव दुखि पैसा नहुनेहरुलाई निःशुल्क उपचार गरिदिने सपना छ उनको । उनको सपना साकार पार्न मार्गदर्शक बन्नेछ अब कमलामाई जनज्योति मावि सिलामे र त्यहाँका गुरुहरु । बैशाखदेखि हालसम्म तारा बहादुरलाई विद्यालयसम्म ल्याउन सहयोग गर्नुहुने उनका भिनाजु, दाजु , वडा अध्यक्ष, वडा सचिव, विद्यालय परिवार, प्रधानाध्यापक लगायत लगायतलाई धेरै धेरै धन्यवाद । कमलामाई नगरपालिका जसले हरेक वर्ष यस्ता बालबालिकाको आवास सहित पठनपाठनका लागि बजेटको व्यवस्थापन गरेर सह्रानीय काम गरेको छ यो निकै सह्रानिय काम हो ।

म दुई छोरा छोरीकी आमा पनि हुँ त्यसैले बालबच्चाको हर कुराले मेरो मन छुन्छ । उनिहरुका भावना, रहर, चाहाना म सहजै बुझ्न सक्छु । यो एकाध आमा बाहेक सबै आमाहरुले बुझ्छन जस्तो लाग्छ मलाई । र यसपटक त्यहि आमाको ममता रुपी मनले घच्घचाएर ‘एउटा जिम्मेवारी पुरा गर्न प्रेरित गरेको र अनुभव भईरहेको छ मलाई ।’ मनमा कता कता आनन्द अनुभव भएको र खुशी दंग भएकी छु । ताराबहादुर सुन्दर भविष्यको शुभकामना तिमीलाई ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

चुनावमा अनेमसंघले गरेको सहयोग रकम अनेमसंघलाई नै फिर्ता

Next Post

अनेमसंघ सिन्धुलीको पाँचौ जिल्ला सम्मेलनको भोली उद्घाटन

सम्बन्धित खबरहरु

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

भर्खरै प्राप्त समाचारहरु

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied